चाडबाडमा मापसे जाँच कडाइ गरिने

काठमाडौं/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन(मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । दसैँ, तिहार, छठलगायतका चाडबाडमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र धेरै दुर्घटना हुने भएकाले मापसे जाँचमा कडाइ गरिने भएको हो ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्वाहीपूर्वक सवारीसाधन चलाउने हुनाले ठूलठूला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिनुका साथै काठमाडौँ उपत्यकामा सवारीसाधनमा Cheap Football Jerseys धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको बताए । ray ban outlet नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्नेबारेमा सूची टाँस गरिनाका साथै ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहने छन् । उपत्यकाका नयाँ र पुरानो बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुङ्गा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायत मुख्य स्थानमा सहायता कक्ष राखिनेछन् ।
यसैगरी जनताको जनचेतनाका निम्ति एफएम रेडियो र मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनुका साथै ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रुवर्गलाई आइपर्ने समस्याका बारेमा पूर्वसूचना दिने व्यवस्था मिलाएको छ । यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ । महाशाखाले सवारी साधनद्वारा हुने कुनै पनि नराम्रा गतिविधि हुन cheap football jerseys नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ ।
महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रणमा लिने 2016-12-15 र कानुनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ भने सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा cheap oakley sunglasses बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका ray bans ale भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *