उम्मेदवार घरघरमा, मतदाता बारीमा

काठमाडौं– रुकुमको भुमे गाउँपालीका ३ सिमाका धनवहादुर पुनलाई यतिबेला मकै गोड्न भ्याई नभ्याई छ । यसवर्ष समयमै वर्षा भएपछि समयमै मकै रोप्न पाएका उनको परिवार अहिले मकै गोड्नमा व्यस्त छन् । चुनाव नजिकिए संगै उम्मेदवारहरु घरघरमा भोट माग्न आएपनि पुनको परिवार भने बारी मै छन् । चुनावको रौनक भएपनि काम नगरी खान नपुग्ने भएकाले आफुलाई चुनाव भन्दा काम ठुलो भएको पुनले बताए ।

त्यस्तै भुमे गाउँपालीका ३ सिमाकै भीमवहादुर पुन पनि बारीमै भटिए । उनको परिवार धान रोपाईमा व्यस्त छन् । उनलाई पनि उम्मेदवारहरु घरमा आउँलान र उनिहरुका कुरा सुनौला भन्ने भन्दापनि छिटो धान रोपाई सक्ने चिन्ता छ । धनवहादुर र भीमवहादुर जस्तै अहिले अधिकांस मतदाताहरु बारीमै छन् । यतिबेला धान रोप्ने र मकै गोडमेल गर्ने सिजन भएकाले मतदाताहरुलाई चुनाव भन्दा पनि खेतीपातिकै चटारो छ ।

जति जति चुनाव नजिकिदै छ त्यति त्यति चुनावको सरगर्मी बढ्दै गएपनि किसानहरुमा भने चुनावको खासै ठुलो प्रभाव परेको छैन । यसैविच अधिकांस मतदाताहरु बारीमै भटिन थालेपछि उम्मेदवारहरुपनि त्यहि अनुसार घरदैलो गरिरहेका छन् । विशेषगरी बिहान र बेलुका मतदाताहरु बारीमै व्यस्त हुने भएका कारण दिउँशोको समयमा घरदैलो गर्ने गरेको उम्मेदवारहरु बताउँछन् ।

भोट हाल्न मतदाता आतुर

भोट हाल्न भने मतदाताहरु आतुर छन् । लामो समयपछि जनप्रतिनिधिहरु चुन्ने मौकालाई खेर नफाल्ने पक्षमा मतदाताहरु छन् । चुनावको दिन असार १४ गते भोट हाल्न जानका लागि पनि हतार हतार खेतिपातीको काम सिध्याउने गरी लागिरहेको भुमे २ काँक्रिका गगन बुढाले बताए । चुनावको दिन सम्म काम सकिए आनन्दले भोट हाल्न जाने योजना उनको छ । ‘बारीको काममा भ्याई नभ्याई छ उनले भने–चुनाव अघिनै काम सक्कायो भने ढुक्कले भोट हाल्न गईन्छ ।’

मतदान केन्द्र टाढा भएका कारण पनि मतदाताहरुलाई खेतबारीको काम सकाउन हतारो छ । केही ठाउँबाट मतदान केन्द्र पुग्न र भोट हालेर फर्किन १ दिन बढी लाग्ने भएकाले पनि किसानहरु काम प्रति बढी नै चिन्तित बनेको भुमे ८ मैवाङका दुर्गावहादुर बढाले बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *