गुणस्तरहीन पाइपको बिक्री र उपभोग नियन्त्रण गर्न मापदण्ड तयार

काठमाडौः सरकारले Watch ग्यास चुल्हो र सिलिन्डरमा जोड्ने पाइपसम्बन्धी मापदण्ड तयार पारेको छ । ग्यासको पाइपसम्बन्धी सरकारको आफ्नो मापदण्ड नहुँदा विभिन्न मुलुकबाट गुणस्तरहीन पाइप भित्रिने गरेको छ । यस्तो गुणस्तरहीन पाइपका कारण ग्याससम्बन्धी दुर्घटना वृद्धि हुँदै आएका छन् । यस्ता दुर्घटनामा परी सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु Fake Oakleys पुडासैनीले बजारमा गुणस्तरहीन पाइपको बिक्री र उपभोग बढेकाले नियन्त्रण गर्न मापदण्ड तयार पारिएको जानकारी दिए । ‘ग्यासबाट हुने अधिकांश दुर्घटनामध्ये प्रमुख कारण cheap nfl jerseys पाइप पनि हो’, महानिर्देशक पुडासैनीले अन्नपूर्णसँग भने,‘गुणस्तरहीन तत्वबाट निर्माण भएको पाइपको बजार नेपालमा उच्च छ ।’

उनका अनुसार पाइपसम्बन्धी मापदण्ड कार्यान्वयनमा आएपछि पाइपकै कारणले हुने घटनामा न्यूनीकरण गर्न सकिन्छ । विभागले सेन्थेटिक रबरबाट निर्मित र विभागको गुणस्तरसम्बन्धी एनएस मार्क अंकित पाइप मात्रै खरिद गर्न सुझाव दिएको छ । पाइपको प्याकेटमा काम गर्ने पाइपको दबाबपना, कम्पनीको नाम, आकार, उपभोग गर्ने मिति हेरेर मात्रै खरिद गरेर उपभोग गर्न विभागले सुझाव दिएको छ ।

विभागका मेकानिकल इन्जिनियर कृष्णबहादुर सोडारीका अनुसार औद्योगिक क्षेत्र (टाइप वान) र घरेलु क्षेत्र (टाइप टु) गरी दुई स्थानमा प्रयोग हुने छुट्टाछुट्टै पाइपसम्बन्धी मापदण्ड तयार पारिएको छ । पाइपको लाइनिङ (भित्रपट्टिको भाग), रेनफोर्समेन्ट (बीचको भाग) र कभर (बाहिरी भाग) कुन तत्व मिसाएर तयार गर्ने, आकार र भौतिक गुण ray ban outlet कस्तो हुने, पाइपभित्र ग्यासको दबाब (प्रेसर) कति हुने लगायतका विषयमा अध्ययन गरी विभागले मापदण्ड तयार गरेको छ ।

यो मापदण्ड विभागको प्राविधिक समितिबाट स्वीकृत भइसकेको छ । ‘अब उद्योगमन्त्रीको संयोजकमा रहेको गुणस्तर परिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउछौं’, सोडारीले भने । उनका अनुसार औद्योगिक क्षेत्र र घरेलु क्षेत्रमा प्रयोग हुने पाइपले कम्तीमा ६५ डिग्री सेल्यिसयको तापक्रम खप्ने क्षमताको हुनुपर्नेछ ।

ग्यासको पाइपसम्बन्धी सरकारको आफ्नो मापदण्ड नहुँदा विभिन्न मुलुकबाट गुणस्तरहीन पाइप भित्रिने गरेको छ ।

मापदण्डअनुसार औद्योगिक क्षेत्रमा प्रयोग हुने पाइपले cheap jerseys from china कम्तीमा ग्यासको २.५ मेगा पास्कल प्रेसर (दबाब) थेग्ने खालको हुनुपर्छ । यसैगरी घरेलु क्षेत्रमा प्रयोग हुने पाइपले कम्तीमा १ मेगा पास्कल ग्यासको दबाब थेग्ने क्षमताको हुनुपर्ने मापदण्ड तयार पारिएको छ । यस्तै औद्योगिकतर्फको पाइप परीक्षण गर्दा अधिकतम पाँच मेगा पास्कलको दबाब सहन प्रकृतिको र घरेलुतर्फको पाइपले अधिकतम २ मेगापास्कल दबाब सहन खालको हुनुपर्छ । त्योभन्दा बढी दबाब भयो भने पाइप फुट्ने सम्भावना हुन्छ ।

विभागले औद्योगिक र घरेलु क्षेत्रमा wholesale jerseys प्रयोग हुने पाइपको लाइनिङको भाग सेन्थेटिक रबर वा एक्रिलोनिट्राइल बुटाडाइन रबर, पोलिभिनायल क्लोराइड र क्लोरोप्रिन रबरको मि श्रण भएको हुनुपर्ने मापदण्ड तयार गरिएको छ । यसैगरी औद्योगिकतर्फको पाइपतर्फ रेनफोर्समेन्टको भाग रेनफोर्समेन्ट तारको समि श्रण र घरेलुतर्फको रेनफोर्समेन्टको बीचको भाग काँसको समि श्रणबाट तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै घरेलु कामका लागि कम्तीमा डेढ मिटरको रबरको पाइप प्रयोग गर्नुपर्ने विभागले मापदण्डमार्फत व्यवस्था गरेको छ ।

यसैगरी औद्योगिक र घरेलुतर्फ पाइपको कभर सेन्थेटिक रबरको हुनुपर्ने उल्लेख छ । औद्योगिक क्षेत्रमा प्रयोग हुने पाइप कालो रंगको र घरेलु क्षेत्रमा प्रयोग हुने पाइप सुन्तला रंगको हुनुपर्ने व्यवस्था गरिएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *