इच्छाशक्तिले काम गर्दा सफलता मिल्छ भन्ने यो एउटा गतिलो उदाहरण हो, लोडसेडिङको अन्त्य

हिउँदमा पनि लोडसेडिङ हुन नदिने योजनामा छौं

नेपाल र नेपालीका लागि लोडसेडिङ त्यति नौलो छैन । वर्षौंदेखि दैनिक घण्टौंसम्म यो समस्या झेल्नुपरेकाले जनताका लागि यो विषय सामान्य बन्न थालिसकेको हो । पछिल्लो समयमा माओवादी नेता जनार्दन शर्माले ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेदेखि लोडसेडिङको विषय एकाएक चर्चामा छ । उनको प्रयासमा गत दसैंदेखि काठमाडौं उपत्यकामा लोडसेडिङ भएको छैन भने उपत्यकाबाहिर पनि कम मात्र भएको छ । यसै प्रसंगमा हामीले ऊर्जामन्त्री जनार्दन शर्मासँग लोडसेडिङ अन्त्यको सम्भावना, त्यसका लागि चालिएको कदम र भावी योजनालगायतका विषयमा कुराकानी गरेका छौं । आगामी हिउँदमा पनि सकभर देशैभरि र नभए काठमाडौं उपत्यकामा मात्रै भए पनि लोडसेडिङ हुन नदिई उपत्यकाबाहिर अहिलेको लोडसेडिङको अवस्थामा वृद्धि हुन नदिने योजना बुनिरहेका मन्त्री शर्मासँग  शिव दुवाडीले गरेको कुराकानीको संक्षेप ।

janardan-sharma

जनार्दन शर्मा, ऊर्जा मन्त्री

 

० वर्षौंदेखि हुँदै आएको लोडसेडिङको अन्त्य कसरी सम्भव भयो ?

– ऊर्जामन्त्रलयमा आउने भन्ने पार्टीको निर्णय भएपछि मैले ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालें । त्यतिवेलै मैले लोडसेडिङ कसरी हटाउने भन्ने सोच्न थालें । त्यो मेरा लागि एउटा चुनौती थियो । मैले त्यो चुनौती लिएँ । त्यसपछि कहाँ कसरी लोडसेडिङ हुन्छ र किन भइरहेको छ भन्ने एकिन गरें । सबै साथीहरूलाई नयाँ ढंगबाट काम गर्न आग्रह गरें । गुनासो व्यवस्थापन एकाइको स्थापना गरी त्यहाँ आएका गुनासाहरूलाई व्यवस्थापन गर्ने काम पनि सुरु गरें । भएको जनशक्तिबाट सही ढंगले काम गर्ने योजना पनि बनाएँ ।
नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा गएकावेला यति राम्रो काम गर्ने प्राधिकरण किन घाटामा भनेर सोध्दा पैसा नतिरेर हो भने, मलाई । घाटामा जानुको कारण त्यति मात्र होजस्तो लागेन । मैले राम्रोसँग काम गर्न त्यहाँ सबैसँग अपिल गरें । मैले लोडसेडिङ अन्त्य गर्ने संकल्पसहित Wholesale NFL Jerseys आएकाले ३७ बुँदे कार्ययोजना सार्वजनिक गरेको थिएँ । त्यसको पहिलो कार्ययोजनामा नै लोडसेडिङ अन्त्यको विषय थियो । मैले समस्याहरू खोज्दै गएँ । प्राधिरकरणकै उच्चतहमा नै समस्या रहेछ भन्ने चाल पाएँ । त्यो हो भन्ने यथार्य देखिइसकेपछि मैले प्राधिकरणको नेतृत्व परिवर्तन गरें । त्यसपछि मैले नेतृत्वलाई निश्चित लक्ष्य दिएँ । हामीसँग कति विद्युत् छ र त्यसले पुग्छ÷पुग्दैन ? यो कुरा प्राविधिकले जान्ने कुरा हो । त्यसलाई म्यानेज गर्दा काठमाडौंको लोडसेसिडङ हटाउन सकिन्छ भन्ने भयो र आन्तरिक गृहकार्य गरी त्यो हटायौं ।

० यसअघि त्यो किन भएको रहेनछ ?

त्यतिवेला यहाँ न्यायसंगत तरिकाले काम भएको रहेनछ । त्यो आशंका मलाई पहिल्यैदेखि थियो । लेखा समितिमा रहेका हुनाले त्यतिवेलैदेखि मलाई यस विषयमा चासो र जानकारी थियो । अहिले त्यो पुष्टि भइसकेको छ । जनताको पक्षमा काम गर्न सिंगो मन्त्रालयको शक्ति लगाएर कम गर्दा अहिले त्यो सम्भव भएको छ । अब यसलाई निन्तरता दिने कार्यमा
हामी छौं ।

० के भएको रहेछ त यसअघि ? कसले के चलखेल गरेको पाइयो ?

– यस विषयमा त अहिले एउटा रिपोर्ट तयार गर्न मैले भनेको छु । त्यो रिपोर्ट आइसकेपश्चात् यो कुरा प्रस्ट थाहा हुन्छ । प्राविधिक रूपमा समस्या के थियो र जनतालाई किन अँध्यारोमा राखिएको हो भन्ने रिपोट आएपछि कुरा बाहिर आउँछ । म त्यो रिपोर्ट सार्वजनिक नै गर्छु । मन्त्री भएको तेस्रो दिन विद्युत् प्राधिकरण गएको थिएँ । त्यहाँ मैले सबैभन्दा बढी नाफा हुनुपर्ने संस्था किन घाटामा  छ ? प्रश्न गरें ।
विद्युत् भनेको त फाइदा हुने व्यापार हो । मैले भनें, यो किन घाटामा छ ? म कारण पत्ता लगाउँछु र नाफामा लैजान्छु । त्यतिवेला मानिसहरू हाँसे, मलाई उडाए । किनभने मैले जे कुरा भनेको थिएँ, त्यो उनीहरूले पत्याउने कुरा थिएन ।

० उपत्यकालगायत सिंगो मुलुकलाई लोडसेडिङमुक्त पार्ने यहाँको अभियानले सफलता पाउँछ त ?

– यसमा उपभोक्ताको सहयोग रहन्छ भन्ने मेरो अपेक्षा छ । त्यो भयो भने काठमाडौंमा जनताले पुनः लोडसेडिङको सामना गर्नुपर्दैन । यो मेरो अठोट हो । तर, यसका लागि उपभोक्ताको सहयोग भने अनिवार्य छ । अनावश्यक रूपमा बत्तीहरू नबाल्ने, अत्यावश्यक काम मात्र गर्ने, साँझ–बिहानको समयमा बढी बत्ती खपत हुने सामानको प्रयोग नगर्ने जस्ता काम भयो भने समस्या सहजै समाधान हुने देखिएको छ ।

० उपत्यकाबाहिर के हुन्छ ?

– काठमाडौं उपत्यकाबाहिर पनि अहिले लोडसेडिङ घटेको छ । हाल दैनिक दुई घण्टा मात्र लोडसेडिङ हुँदै आएको छ । त्यो पनि हटाउन हामी वैकल्पिक स्रोतहरूको पहिचान र प्रयोग गर्न लागिरहेका छौं । त्यसको आवश्यक गृहकार्य पनि  भइरहेको छ ।
वैकल्पिक स्रोतहरू कुनकुन हुन सक्छन् र भएका स्रोतलाई के कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने योजना पनि अहिले बनिरहेको छ । वैकल्पिक स्रोतअन्तर्गत सोलार, फोहोरबाट बिजुली निकाल्ने, उखुबाट निकाल्ने, चुहावट नियन्त्रण  आदि छन् ।

० ऊर्जा संकट समाधानका दीर्घकालीन योजना के छन् ?

दीर्घकालीन रूपमा लोडसेडिङ अन्त्य गर्नका लागि उत्पादन बढाउनैपर्छ । नबढाइकन हुँदैन । त्यसका लागि जलविद्युत् उत्पादन कम्पनी खोलेका छौं । त्यसमार्फत पनि काम अगाडि बढाउने योजना छ । यसबाहेक हाल भइरहेका काम पनि स्वभाविक रूपमा
अगाडि बढ्दछन् ।

० एउटाले सुरु गरेको काम सरकार परिवर्तनपछि निन्तरता नपाउने  हुन्छ नि ?

– सरकारका मान्छे मात्र फेरिने हो नीतिमा पुरै परिवर्तन आउने होइन । मैले सुरु गरेका काममा अब आउनेले नगर्न सक्दैन । जनतालाई अहिले निरन्तर विद्युत् दिएको अवस्थामा अब आउनेले त्यो अवरुद्ध गर्न खोजे जनताले चाल पाइसके अब छाड्दैनन् । आयोजनाको निर्माणमा पनि सुरु भएको आयोजना कसैले रोक्न सक्दैन । अहिले अगाडि बढेका कार्यहरूले स्वभाविक रूपमा निरन्तरता पाउँनेछन् । यसले जनतालाई राहत मिल्दछ । यसअघि त वास्तविकता एउटा काम गराइ अर्कै भएकाले बढी समस्या भएको रहेछ । अब जनतालाई त्यसरी झुक्याउन कसैले पनि सक्दैन ।

० प्रसारण लाइनको अवस्थामा सुधार ल्याउने योजना के छ ?

– आन्तरिक तथा क्रमबोर्डर प्रसारण लाइन निर्माण दुवैका लागि आवश्यक कामहरू भइरहेका छन् । थप आयातका wholesale jerseys लागि प्रसारण लाइनको समस्या छ । अहिले भइरहेको विद्युत् आयातमा थोरै मात्र थप्न सक्ने अवस्था छ । भारतसँग भएको पीटीएको कुरा छिटो कार्यान्वयन गर्नुपर्ने छ । त्यसले हामीलाई खरिद बिक्री गर्न सजिलो हुन्छ । यी सबै काम पनि छिटो गर्न हामी लागिपरेका छौं । यी समस्याहरू छिट्टै समाधान हुन्छन् । यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार छन् । ढल्केबरको निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा छ । ढल्केबरको सब–स्टेसन बन्यो भने भारतबाट विद्युत् आयात गरेर नेपालको लोडसेडिङ करिबकरिब अन्त्य गर्न सकिन्छ ।

० आयोजना होल्ड हुने समस्या त कायमै छ नि ?

– यो समस्या पनि क्रमशः समाधान हुँदैन । अहिले होल्ड भएका धेरै आयोजनाहरू खारेज भइसकेका छन् । अब भएका आयोजना लगानी गर्न सक्ने निजी क्षेत्रलाई नै दिने मैले सोचेको छु । खारेज नभएकाहरू म्याद सकिएपछि स्वतः खारेज  हुँदै जानेछन्


० अनुमति लिने, तर काम नगर्ने परिपाटीको अन्त्य कसरी हुन्छ ?

– त्यो समस्या नभएको होइन, छ । तर, त्यस्तो सधैं गरिरहन कसैले सक्दैन । कुनै निश्चित समयमा मौकाको फाइदा उठाएर त्यस्तो गरेको पनि हुन सक्छ । तर, अब अवस्था त्यस्तो छैन । सबै जागरुक भइरहेको अवस्था छ । अब त्यस्ता आयोजना निश्चित समयपछि स्वतः खरेजीमा पर्छन् ।

० अपर–कर्णालीजस्ता सस्ता आयोजना ओगटेर बस्ने परिपाटी त कायमै  छ नि ?

– हो, त्यस्तो अवस्था देखिएको छ । अपर–कर्णाली लगानी बोर्डको क्षेत्राधिकारभित्र पर्ने कम्पनी हो । त्यसमा नेपाल सरकारले भारतीय कम्पनीलाई लाइसेन्स दिएको छ । त्यसमा लगानी बोर्डले नै आवश्यक निर्णय गर्नुपर्ने हो । त्यसमा त मन्त्रालयका प्रतिनिधि पनि छैनन् ।

० महँगा आयोजना नेपालीको भागमा र सस्ता विदेशीलाई किन दिइन्छ ?

– यो त मैले दुई वर्षअगाडि नै तत्कालीन नेताहरूलाई भनिसकेको हो । बूढीगण्डकीजस्ता महँगा तर बनाउनैपर्ने खालका आयोजना आफूले बनाउने र अपर–कर्णालीजस्ता सबैभन्दा सस्ता आयोजना अर्कालाई दिने राम्रो काम होइन, तर त्यो भइसक्यो । अब बूढीगण्डकी त बनाउनैपर्छ । त्यो जतिवेला चाहियो त्यतिवेला प्रयोग गर्न सकिने आयोजना हो । त्यसलाई सरकारले नै पैसा खर्च गरेर भए पनि बनाउँदछौं । अहिले मुआब्जा निर्धारणको काम भइरहेको छ । गोरखाको भइसक्यो, अब धादिङको सुरुआत भएको छ ।

० सो आयोजना सरकारी महŒवमा छ भन्नु हुन्छ । तर बजेट त मुआब्जा दिन पनि नपुग्ने छ नि ?

– यस्ता आयोजना एकै वर्षमा पूरा हुने होइन । यसका लागि समय पनि लाग्दछ । बजेट सरकराले दिने हो । आवश्यकतानुसार दिँदै जान्छ । अहिले जति छ, त्यो खर्च भए पनि नपुग रकमको व्यवस्थापन त भइहाल्दछ नि †

० नेपालको पानी जनताको लगानी भन्ने नारा ल्याउनुभयो, किन ?

– यो मुलुकलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर गर्न ल्याइएको हो । पानी हाम्रो नेपालका लागि सबैभन्दा पहिलो स्रोत हो । यसलाई खानेपानी, सिँचाइ, विद्युत् उत्पादनजस्ता सबैखालका काम हुने र जनतालाई फाइदा हुनेगरी काम गर्ने योजना छ । यसबाट जनतालाई फाइदा पुग्छ । अहिले जनताले सेयर हाल्न खोज्दा नपाएको अवस्था छ । त्यसमा सबैले सेयर हाल्न पाउने र फाइदा पनि सबैले पाउने हुनाले आमजनताको पैसा प्रयोग गरेर एउटा सम्भावना भएको कारणले त्यो व्यक्त गर्न तय गरिएको नारा हो ।
जनताले लगानी गर्ने भनेको नाफा कमाउन हो । नाफा नहुने प्रोजेक्टमा उनीहरूले लगानी गर्दैनन् । बूढीगण्डकीमा सेयर हाल भन्दा हाल्दैनन् । किन भन्दा त्यसबाट पैसा फिर्ता आउन १५ देखि २० वर्ष लाग्छ । पैसा सक्न त उसले लगानी गर्दैन । ‘नेपालको पानी जनताको लगानी’ नारा छ । अब यो नाराअनुसार नयाँ सुरु हुने 8시까지 परियोजनामा ३० प्रतिशत जनताको सेयर रहन्छ । बाँकी सेयर प्राइभेट सेक्टर र सरकारी संस्था मिलेर गर्ने योजना तयार भएको छ ।

० काम गर्नेको खुट्टा तान्ने प्रवृत्ति त निक्कै छ भन्छन् नि ?

हो हमीकहाँ त्यस्तो प्रवृत्ति धेरै देखिन्छ । हालै मात्र पनि मैले विद्युत् प्राधिरकणको बोर्डको निर्णय भन्दै त्यसलाई गलत तरिकाले सार्वजनिक गर्ने गरेको पाएको छु । यसअघि त्यहाँ अवसरको दोहन गर्ने र चलखेल गर्ने गरिएको रहेछ । त्यो अहिले बन्द भयो । विगतमा भएका ठूलाठूला भष्टाचार र त्यो गर्ने प्रवृत्ति अहिले अन्त्य भएको छ । यसअघि अधिकारको दुरुपयोग गर्ने गरिएको रहेछ । त्यस्तालाई कानुनी कारबाही गर्ने व्यवस्था छ । कारबाही हुन्छ ।

० काठमाडौं उपत्यकाको लोडसेडिङ हटाउने हिम्मत गरेर देखाउनुभयो । आँट गरे अप्ठ्यारो काम पनि गर्न सकिने रहेछ, होइन ?

–इच्छाशक्तिले काम गर्दा सफलता मिल्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । आफूले पाएको समयको सदुपयोग गर्नुपर्छ, मान्छेले । मान्छेले निश्चित समय मात्र पाउँदछ । उसले जति चाह्यो त्यति पाउँदैन । पाएको समयको सही सदुपयोग गर्ने हो । कुनै पनि ठाउँमा काम गर्ने अवसर पाउँदा जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । काम गरेपछि असम्भव केही हुन्न । यहाँ साउनको महिनामा पनि लोडसेडिङ भयो । तर, अहिले मंसिरमा पनि भएको छैन । यसमा अहिले पानी धेरै भएको हो भन्ने पनि तर्क गर्न थालेका छन्, एकथरी मानिसले । तर, त्यो होइन । साउनमा र मंसिरमा कहिले पानी धेरै थियो ? यो त यसअघि सरासर अधिकारको दुरुपयोग भएको थियो । मैले एउटा टिम बनाएर काम गरें । सचिव र प्राधिकरणका कार्यकारी निर्देशकलगायतका व्यक्तिहरूको सामूहिक पहलबाट अहिले यो काम भइरहेको छ । मैले उहाँहरूलाई  ‘मजाले काम गर्नुस् अप्ठ्यारो परे म छु’ भनेको छु । उहाँहरूले दत्तचित्त भएर कम गर्नुभएको छ । काम गर्दा टिमवर्क पनि हुनुपर्छ । अहिले बत्ती बाल्ने काम मात्र होइन, यो देशमा केही पनि हुँदैन भनेर निराशा पाल्नेहरूलाई देखाउन पनि यस्तो कार्यको जरुरत थियो । त्यस्तालाई गरेदेखि जे पनि सम्भव छ भन्ने देखाउन पनि अवसर मिलेको छ । नेपालमा कस्तो मानसिकता छ भने हाम्रो राष्ट्रमा केही हुन्न । गर्न खोजे पनि हुनै custom jerseys सक्दैन । गर्नै दिँदैनन् भन्ने छ । काम किन हुन्न ? कसले गर्न दिँदैन ? भनेर खोजी पनि हुँदैन । फेरि काम गर्ने cheap oakleys त आफैंले नि हो  नि † तपाईंले तपाईंको ठाउँबाट, मैले मेरो ठाउँबाट गर्ने हो । ऊर्जामन्त्री बनेपछि मलाई त्यो सन्देश दिन पनि मन लागेको थियो ।

० राम्रो काम गर्नेको खुट्टा तान्ने र चलखेल गर्नेले ढिलोछिटो तपाईंलाई पनि प्रभाव पार्ने त होइनन् ?

– चलखेल गर्नेको डर र त्रासमा बस्नेलाई तिनीहरूले जे पनि गर्लान् । तर, आफ्नो योजनामा प्रस्ट अगाडि बढ्नेलाई कसैले छेक्न सक्दैन । प्रभावित बनाउन पनि सक्दैन । अहिले जनताका आवश्यकता र चाहनालाई परिपूर्ति गर्न आफूले चाहेको सही समयको सही सदुपयोग गर्ने हो । यसमा म कत्ति पनि यताउता हुनेछैन । मलाई सही काम गर्नबाट कसैले रोक्न, छेक्न र प्रभावित बनाउन सक्दैन । यो मेरो दृढता हो ।

० हिउँदयाम नजिकिएको छ । अब के होला ?

– हाम्रो कोसिस के छ भने काठमाडौंमा लोडसेडिङ नदोहो¥याउने र काठमाडौंबाहिर पनि कम गर्दै जाने नै हो । उपभोक्ताहरूले सहयोग गरे यो सम्भव छ । हिउँदमा पनि लोडसेडिङ fake oakleys नगर्न हामी प्रयासरत छौं । यसर्थ, भएको पावरलाई कत्ति पनि दुरुपयोग नगरी जनतामाझ पु¥याउन हामी प्रतिबद्ध छौं ।

० दीर्घकालीन योजना कस्तो छ ?

– पश्चिम सेती आयोजना विगत २० वर्षदेखि अगाडि बढ्न सकेको छैन । त्यसलाई छिटो बढाउन मैले प्रयास गरिरहेको छु । तर, धेरै प्रयास गर्दा पनि लाइसेन्स लिने कम्पनी आइरहेको छैन । त्यसपश्चात् नलसिंहगार्ड, नौमुरे, बूढीगण्डकी, उत्तरगंगा, सुनकोसी १, २ र ३, चिसापानी, अरुण, तमोरलगायतका परियोजना पनि छन् । कतिपय विद्युत् प्राधिकणबाट विभिन मोडलमा गर्ने योजना छन् । ती आयोजना सरकार आफैंले, विद्युत् प्राधिरकण आफैंले वा कर्मचारी तथा जनताबाट ऋण लिएर भए पनि बनाउने योजना छ ।

० ऊर्जा विकास दशकको अवधारणा कहाँ पुग्यो ?

– विद्युत् संकटकाल भनेको यस क्षेत्रको कामलाई सुधार गर्ने र विद्युत् उत्पादन गर्ने भन्ने नै हो । मैले ल्याएको ३७ बुँदे कार्ययोजना पनि त्यसैको एउटा पाटो हो । त्यो गर्दै छौं ।

० तपाईंको योजनाअनुसार प्राधिकरणको नेतृत्व अगाडि बढ्न सक्ला त ?

– मैले भनिसको छु । त्यो हुन्छ । मैले कुलमानसँग पनि भनेको छु । फेरि काठमाडौंमा लोडसेडिङ हुनु भएन । फेरि जनतालाई सेड्युल दिनु भएन । फेरि मैले आदेश मात्रै गरेको पनि छैन अधिकार पनि दिएको छु । दसैंअगाडि मैले कुलमान र सचिवलाई भनेको थिएँ, कसले कुन स्रोतबाट कति बिजुली दिन सक्छन् ? सूचना निकाल्नुस् । त्यसबाट केही प्रस्ताव पनि आए । हामी त्यसको पनि मूल्यांकन गर्दै छौं । मैले प्राधिकरण गएर नाफा र घाटाको प्रसंग निकाल्दा बिजुली बाल्छन्, पैसा नै तिर्दैनन् भन्ने कुरा अब आउँदैन । पैसा नतिरेपछि कसरी नाफा हुन्छ ? जसले पैसा तिर्दैनन्, त्यसको लाइन काट्नु भनिसकेको छु । सबैभन्दा धेरै नतिर्नेको बिजुली पहिले काट्न पनि मैले भनेको छु । यसका लागि के चाहिन्छ ? त्यो कमी हुन नदिनु भनेर मैले निर्देशन दिएको छु । स्रोत र पैसाको कमी हुन नदिने भनेको छु । कुनै पनि तोकेभन्दा केही समय मात्रै भए पनि छिटो सक्न भनेको छु ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *