आधारभूत रोगसम्बन्धी जानकारी स्वास्थ्यको दिशा प्राकृतिक नियम ः

आधारभूत रोगसम्बन्धी जानकारी स्वास्थ्यको दिशा प्राकृतिक नियम ः

<img class="alignnone size-full wp-image-2527" fake oakleys src=”http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body.jpg” alt=”” width=”1024″ height=”1255″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body.jpg 1024w, http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body-245×300.jpg 245w, http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body-768×941.jpg 768w, http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body-836×1024.jpg 836w, http://universalnews7.com/wp-content/uploads/2016/12/Universal-n-human-body-300×368.jpg 300w” sizes=”(max-width: 1024px) 100vw, 1024px” />
चर्चा शुरु गर्नु पहिले प्राकृतिक नियमलाई बुझौं ः

क. रोगोपचार गर्ने शक्ति स्वयं रोगभित्र छ ।
ख. दोष संचय रोगको प्रमुख कारण हो ।
ग. दोष विजातीय पदार्थ निष्काशनविना रोग निको हुँदैन ।
घ. हरेक व्यक्ति स्वयंको रोगप्रति जिम्मेवार छ ।
ङ. प्रकृतिले प्राकृतिक चिकित्साका माध्यमबाट रोग निष्काशन गर्न सक्तछ । किनकि प्रकृतिका नियम उल्लंघन गर्नाका कारण रोग लागेको हुन्छ ।
प्रकृतिका उपरोक्त नियमका आधारमा हामीले यस पुस्तकमा लेखिएका कुराहरूको अनुसरण गर्नेछौं । किनकि मनुष्य प्रकृतिको सबैभन्दा उत्कृष्ट पुतली हो । आफ्नो पुतली (बालक) लाई सुन्दर र स्वास्थ्य बनाउने रहर कसलाई हुँदैन र ? त्यस्तै प्रकृतिलाई पनि मनुष्यको शरीरलाई अत्यन्तै संवेदनशील र उन्नत उपकरणहरूबाट निर्माण गरेको छ । मनुष्य मस्तिष्क अत्यन्त उच्चस्तरको कम्प्युटरभन्दा पनि माथिल्लो दर्जामा छ । खाना चपाउन र पचाउनका लागि ३२ वटा दाँत र ३२ फिटको आन्द्रो बनाएको छ । पच्न नसक्ने पदार्थ विसर्जन गर्न र कोष निर्माण, पित्ताशय, प्याङ्क्रियाजजस्ता संयन्त्रहरू जडान गरेको छ । स्थिति सन्तुलनका लागि 아내 थाइराइड, थाइमसजस्ता ग्रन्थिहरू र लिन्फहरू छन् । आँखा, कान, नाक, मुखजस्ता इन्द्रियहरू स्वयंमा अद्वितिय Fake Oakleys छन् । हात, खुट्टा र जोर्नीहरू throwback nba jerseys तथा मेरुदण्डको के कुरा गर्नु । यिनको आधारमा नै शरीरले आकार र व्यक्तित्व बनाउँछ । आफै गहिरिएर हेर्दा यो एक खोक्रो घरमात्रै हो । यस घरभित्र गोप्य स्थानमा विचार छ, आत्मा छ र परमात्माको पनि यहींभित्र गोप्य स्थानमा निवास छ । नाकबाट भित्र र बाहिर गर्ने श्वास–प्रश्वासरुपी शक्तिले शरीरमा हरहमेशा प्राणको बत्ती बालिरहेछ भने शरीरभित्रका अदृश्य चक्रहरूले मनुष्यको गरिमा र उचाई नापिरहेछन् ।
यस्तो अनौठो ‘महामन्त्र’ अथवा ‘महामन्दिर’ को सफाई लरतरो किसिमले हुन सक्तैन । सफाई नभई यसको सुरक्षा र स्वस्थता सम्भव छैन । अतः यहाँ हामी बहु–आयामिक रुपले यस शरीरलाई कसरी सफा र स्वस्थ राख्ने wholesale jerseys भन्ने विषयमा चर्चा गर्दैछौं ।
पाचन अंगका रोगको
आधारभूमिः
क. अपच
पाचन अंगका रोगहरूमध्ये धेरै सताउने रोगको नाम हो ‘अपच’ प्रायशः व्यक्तिहरूले अपच भएको थाहा पाउँदैनन् र यस रोगले हाँगा फैलाउने मौका पाउँछ । यसले नै पेटका धेरै रोगहरूलाई निम्ता दिन्छ । अपच भयो भने झुसिलो डकार आउने, मन्द गतिले पेट दुख्ने, उल्टी हुन खोज्ने, छाति पोल्ने, पेटमा वायु विकार हुने, पखाला लाग्नेजस्ता संकेतहरू देखापर्दछन् ।
हामीले माथि लेखिएका संकेतहरूलाई वास्ता गर्दैनौं र अनेक किसिमका पाचक औषधिका साथमा खाना खाइरहन्छौं । यसैबाट ग्याष्ट्रिक, अल्सर, कोलाइटिसजस्ता रोगहरूले जन्म लिन्छन् । अतः अपच हुनका लागि हामीले हतारसित नचपाई खाने, भोक नलागिकन खाने, पाचन क्षमताभन्दा बढी खाने, अनियमित किसिमबाट खाने, तनाव, झैझगडाका अवस्थामा खाने, पचाउन गाह्रो पर्ने खानाहरू कोचेर खाने भोजन र बानी नै जिम्मेवार छन् । अतः अपचको अवस्था आउन नदिन यी कुराहरूमाथि निकै गम्भीरतापूर्वक ध्यान पु¥याउनु पर्दछ । आफ्नो पेट कुन अवस्थामा छ, कस्ता खानाहरू कति मात्रामा पचाउन सक्तछ भन्ने कुरालाई राम्ररी ख्याल गरेर मात्र खाना खानुपर्दछ । बढी खाने बानी, गलत मिश्रणहरू जो एकआपसमा मिलेर पच्न सक्तैनन्, त्यस्ता भोजन नचपाई हतार हतार खाने बानीबाट बच्नुपर्दछ ।
अपच हुनासाथ खाना बन्द गरेर मह कागती पानीको सर्वत र फलहरू खाएर १, २ दिनको उपवास वा फलाहार गर्नु अत्यन्त हितकर हुन्छ । अपचको सिकायत हुने मान्छेले हप्तामा एकदिन खाना छोडिदिनुपर्दछ र एक एक घण्टामा ७०० मि.ली पानीमा अमिलो र गुलियो आउने गरी कागती र मह मिलाएर खानुपर्दछ । यसो गर्दा पाचन अंगले पनि विश्राम पाउँछन् र विस्तारै यो रोग निको हुन्छ । यसले अन्य रोगहरूलाई जन्म दिन पाउँदैन । भोजनमा धेरै परिकारको प्रयोग नगर्दा एकै प्रकारका पाचक रसहरूबाट खाना पच्न शुुरु हुन्छ । भोजन सुविस्तासित चपाउनाले एकातिर प्रशस्त मात्रामा पाचक रस खानासित मिल्दछ, अर्कातिर खाद्य पदार्थ स(साना कणमा टुक्रिन्छ र सजिलोसित पच्दछ । यसो गर्दा भोजनको मात्रा पनि घट्दछ ।
‘अपच’ शुरु हुनासाथ समयमे थाहा पाएर उपवास, रसाहार र फलाहारद्वारा यसको उपचार गर्ने हो भने पेटका रोगहरू ग्याष्टिूक, अल्सर, कोलाइटिस, एसिडिटि, oakley outlet डायरिया भोमिटिङ आदिबाट बच्न सकिन्छ । अतः पेटका रोगहरूका लागि सबैभन्दा बढी ख्याल गर्नुपर्ने, बुझ्नु पर्ने र जान्नुपर्ने विषय अपच नै हो । अपचका लागि र अपचबाट बच्नका लागि ‘उपवास’ जति राम्रो कुनै उपचार छैन ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *