चित्रकारका लागि चित्र कोर्न यो जति सुन्दर ठाउँ अरु कहाँ ?

घान्द्रुकः पर्यटकीय गन्तव्य घान्द्रुकमा यति बेला पर्यटनको मौसम सुरु भएको छ । अन्नपूर्ण, हिमचुली र माछापुच्छे हिमालको काखमा पुग्ने जोकोही पनि कलाकार वा साहित्यकार बन्न चाहन्छ । चित्रकारका लागि चित्र कोर्न यो जति सुन्दर ठाउँ अरु कहाँ होला ?

एकै दिनमा कहिले सुनजस्तो त कहिले चाँदीजस्तो देखिने हिमशृंखलामा स्वदेशी तथा विदेशी कलाकार दुई दिनसम्म भुले । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गरेको अन्तर्राष्ट्रिय जलरङ महोत्सवअन्तर्गतको दुईदिने ‘प्लेन एयर वर्कसप’मा सहभागी स्वदेशी तथा विदेशी गरी ६० भन्दा बढी कलाकार घान्द्रुक पुगे । आइतबार राति १० बजेतिर घान्द्रुक पुगेका कलाकार भोलिपल्ट बिहान अघिल्लो दिनको सबै थकान बिर्सिएर सुनौलो हिमाललाई क्यानभासमा उतार्न व्यस्त भए ।

नेपाली कलाकारका लागि हिमाल पहाडको चित्र बनाउनु नौलो कुरा होइन । अन्नपूर्ण, माछापुच्छे« हिमाल नेपाली कलाकारका लागि कण्ठ भइसक्यो । तर, विदेशीका लागि यो नितान्त नौलो अनुभव थियो । रसियाकी कलाकार नतालियालाई फरक संसारमा पुगेजस्तो महसुस भयो । cheap oakleys हिमालले उनलाई साह्रै लोभ्याएछ । युरोपमा सिटीस्केप, ल्यान्डस्केप चित्र बनाइरहेको अनुभव भए पनि हिमालको अघिल्तिर बसेर यस्तो चित्र बनाउन पाउनु उनका लागि जीवनकै पहिलो अनुभव भयो ।

नेपाल उज्यालो छ । यहाँको संस्कृतिमा उज्याला रङहरू प्रयोग हुन्छन्, नेपालीको अनुहारमा उज्यालो मुस्कान हुन्छ । यही हो विदेशीलाई मन पर्ने कुरा । नतालियालाई पनि सुन्तला, रातोजस्ता उज्याला रङले cheap jordan लोभ्यायो । घान्द्रुक पुगेपछि उनलाई महसुस भयो, ‘म संसारको सानो एउटा टुक्रामात्र रहेछु, संसारमा धेरै राम्रा कुरा रहेछन् ।’ घान्द्रुकको Watch होटेलका आँगनदेखि गाउँका गल्लीहरूमा, सिँडीहरूमा छरिएर कलाकारहरूले फरक विषयवस्तु टिपिरहेको दृश्य रोमाञ्चक थियो ।

अस्ट्रियाका कलाकार क्रिस्टफलाई हिमालको दृश्यले लोभ्यायो । पुन नेपाल आउने चाहना व्यक्त गर्दै उनले यहाँका सम्झनाहरू चित्रमा समेटेर लगे । इन्डोनेसियाका कलाकार अगस बुदयान्तो हरिया हिमाल जंगलको चित्र बनाउन त अभ्यस्त छन् । तर यति अग्लो हिमालसँग अनुभूति घान्द्रुकमा सँगाल्न पाए । थाइल्यान्डका कलाकार नाम्चेइको फूर्तिफार्ती नै बेग्लै थियो ।

यी युवा कलाकारले एक पल पनि खेर जान fake oakleys दिएनन् । बिहानदेखि बेलुकीसम्मको हिमालको दृश्य, गाउँले जीवन सबैसबै चित्रमा समेटिरहेका थिए । एउटै कलाकारले दिनमा पाँचवटा चित्र बनाए । गाउँमा प्रकृतिको अनुकूलताको हिसाबले चल्ने गरेको मानव दैनिकी उनलाई निकै मन पर्‍यो । आफ्नो देशमा मानिसले बनाएको जीवनशैली हुन्छ तर यहाँको प्रकृतिको हिसाबले जीवनशैली चलेको देख्दा उनलाई नयाँ अनुभव भयो ।

उनको चित्रमा पनि हिमालको काखमा रहेको घान्द्रुक गाउँको एउटा कुना देखियो । जहाँ डोरीमा सेता तन्नाहरू सुकिरहेका थिए । अलि पर हरियो डाँडा कतै छायाँ Cheap Jerseys परेका त कतै घामको किरण परेका कहीँकतै बादलले ढाकेको त कतै छर्लंग देखिएको हिमालको भाग चित्रमा प्रस्ट देखिएको थियो ।

कार्यशालाको दोस्रो दिन सांस्कृतिक संस्थानको टोलीले नेपाली लोकधुनहरू बजाए । त्यही लोकधुनमा रमाउँदै कलाकारहरूले नेपाली संस्कृति विषयमा चित्र बनाए । गुरुङ कटेजको Fake Oakleys आँगनभरि छिरलिएका कलाकारले बुझेजति नेपाली संस्कृतिलाई चित्रमा प्रस्तुत गरे ।

कुनै चित्रमा कोदो टिपिरहेकी महिला त कुनैमा सारंगी रेटिरहेका नेपाली कलाकार । कहीँ रक्सी पारिरहेकी महिला त कहीँ कुमारी, स्वयम्भूलगायतका सांस्कृतिक महत्व बोकेका चित्र । यो कार्यशालाका दस/दसजना नेपाली र विदेशी उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने जानकारी च्याप्टरका अध्यक्ष एनबी गुरुङले दिए । – Annapurna

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *