आमाको सेवा गर्न सकेकोमा गर्व लाग्छ ‘दृष्टिविहीन केशबहादुर’

काठमाडौं –     सात दशक पुग्नै आँटेकी आमा दीर्घरोगी र दृष्टिविहीन छन् । आमाको साहारा बनेका ५१ वर्षका छोरा केशबहादुर पनि पूर्णरुपमा दृष्टिविहीन छन् । यो दुखद चित्र हो मुसिकोट नगरपालिका–३ बडागाउँ चौरका एक थापा परिवारको ।

केशबहादुरको काँधमा शरीर नचल्ने, आँखा नदेख्ने र बोल्नसमेत नसक्ने आमाको जिम्मेवारी छ । केशबहादुरले भने ‘के गर्नु भगवानको श्राप लाग्यो, मर्न सकिएन ।’ छामछुम गर्दै आमालाई दुध खुवाउँदै गरेका केशबहादुरले थपे, ‘तर पनि आमाको सेवा गर्न सकेकोमा गर्व छ ।’

छामछुम गर्दै आमालाई दुध खुवाउँदै गरेका केशबहादुरले भने, ‘तर पनि आमाको सेवा गर्न सकेकोमा गर्व छ ।’

बाबुको मृत्युपछि सबै जिम्मेवारी केशबहादुरको टाउकोमा आयो । उनका बाबु तिलबहादुरको १५ वर्षअघि मृत्यु भएको थियो । छिमेकी खुमबहादुर थापाका अनुसार, केशबहादुर छ वर्षको हुँदा उच्च ज्वरोले उनको आँखाको ज्योति गुम्मेको थियो । पहिल्यैदेखि आँखा कम देख्ने आमालाई आठ वर्षअघि पक्षघात भयो ।

आर्थिक अभावले तत्काल उपचार गराउन नसकेपछि उनको शरीरको एक भाग पूरै चल्न छाड्यो, बोली पनि बन्द भयो । केशबहादुरले भने ‘आमाले भात खान सक्नु हुन्न, भात खान नसक्ने भएकै कारण रोटी बनाउँछु ।’

दृष्टिविहीन केशबहादुरले आमाको हेरचाह मात्र होइन घरमा तीन वटा बाख्रा पनि पालेका छन । उन भने, ‘थोरै भएपनि आम्दानी हुन्छ, अपाङ्ग मान्छे अरु केही गर्न सकिन्न ।’

सानो उमेरदेखि नै त्यही माटोमा हुर्किएकाले उनले वरिपरीको सबै जानकारी स्पर्शबाट प्राप्त गर्दछन । आम्दानीको श्रोतको रुपमा बाबुको पेन्सन छ । तर आफु दृष्टिविहीन र आमा अशक्त भएका कारण त्यही पेन्सन ल्याउन पनि धेरै जनालाइ गुहार्नु पर्ने बाध्यता रहेको उनले बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *