गरे के सम्भव हुँदैन…?

  1. काठमाडौं– गरे के सम्भव छैन ? उद्यमशिलता र हातमा सिप  भए कुनैपनि कुरा असम्भव हुँदैन भन्ने कुरा यहाँका एक दम्पत्तीले साबित गरेका छन् । बाटोमा फालेका रेडबुलका बट्टा बटुलेर तेह्रथुमको सक्रान्ति बजारको सडक छेउछाउ भगवानका मूर्ति, तथा अन्य कलात्मक सामाग्री बनाउँदैका यी दम्पत्तीले यसबाटै मनग्ये आम्दानी गरेका छन् ।

काम नलाग्ने, सडकछेउ फालिएका यस्ता सामान बटुलेर नयाँ र आकर्षक सामान बनाएपछि दैनिक राम्रो आन्दानी गरेको उनीहरु बताउँछन् । यी दम्पत्तीको एउटै स्वर छ ‘हातमा सिप र शरिरमा जागर भए पैसा कमाउन काँही जानु पर्दैन ।’ ठूलो लगानी लगाउँनु नपर्ने, कच्चा पदार्थ सजिलै पाइने हुँनाले आफ्नो मेहनेतको फल सजिलै पाइने उनीहरुको अनुभव छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *