कामज्वरोमा अभिभावक आत्तिँदा बच्चामा झनै समस्या -डा. विश्वबन्धु

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ । अभिभावक आत्तिँदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिई बच्चालाई सुरक्षित राख्न राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका चिकित्सक डा. विश्वबन्धु बगालेको सुझाब यस्तो छ :

कामज्वरोका लक्षण
आँखामाथि फर्काउने ।

हातगोडामा कम्पन हुने ।

जिउ नै अररो हुने ।

मुखबाट फिँज निकाल्ने ।

 

दिसापिसाब छोड्ने ।
अभिभावकले के गर्ने
बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको
अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने
पानीपट्टी लगाउने ।
अभिभावक आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
बच्चाको मुखमा केही नघुसार्ने, औँला  घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँच्चिने सम्भावना हुन्छ ।

भविष्यमा जोगाउन ?
यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन  सम्भव छैन ।
त्यही भएर ज्वरो आउँदा यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
ज्वरो आएमा तत्काल  पारासिटामोल दिइहाल्ने ।
बच्चालाई गुम्स्याएर नराख्ने ।
ज्वरो धेरै नै छ भने  पानीपट्टी लगाउने ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *