गर्मीमा दही सेवन गर्नु छाला सुरक्षाको लागि राम्रो हुने

 

काठमाडौं – आफ्नो शरीरमा सुन्दर र आकर्षक छाला होस् भन्ने चाहना हरेक मानिसको हुन्छ तर कैयौँ प्रयास गर्दा पनि कतिपयको यस्तो चाहना पूरा हुन सक्दैन । अझ गर्मी मौसममा त छालाको सुरक्षा गर्ने विभिन्न चिन्ता उत्पन्न हुने गरेका छन् । छालाको सुन्दरताका लागि दही साह्रै उपयोगी हुनसक्छ ।
–    अनुहारमा नियमित रुपमा दही लगाउनाले अनुहारमा चमक आउँछ ।
–    दहीले अनुहारमा भएका दाग तथा झुसिलोपनबाट बचाउँछ ।
–    रुखो छालालाई नरम बनाउने काम पनि दहीले गर्छ ।
–    कस्मेटिक सौन्दर्यभन्दा दहीको प्रयोग राम्रो मानिन्छ ।

–    दहीले छालामा मोस्चराइजको काम गर्छ ।
–    दहीमा पाइने लक्टिक एसिडले छालालाई फेसियल मास्कले जस्तै सुरक्षित राख्छ । साथै, छालाको भित्री भागमा रहेको फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।
–    दहीमा गाजर, काँक्रो र मेवा लगायतका मौसमी फलफूलको रस मिलाएर अनुहारमा लगाउनाले छालामा निखार ल्याउँछ । केही मौसमी तरकारीको रस दहीमा मिसाएर लगाउँदा पनि फाइदा हुन्छ ।
–    दहीमा कागतीको रस मिलाएर लगाउनाले छालालाई ताजा र स्वच्छ बनाउँछ ।
–    दही र बेसन मिलाएर अनुहारमा लगाउँदा चमकता आउँछ । साथै, दाग धब्बाबाट समेत राहत मिल्छ ।
–    दहीले छाला मात्र होइन कपाललाई पनि पोषण दिन्छ ।
–    आधा कप दहीमा एक चम्चा जैतुनको तेल र एक चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाई मनतातो पानीले धुनाले अनुहार आकर्षक देखिन्छ ।
–    अमिलो दहीले मालिस गर्नाले घाँटीको पछाडि हुने कालोपन हट्छ ।
–    लामो समयसम्म बढ्दो उमेरको प्रभाव हटाउन पनि नियमित दहीको लेपले सहयोग गर्छ ।
–    दहीको प्रयोगले नङ र कपाललाई पनि फाइदा गर्छ । हप्तामा दुई पटक कपालमा दही लगाउनाले कपाल सुन्दर देखिन्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *