गाईजात्राकाे राैनक उपत्यकामा (गाईजात्रा विशेष)

काठमाडौँ  – मृतआत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा गाईजात्रा मनाइएको छ । विशेषगरी, गाईजात्रालाई नेवार समूदायले मनाउने गर्छन् । हास्यव्यंग्य र ख्यालठट्टा गर्दै विभिन्न झाँकीहरु सहित काठमाडौँ उपत्यकामा नेवार समुदायको बाक्लो उपस्थितिकाबीच जात्रा मनाइएको छ । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्वको रुपमा परिचित गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको दिन गरिन्छ ।

किंवदन्ती अनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *