‘कलमको तागत तरबारको भन्दा धेरै ठूलो छ । तपाईं कलमको धनी हुनुहुन्छ । – सहिद दशरथ, धर्मभक्त

नेपाली समाजलाई प्रजातन्त्रको बाटोमा हिँडाउन देशका चार सपूतले प्राण आहुति गरेको आज ७६ वर्ष पूरा भएको छ । यी साढे सात दशकमा नेपाली प्रजातन्त्र विभिन्न बाटो हुँदै गणतन्त्रात्मक स्वरूपसम्म आइपुगेको छ । राणाशाहीको निरंकुशता, समाजको बेमेल चरित्र र देशकै विपन्नताले आजित युवाहरूले बडो साहसका साथ थालेको त्यो महान् यात्रामा हामीले के कति योगदान थप्यौं, समयले मूल्यांकन गर्ने नै छ ।

सहिदका सपनाहरू पूरा गर्ने बाटोमा थप सहिद भएकाहरूको योगदानको कति कदर गर्‍यौं, त्यो पनि समयकै जिम्मा । सामाजिक बनोटमा असमानता र विभेद कायम नै रहेको भने साँचो नै हो । विपन्नता र पराधीनता किन हाम्रो नियति बनिरह्यो, प्रश्न गर्नुपर्ने आजको खाँचो हो । सहिद दिवसको सन्दर्भमा भने ती महान् सहिदसँगै कालकोठरीमा थुनिएर सर्वस्व कैद एवं १८ वर्ष कैद सजाय सुनाइएका युगकवि सिद्धिचरण श्रेष्ठको निबन्ध ।

हाम्रा अमर सहिदः एक सम्झना

-सिद्धिचरण श्रेष्ठ
आँखामा सुनौला फ्रेमवाला चस्मा, न होचो न अग्लो, मझौला कद, गोरो स्वस्थ शरीर, दौरा सुरुवालमा कोट, कहिलेकाहीँ सेरमानी पनि लाउने, एउटा ठकुरी युवक त्यस बेलाका कम्यान्डर इन चिफ श्री रुद्रशमशेरका छोराहरूसँग बराबर बसउठ गर्दै हिँडेका देखिन्थे oakley outlet । काठमाडौंमा उनी श्री रुद्रशमशेरकै घरको क्याम्पमा बस्थे । उनलाई देखेर मानिसहरू सहजै विचार गर्थे- ‘कुनै राणा परिवारसँग बिहेको सम्बन्ध जोडेर बस्ने उनी कुनै ठकुरी बाबुसाहेब होलान् । बिहे नभइसकेको भए केही दिन महिनापछि हुने होला ।’ त्यसताका त्यस्तै थियो, पश्चिमका लायक तथा चोखा ठकुरीहरूलाई ल्याईल्याई राणाहरू आफ्नो जुँवाइ पार्थे र त्यतैतिरका ठिटीहरूलाई डोला पारेर बिहे गर्थे ।

उनी १९६१ सालमा बैतडीमा जन्मी हिन्दुस्थानको अल्मोडामा प्राथमिक शिक्षादीक्षा प्राप्त गरी बनारसबाट म्याट्रिक पास गरेका श्री दशरथ चन्द हुन् । उनले केही समयसम्म त्रिचन्द्र कलेजमा पनि इन्टरमिडियटको अध्ययन गरे । त्यसबेलाको स्तरअनुसार यस्तो लायक युवकलाई जुवाईं बनाउन सोच्नु राणाहरूको निम्ति स्वाभाविक पनि हो । तर उनले बिहे गरेनन्, मातृभूमिको बलिवेदीमा जीवन होम्ने उनले भाकल गरेका थिए । शायद अद्र्धमुच्र्छित नेपाली समाजमा अर्की एउटी विधवाको दुःख र सुस्केरा किन थपेर जाऊँ भनी सोचेका थिए ।

१९९० सालको माघ महिनामा गएको ठूलो भूकम्पले धेरैको घर-दरबार भत्कियो । केही खुल्ला ठाउँमा पाल टाँगेर अथवा हलुका किसिमको छाप्रो बनाएर धेरैले गुज्रान गर्नुपरेको थियो । हाल रोयल होटेल भएको श्री रुद्रशमशेरको महल पनि भत्केर चर्केर बस्न नहुने भएको थियो । त्यसैको क्याम्पाभित्र माथि भने झैं पाल टाँगेर तथा छाप्रो बनाएर श्री रुद्रशमशेरका परिवारहरू बसेका थिए । महलका मैयाँसाहेबहरू पनि महल बाहिर क्याम्पमा बस्न आउनु परेको थियो ।

साथीहरूको भनाइ छ, त्यसै दरबारकी एउटी कुनै मैयाँले श्री दशरथ चन्दलाई साह्रै नै चाहेकी थिइन् । श्री दशरथ चन्द सहिद भएपछि त्यही विरहमा पाल्पामा उक्त मैयाँको प्राण गएको कुरा पनि कसैकसैले गर्छन् । ठूलो आपत्ले मानिसलाई दिने दुःख र वेदनाको साथसाथै निर्भयता र जोस पनि एउटा हो । अवश्य नै काठमाडौंमा भएको ज्यानको खति, घरधनको हिनामिना र मान्छेहरूको बिचल्लीले गर्दा युवकहरूको हृदयमा देशसेवाको केही चेतना छर्न सकेको थियो ।

यसै बेलातिर श्री रुद्रशमशेरले श्री धर्मभक्तलाई कलकत्ताबाट नेपालमा ल्याई आफूकहाँ नोकरी दिइराखेका थिए । यहीँ श्री धर्मभक्त र श्री दशरथ चन्दको मिलन भयो । यसको केही महिनापछि नै राणाहरूमा भएको ए, बी, सीको चोखीनीतिले श्री रुद्रशमशेर पाल्पा धपिए । श्री धर्मभक्त श्री ५ महाराजाधिराज त्रिभुवनकहाँ व्यायाम शिक्षक खरिदार भएर काम गर्न थाले । श्री दशरथ चन्द चाहिँ पकनाजोलमा आफ्नी सानी आमाकहाँ गएर बसेका थिए ।

दुईजना क्रान्तिकारी साथीहरूको आपसमा भेट हुन्थ्यो । देशको त्यो अप्ठ्यारो र दुःखपूर्ण परिस्थिति र एक पिँजराजस्तो मात्र भएको दरबारका विषयमा दुवै साथी बसेर कुरा गर्थे । दुनियाँको जीवनलाई किञ्चित पनि नगनी मात्तिएका राणाहरूले गरेको अत्याचार चरम सीमा पुगिरहेको थियो । त्यो साह्रै नै डरलाग्दो समय थियो । भित्रको अलिकति पनि चेतना जागेको मानिस एक क्षण पनि टिक्न नसक्ने भयावह समय थियो ।

एकदुईजना चेतनाशील युवकहरू भित्रभित्रै कुँडिन्थे, तड्पिन्थे, तर विवश थिए । चारैतिरबाट उनीहरूको मुखमा बुझो हाल्न आउँथे, हात खुट्टा बाँधिएको जस्तो थियो । देश र जनताको यो दुर्दशाले राजा तथा राजपरिवारलाई भइरहेको असह्य पीडा तथा देशलाई मुक्त गर्ने उहाँहरूको केही प्रयासको चर्चा पनि श्री cheap oakley sunglasses धर्मभक्तमार्फत श्री दशरथ चन्दले बराबर पाउँथे । युवकहरूको एउटा बलियो संगठन गरेर राणाको निरंकुशता हटाउने उपाय सोच्न लागे ।

यसै सिलसिलामा डाक्टर बोलाउन भनी बाहिर लगेको मोटरको खाली सिटभित्र लुकेर श्री दशरथ चन्द अर्को क्रान्तिकारी राजा तथा युवराज वर्तमान श्री ५ महाराजाधिराजको दर्शन गर्न जान्थे । यसरी श्री धर्मभक्त र श्री दशरथ चन्दको प्रयासले अर्को क्रान्तिकारी साथी श्री टंकप्रसाद आचार्यको अध्यक्षतामा नेपाल प्रजा परिषद्को गठन भएको हो । श्री ५ महाराजाधिराजलाई राजमहलमा बन्दीजस्तो तुल्याई जनताको मौलिक अधिकारलाई कसरी राणाहरूले निरंकुशतापूर्वक हडपेको छ भन्ने कुराको भन्डाफोर गर्दै प्रजापरिषद्ले पर्चाबाजी गरेको थियो ।

१९९५ सालतिरको कुरा हो श्री दशरथ चन्द, श्री धर्मभक्तको डेरा ओमबहाल जोर गणेशस्थानको अगाडि बसेका थिए । एक दिन मेरा कविताहरू सुनिरहेका थिए । ध्यानपूर्वक एक घन्टा जति कविताहरू सुनी उनले भने, ‘कलमको तागत तरबारको भन्दा धेरै ठूलो छ । तपाईं कलमको धनी हुनुहुन्छ । देशको यस्तो स्थितिमा के झर्झर् फरफर कवितामात्र लेख्नुहुन्छ ? अन्याय अत्याचारको विरोधमा युवकहरू जुर्मुराएर उठ्ने कविता पनि लेख्नोस्, सुतेका जनतालाई उठाउनोस् ।’ साँच्चै यो मेरो वीर साथीको आह्वान थियो । सुषुप्त नेपालीको गर्जना थियो । त्यसैताका मैले लेखेँ-

‘चम्क युवक, अब चम्कन चम्क,
छाती फुलाई लम्कन लम्क ।
अघि सर, अघि सर साहस जोड
कातरपन ली प्राण नछोड,
पाइन बलको अब देखाउ,
वैरीलाई मार भगाउ ।’

उनीसित भएको कुराको निचोडलाई यसो भन्न सकिन्छ-सुतेको नेपाली जातिलाई उठाई सोझो बाटोमा लाउन उनी छट्पटाइरहन्छन् । मातृभूमिको पीडाले उनको छाती छियाछिया छ । अत्याचारीहरूमाथि बदला तथा प्रतिहिंसाको भाव उनको नसा नसामा उम्लिरहन्छ । राजाको मनमा लुकिरहेको उकुसमुकुसलाई जनतासम्म पुर्‍याई देशको शोषण बढार्न खोज्ने एउटा मूल स्रोत उनी नै हुन् । सबैसित नरम तथा मीठो बोल्ने, तर अत्याचार र अन्यायदेखि भित्रैदेखि आगो बल्ने क्रान्तिकारी युवक श्री दशरथ चन्द हुन् । नेपाल आमाका समस्त व्यथा छातीमा राखेर उनी हिँड्थे ।

केटाकेटीहरूलाई भेला गरेर उनीहरूलाई कवायद खेलाउँदै घुम्नु उनको एउटा सोख थियो । अक्सर उनी आफू बसेको ठाउँमा यस्तै गर्थे । मातृभूमिको खुट्टाको जन्जिर काट्ने जागरुक क्रान्तिकारी युवकहरू तयार पार्ने उनको भित्रको ज्वालाको यो प्रतिक्रिया हो भन्ने आज मलाई लाग्छ । केटाकेटीहरूलाई तालिम गर्नु र उनीहरूलाई खान लाउन दिनु उनको बानी थियो ।

१९९७ साल कात्तिक ३ गते उनी बसेको आफ्नी सानीआमाको पकनाजोलको घरबाट गिरफ्तार गरिए । उनको निर्भय चाल, कोहीसित दब्न नजान्ने मिजासले गर्दा पहिले नै उनलाई उम्कन नदिई गिरफ्तार गरिएको होला । केही दिनपछि उहीं पोलाहाद्वारा उनी पनि प्रजा परिषद्को कर्मठ सदस्य उपसभापति हो भन्ने थाहा Wholesale China Jerseys भएपछि नेलसिक्री लाइयो । विशेष कुरा चुट्नको निम्ति बाँसमा झुन्ड्याएर पिँडौलाको मासु झार्ने गरी कोर्रा बर्साइयो, तर श्री दशरथ चन्द मामुली हाड मासुले बनेका व्यक्ति थिएनन् । उनको मुखबाट के कुरा फुत्कोस् ? आफूलाई शारीरिक पीडा दिई सताउनेलाई उनी भन्थे- ‘मैले सबै कुरा स्वीकार गरेपछि म मारिने नै छु भने किन मार्न लाउन्नौ ? मान्छौ भने अब पनि मौका छ जनताको हक देऊ ।

यो अन्यायी शासन अब धेरै समय टिक्न सक्दैन । तिमीहरूको नासको बेला नजिक आइरहेछ ।’ साँच्चै मक्किइएको राणा शासनलाई औंल्याउने र असल बाटो लाग्न सल्लाह दिने दूरदर्शी व्यक्ति उनी नै थिए । मानिसको विवेक र चेतनालाई उठ्न नदिई अज्ञान र झुठले छोपेर सोझोलाई बांगो र बांगोलाई सोझो भनी चलेको शासन किमार्थ धेरै दिन चल्दैन भन्ने कुरा cheap jerseys उनले प्रत्यक्ष देखेका थिए । जंगबहादुरको शासनमा ‘हाइ हुकुमत मेरो, टक-ढक तेरो’ भन्ने उर्दीप्रति राजाबाट भइआएको भए मात्र यस्तो हुकुम मान्छौं, मन्त्री (अमात्य)ले भनेर मान्ने होइनौं भनेर दशरथ चन्दका बाजे हरिचन्द, जयचन्दले विद्रोह गरेका कुरा उनी बराबर साथीहरूलाई सुनाउने गर्थे । बाजे बराज्यूहरूले गरिआएकै काम अब म पनि गर्दैछु भनेर बराबर भन्थे । उनको यस्तो कामले उनलाई ज्यान सजाय दिइने कुरामा पनि उनी पहिलेदेखि नै सचेत थिए ।

सिंहदरबारभित्र मुद्दा भइरहँदाको कुरा हो । पुसमाघको जाडोको मध्यान्ह नाघेर अपरान्ह हुनै लागेको थियो । आजभोलि नेपाल रेडियो भएको घरमा पनि राजनीतिक कैदीहरू कडा पहराका साथ राखिएका थिए । त्यसैको माथि कौसीमा बसेर हजुरियाहरू तथा प्राइम मिनिष्टरका पत्यारका कर्मचारीहरू मुद्दा हेर्थे । दिनहुँ बैठकेहरूले आफ्ना मालिकहरूलाई दिउँसो ज्यूनार बोकेर पुर्‍याउन ल्याउँथे । श्री दशरथ चन्दलाई अरूलाई जस्तो घरबाट दिनहुँ खानेकुरा पठाइन्नथ्यो ।

एक दिन बैठकेले आफ्नो मालिकलाई चाँदीको टल्कने किस्तीमा छोपेर पुर्‍याउन भोजन ‘यी मेरा दाजुभाइ दिदीबहिनीहरूको पसिना हो, तिम्रो मालिकको मात्र होइन, यसलाई लिने र खाने हक मेरो पनि छ’ भन्दै खोसेर एक भाग आफ्नो गराए । बैठके जिल्ल पर्‍यो । के के भनेर माथिसम्म हल्लीखल्ली भयो ray bans sale । मालिक जरसाहेबले के सोचेर हो क्या रे कुन्नि ? भोलिदेखि एक भाग उनलाई पनि ल्याउने प्रबन्ध गरिदिए ।

श्री दशरथ चन्दले जीवनमा कहिले पनि शिर निहुराउन जानेनन् । सिंहदरबारमा मुद्दा फैसला सुनाउँदा ‘दशरथको ज्यान, अंश सर्वस्व’ भन्दा उमेर पुगेका जान्ने मानिसहरू केटाकेटीहरूको खेलमा हाँसे झैं उनी हल्ल हाँसिदिएका थिए । मृत्युको फैसलामा यस्तो हाँसो निकाल्न सक्नु कम आत्मबलको परिणाम होइन । श्री दशरथ चन्दको जीवनको सबभन्दा ठूलो सौन्दर्य उनको मृत्युदेखिको निर्भयता नै हो । साँच्चै मृत्युलाई भयावह भन्ने कुरा कहिले पनि उनले ठानेनन् । यात्रामा एक बासबाट अर्को बास सर्नु जत्तिकै मात्र उनले मृत्युलाई ठानेका थिए अथवा उनले थुनामा दिनहुँ पाठ गर्ने भगवद् गीताको श्लोक भनेको जस्तै मात्र –

षासांसि जीर्णानि यथा विहाय
नवानि गहृणाति नरो पराणि
तथा शरीराणि विहाय जीर्णा
न्यायाति संयाति नवानि देही ।
‘लुगा पुराना जसरी त्यजेर
नयाँ लुगा मानिस लिन्छ फेर
यस्तै बूढा देहहरू त्यजेर
जीवले लिन्छ नया शरीर ।’
(कोमलानुवाद)

श्री गंगालाल र श्री दशरथ चन्द एकै कोठामा राखिएका थिए । श्री गंगालाल उनको अपेक्षा केही कलिलो उमेरका थिए । श्री दशरथ चन्द चाहिँ श्री गंगालाल हतोत्साही नहोऊन् भनी बारम्बार ढाडस दिइरहन्थे । भगवद्गीताको विराट पुरुषको वन्दना पाठ दुवै साथीहरूले मिलेर गर्थे । हाँसीहाँसी मृत्युको मुखमा पस्न लागेका यी दुई एक ज्यानका साथीहरूको त्यो सहवास साँच्चै नै स्वर्गीय वरदानजस्तो थियो । मित्रताको अगाधतामा चुर्लुम्म डुबेका यी दुई मित्रहरूमा भएको त्यसबेलाको कुराकानी बडो मार्मिक र अमूल्य त हुने नै भयो, तर लिपिबद्ध गरेर यसलाई भावी सन्तानको निम्ति सञ्चित गरिदिने को ?
माघ १४ गते घरका मानिसहरूसित अन्तिम भेट गराउन सिंहदरबारबाट भद्रगोल जेलमा उनीहरू सारिए ।

१० गते पचली बाटोको रूखमा श्री शुक्रराजलाई फाँसी दिइएको थियो । त्यो रूखले उभिएर त्यस वीर सहिदको सम्झना आवत्जावत गर्नेहरूलाई आजसम्म पनि दिइरहेको छ । फाँसी दिइएको हाँगा भने काटिएको छ । १२ गते श्री धर्मभक्त पशुपति जाने मूलबाटोको रूखमा श्री धर्मभक्तलाई झुन्ड्याइयो, त्यो रूख अहिले जरैसम्म काटिएको छ । यसरी अब श्री गंगालाल र श्री दशरथ चन्दको पालो आइरहेको थियो । श्री गंगालालाई उनका पिता, भाइ, काका, तथा दिदी बहिनीहरू भेट्न आएका थिए । श्री दशरथ चन्दलाई भेट्न आउने कोही भएनन्, उनका दाजुभाइहरू काठमाडौंमा थिएनन् ।

उनका टाढाका साइनो पर्ने तथा अरू इष्टमित्रले उनलाई भेटी राणाको आँखाको कसिंगर हुने सम्भावनामा पाइला हालेनन् । रातको १२ बजेतिर भद्रगोल जेलबाट उनीहरूलाई कडा पहरामा लहरीमा राखी शोभा भगवतीस्थित भचाखुसीमा लगे । बालुवामा बलियोसँग उभ्याइएको दुईवटा बाँसमा चलहल गर्न नहुने गरी दुईजना साथीहरूलाई डोरीले बाँधे, आँखामा पट्टी लगाए । गंगालाल #succulents मभन्दा कान्छो छ, मलाई गोली लागेको देखेर डराउला ।

पहिलो गोली उमाथि दाग भन्ने श्री दशरथ चन्दको मागअनुसार पहिलो गोली श्री गंगालाल माथि दागियो । श्री दशरथ चन्दले श्री गंगालाललाई यसो पनि भनेको थिए रे -‘अन्तरिक्षमा मलाई पर्खनु, सँगसँगै स्वर्ग जानुपर्छ ।’ ड्याम्म छातीमा लागेको एक गोलीले नै श्री गंगालाल सहिद भए । अब श्री दशरथ चन्दमाथि गोली दागियो पेटतिर, खुट्टामा पर्‍यो । घाइते सिंह गर्जेर करायो-‘खुट्टामा के हान्छस् ? बाबुको छोरा भए छातीमा हान् !’ अर्को गोली छातीमा पर्‍यो । नेपाल आमाका दुई वीर सपूत सहिद भए ।

(युगकवि श्रेष्ठको पुस्तक ‘कारागारका सम्झना’बाट साभार ।)

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *