अचानक पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचनको पक्षमा सभापति देउवा

काठमाडौं, सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरूले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्नुपर्र्ने बताएका छन् ।नेपालको संविधानले व्यवस्था गरेअनुसारको स्थानीय तहको निर्वाचनका लागि व्यवस्थापनमा समस्या hockey jerseys हुने तर्क गर्दै नेताहरूले पुरानै संरचनामा निर्वाचन गर्नुपर्ने बताएका हुन् । दलहरूबीचको संवादमा स्थानीय तहका पक्षमा खुल्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा अचानक पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचनको पक्षमा खुलेका हुन् । उनले दलहरूबीच स्थानीय निकायमा दलहरूबीच सहमति जुट्न नसके हाल कायम इलाकालाई आधार बनाएर निर्वाचनमा जान सकिने नयाँ प्रस्तावसमेत अघि सारेका छन् ।

rss_images_1486550145623_ros_ktm_170208img_0016-1

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ‘प्रथम पुण्य स्मृति दिवस’ का अवसरमा बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवासहित कांग्रेसका शीर्ष तहका नेताहरू एकमतले स्थानीय निकाय निर्वाचनका पक्षमा खुलेका हुन् । उनीहरूले संविधानको संक्रमणकालीन व्यवस्थालाई टेकेर पुरानै संरचनामा निर्वाचन गर्न सकिने तर्क अघि सारेका हुन् । राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म संक्रमण्कालीन व्यवस्थाअनुसार नै निर्वाचित भएको भन्दै स्थानीय निर्वाचनमा पनि यो व्यवस्था आकर्षित गर्न सकिने तर्क गरेका छन् । कार्यक्रममा सभापति देउवाले सहमति भए स्थानीय निकाय र सहमति नभए इलाकालाई आधार मानेर भए पनि तत्काल स्थानीय निर्वाचनमा जान सकिने बताए ।

‘प्रमुख दल स्थानीय तहका पक्षमा छन्, तर सबैलाई समेटेर जानुपर्छ, पुरानै स्थानीय निकायको निर्वाचन गर्न पनि सबैको सहमति हुनुपर्छ,’ सभापति देउवाले भने, ‘सके पुरानै संरचनाअनुसार निकायको गरौं नभए इलाकालाई आधार मानेर भए पनि तत्काल निर्वाचनमा जानुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन भएको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए । ‘स्थानीय निकायको पुनःसंरचनासम्बन्धी प्रतिवेदनमा समस्या देखिएको छ । परिमार्जन गर्नु आवश्यक छ । निर्वाचनलाई लम्ब्याएर राख्नुहुन्न,’ पौडेलले भने, ‘स्थानीय तहसम्बन्धी ऐन बनाउन र गठन गर्न समय लाग्ने भएकाले संक्रमणकालीन धाराको प्रयोग गरेर पुरानै स्थानीय निकायको निर्वाचन गर्नेतर्फ Cheap mlb Jerseys अघि बढ्नुपर्छ ।’

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको नाममा निर्वाचन नहुने अवस्था सिर्जना हुँदै गएकाले संविधान नै ‘कोल्याप्स’ हुने खतरा रहेको औंल्याए ।उनले स्थानीय तहको निर्वाचन गर्न समय Wholesale NFL Jerseys लाग्ने भएकाले पुरानै संरचनाअनुसार भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि तत्काल पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने बताए । उनले त्यसपछि मात्र प्रदेश र संघको निर्वाचनमा वैज्ञानिक ढंगबाट जान सकिने धारणा व्यक्त गरे । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा authentic nfl jerseys व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल कांग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको हो ।

मधेसकेन्द्रित दलहरूले समेत आयोगको प्रतिवेदनलाई यथावस्थामा स्विकार्न يونيفرسال नसकिने बताउँदै नयाँ संरचनाअनुसार निर्वाचन हुनै नसक्ने बताउँदै आएका छन् । सरकारले आयोगको प्रतिवेदन बुझे पनि विभिन्न जिल्लामा देखिएका विवादपछि प्रतिवेदन अध्ययन गरी सुझाव दिन संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ ।

सरकार भने संविधान संशोधनको प्रस्तावलाई छलफल प्रक्रियामा लगेर निर्वाचनमा जाने पक्षमा देखिएको छ । मधेसकेन्द्रित दलहरू संशोधन पारित नभई निर्वाचनमा जान cheap oakley sunglasses नसकिने अडानमै छन् ।स्थानीय निकाय पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमाले भने नयाँ संरचनाअनुसार स्थानीय तहकै निर्वाचन हुनुपर्ने पक्षमा छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *