आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

मतगणना सूचारु गर्न /गराउन परमादेश माग

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता तुलसीराम पाण्डे र एमालेका तर्फबाट भरतपुर–१९ का वडा सदस्यका उम्मेदवार गुन्जमान विकले सर्वोच्च अदालतमा आइतर रिट दायर गरेका हुन् ।

रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिटमा माओवादी केन्द्रबाट महानगरपालिकाको प्रमुख बनेकी रेणु दाहाललाई जिताउने नियतले सत्तापक्षको दबाबमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको उल्लेख छ ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *