कपालको लम्बाइ ५५ फिट, पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत

उनको कपालको लम्बाइ नै ५५ फिट छ तौल २० किलो

 

लामो कपाल नारीको सौन्र्दयको पहिचान हो । कपालकै कारण अधिकांश नारीको सौन्दर्यमा निखारता आउँछ । तर, फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई नुहाउनकै लागि ६ बोतल स्याम्पु लाग्छ । कपाल सुकाउनै तीन दिन लाग्छ । कपाल सारै लामो भएपछि उनले २५ वर्षदेखि कोर्न छोडेकी छिन् जसका कारण लट्टा परेका छन् ।
२० किलोको कपाल उनलाई गह्रौँ भारी बनेको छ । कपालकै तौलका कारण उनको काँध दुख्ने गरेको छ ।उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले कपाल बोकेर हिड्नुपर्छ ।
लामो कपालकै कारण धेरैले उनलाई विवाह गर्न अस्वीकार गरे । तर, केही महिनाअघि उनको एक हेयर ड्रेसरसँग हिमचिम बढ्यो र तत्कालै बिहे पनि गरिन् । अहिले भने उनलाई केही राहत भएको छ, किनकि बाहिर घुम्न जाँदा श्रीमान्ले उनको कपाल बोकिदिन्छन् । कपालको भारले टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिएका छन् । तर, मन्डेला भने कपाल काट्न चाहन्नन् । यही लामो कपालका कारण उनको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता छ । यसबाहेक उनको पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत बनेको छ । उनले हेयर प्रोडक्ट एन्ड एक्सेसरिजको विज्ञापनमा मोडलिङ गर्छिन् र लाखौँ डलर कमाउँछिन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *