जगतको ब्रह्म, ईश्वर, अल्लाह वा गड भनेको एक नै हो र सृष्टिकर्ता एक नै छ

<img class="alignnone wholesale jerseys size-full wp-image-2591″ src=”http://universalnews7.com/wp-content/uploads/2016/12/un-news-damodar.jpg” alt=”” width=”723″ height=”832″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/12/un-news-damodar.jpg 723w, http://universalnews7.com/wp-content/uploads/2016/12/un-news-damodar-261×300.jpg 261w, http://universalnews7.com/wp-content/uploads/2016/12/un-news-damodar-300×345.jpg 300w” sizes=”(max-width: 723px) 100vw, 723px” />

दामोदर गौतम
अध्यक्ष,सञ्जीवनी सेवा संघ, अन्तरधार्मिक संघ तथा नेपाल बिद्यार्थी संघ संस्थापक सदश्य,

तपाई एक ईश्वर र धर्मबीचको अन्तरसम्बन्धलाई कसरी प्रष्टाउनु हुन्छ ?

ँ यदि कोही ब्यक्तिले आफुले वास्तवीक जीवनलाई र सांसारीक जगतलाई बुझेको छ भने उसले जगतलाई नै an ईश्वरको रुपमा पाउँछ र त्यसको नियम पद्दतिमा हिड्छ भने उसले धर्मको कार्य सिद्ध गर्दछ । अर्थात उसले जगतको ब्रह्म, ईश्वर, अल्लाह वा गड भनेको एक नै हो र सृष्टिकर्ता एक नै छ भन्ने कुरा उसलाई थाहा हुनेछ । अथार्थ समग्रमा ईश्वर र धर्म भनेको दुबै एक हो तर भाषामा फरक भएतापनि त्यसलाई बोध गराउने अर्थ नै एक छ ।
त्यसैले ब्रह्माण्डको सृष्टिकर्ता पनि विशुद्ध छ कुनै दर्शनको पछाडी धर्म जोड्नु जस्तै हिन्दु धर्म, बौद्ध धर्म, क्रियश्चन धर्म, आदिे इत्यादि जुन मानवले दर्शनको पछाडी धर्म जोड्छ त्यो चाहि गलत हो तर धर्म कुनै दर्शनसंग जोडीदैन बरु धर्म दर्शन भन्दा माथि छ । र धर्मले सत्यको बोध, शान्ति, अमन र सामाजिक सु व्यवस्थापन राख्न मानवलाई सत्यको मार्गमा हिडाउन जर्जको रुपमा रहेर सन्देष्ठालाई दिने ज्ञान हो । अब ईश्वरको मानेमा पौराणीक ग्रन्थ वेदले के भन्दछ भने ( एकम सद विप्रा बहुदा वदन्ती ( ऋग्वेद ( १ ( १६४ ( ४ मा ईश्वरको वर्णनमा भनेको छ ईश्वर एक मात्र छ तर विद्धान ऋषीले यसको परिचयलाई धेरै रुपमा वर्णन गरेका छन ।
यता कुरआनको सूरह ः इख्लासको ११२ को १ ( ४ सम्म भनेको छ, अल्लाह एक छ उ अदृश्यवान शक्ति हो न उ कसैबाट जन्मियो न त उसले कुनै सन्तान जन्मायो, उ एक मात्र छ फेरी बाइबलले पनि भनेको छ अल्फा एण्ड ओमेगा अर्थाथ शुरु नै मै हुँ अन्त्य नै मै हुँ । यसरी कुरआन बाइबल र वेदको भाषा लिपी फरक भएता पनि एक इश्वरको परिचय त सवैको एउटै नै छ नी Cheap NFL Jerseys । त्यसैले इश्वर एक छ र धर्म त्यसको दर्शन, क्रिया, कार्य, लेखा, व्यवस्थापन आदि इत्यादीलाई जनाउँदछ ।
तपाई भन्नुहुन्छ एक छ तर हाम्रो समाजमा मानिसहरू बहुबादपूर्ण इश्वरको प्रार्थाना गर्दछन ? तर शास्त्रमा बहुबाद इश्वर मान्नु महापाप हो भन्छन नी, त्यसैले यस विवादलाई प्रष्ठाई दिनुहोस न ?

ँ शास्त्रले एक इश्वरलाई मान्नु सारा जगतको इश्वर नै एक छ अर्को छैन र त्यसकै मात्र प्रर्थाना गर्नु भनेर जति पनि सन्देष्ठाहरू आए यस धर्तीमा र उनीहरूले ल्याएको जतिपनि दर्शन हुन सवैमा त इश्वर एक छ र एक इश्वरको आदेश मान र उसैको पुजा गर भनेको छ तर मानिसहरू बहुबाद इश्वर मान्नु त उनीहरूको अज्ञानता हो र उनीहरूले त्यसरी मान्नु गलत हो । मैले माथि नै भनि सकेको छु नी इश्वरको बारेमा त होइन ? तर यहाँ आजको समाजमा जति पनि इश दुत र सन्देष्ठाहरू मानव जातिका लागि सहि धर्म बताउन आए उनीहरूको देहान्त पछि केही ब्यक्तिहरूले मानिसहरू देवदुत र सन्देष्ठालाई इश्वरको रुपमा पूज्नु गलत हो
तर इवश्रको नाममा प्रतिमा बनाएर पूज्नु नै महापाप हो भनेर यर्जुवेद को अध्याय ४० श्लोक ९ र कुरआन, बाइबल र बुद्ध दर्शनमा पनि भनेको छ तर आज मानव जगत सम्भूतिकै पूजा गरिरहेका छन, यसमा दोषी चाही को हुन त ?

ँ पुर्वीय दर्शनमा तीन तह छ, पहिलो मुर्ति पूजा र कर्म यसलाई अधम मानिन्छ अर्थाथ महापाप नै, दोस्रो उपहासना यसलाई मध्यम मानिन्छ र उत्तम भनेको एक इश्वर कै भक्त हुनु हो । जसलाई देख्न सकिदैन तर उ ज्ञानको दिब्य प्रकाश हो जसलाई इसाईले लाईट भन्छन, इस्लामले नूर र पूर्वीय दर्शनले त्यसलाई ज्योती भनेर प्रष्ठाएको oakley outlet छ । जुन स्वयम प्रकाश हो तर कसैले यसलाई निराकार, ब्रह्म, अल्लाह वा गड भन्छन जसको कुनै आकार वा हातखुट्टा हुँदैन । वृहदाख्य उपनिषदमा भनेको छ । स्वयम तिमी आफै भित्र ब्रहम हुँदा हुँदा अर्को इश्वर बनाएर पूज्नु गलत हो भनेको छ । यदी कसैले अन्य प्रतिमा बनाएर पूज्दछ भने त्यो गोरु, कुकुर, गाई आदि पशुतूल्य हो भनेकै छ नि ।
भागवतमा पनि भनेको छ एकादश स्कन्धको १४ को ९, १० र ११ मा र एकादश स्कन्धको ११, ३, ४४ मा पनि भनेको छ तिमी एक इश्वरको मात्र पूजा गर तर अन्यलाई पनि पूज्य बनायौ भने तिमी स्वयम दुःखको भागेदारी बन्नेछौ भनेकै छ र कुरआनले पनि भनेको छ नि त यदि म सवै पाप माफ गर्छु शिर्क अर्थाथ बहुइश्वरवादलाई माफ गर्दीन भनेर र शिर्क नै ठुलो महापाप हो भनेकै छ नी होइन । त्यसैले प्रतिमाको पूजा गर्नेहरू उल्टो बाटो हिडेका छन ।
हजुर विश्व हिन्दू महासंघ राष्टिय समितिका अध्यक्ष हुनुहुन्छ, त्यसैले तपाईले हिन्दू शब्दको सृष्टि र प्राचिन सभ्यताबारे बताई दिनुहोस न ?

ँ पौराणीक कालमा हिन्दू शब्दको अर्थ शुद्धता, पवित्रता, भक्ति, ज्ञानी वा इश्वर भय राख्ने महान विद्धानहरूलाई भनिन्थ्यो तर पछि यसलाई पनि साम्प्रदायीक बनाइ यो जस्तै मुस्लमान वा मुस्लिम भनेको जस्तै , के मुस्लमान वा मुस्लिम साम्प्रदायीक हो त ? हिन्दूको शाब्दिक अर्थ मेरुतन्त्र, शब्द सर्दुलकोष, रुद्रयामल आदि ग्रन्थहरूमा हि को अर्थ हिन ( हिनको अर्थ खोटोपन, दुर्भाग्य भएकाले यसलाई जसले त्याग्छ त्यसलाई हिन त्यज इति हिन्दू — अर्थाथ शुद्धता, पवित्रता, आत्माशुद्धि, भक्ति वा महर्षीलाई जनाउँदछ । यसरी हिन्दू शब्दको उत्पति भएर हिन्दू भएको हो यसलाई अरबि भाषामा मुस्लमान भने जस्तै हो । आज मानिसहरूले सम्प्रदायिक र संस्कृतिलाई धर्म बनाएका छन त्यसैले त्यो गलत हो र हिन्दू धर्म नभएर आत्मशुद्धि भएका महर्षीको जमातलाई चिनाउने बोधार्थ नाम मात्र हो ।

त्यसो भए हिन्दू भनेको अरेबि भाषामा इश भय राख्ने ब्यक्तिलाई मुस्लमान भने जस्तै यी ब्यक्तिलाई मुस्लमान भन्न सकिन्छ होइन ? यसो भए तपाईलाई पनि मुस्लमान भन्ने बुझ्दाँ हुन्छ त ?
ँ आजको मानवीय सभ्यतामा यो फलानो त्यो ठिस्कानो जस्तै हिन्दू, मुस्लिम, क्रिश्चियन वा बौधिष्ट भनेर गुठ बन्दी बनाउनेहरू पाखण्डी हुन । जो एक आपसमा द्धन्द गर्छन ती मुर्खहरू हुन । भाषा लिपी पो फरक हो तर शब्दको अर्थ हिन्दू मुस्लमान, क्रिश्चियन जे भने पनि अर्थ त एक नै हो नी । अनुशरण गर्नु वा पवित्र बन्नु नै हो र सतधर्मको बाटोमा सतकर्म गर्नु हो । त्यसैले म हिन्दूलाई अरबी भाषामा मुस्लमान भन्दा केही आपति छैन त्यो भाषाको अज्ञानताले मानिसहरूले एक अर्कालाई बुझ्न सकेका छैनन ।
वेदहरू, पुराण, उपनिषद आदि ग्रन्थहरूमा हजरत मुहम्मद स.अ.स. लाई विष्णुुु यास, सुमतिको छोरा, नरशंसा, अहमद, कल्की अवतार, मरुभूमिको उटको वहानमा आउँने भनेर उल्लेखित गरेको छ, तर तपाईले यस कुरालाई कसरी बुझ्नु भएको छ ?
ँ हेर्नुहोस कुनै पनि प्राणी वा सन्देष्ठाहरू इश्वरकै अंश हुन । मुहम्मद हजरत साहव पनि उहाँलाई इश्वरले नै पठाएको सन्देष्ठा हुनुहुन्छ र सन्देष्ठा चाहि कसैको साझा र पेवा अनुरुप हुदैनन । कुरआनमा पनि भनेकै छ यस धर्तिमा मैले एक लाख २४ हजार सन्देष्ठा पठाएको थिए । त्यसैले हजरत मुहम्मदलाई पनि मैले सन्देष्ठा कै रुपमा मानेको छु र वेद, पुराण, बाइबल, कुरआन र सन्देष्ठाहरू चाहि कुनै जाति बिशेषका सम्पति नभएर सम्पूर्ण मानव जाति कै साझा सम्पति हुन त्यसैले हजरत मुहम्मद साहब पनि संसारको निमित्त आउनु भएको सन्देष्ठा हुनुहुन्छ । र उहाँ जन्मिनु पूर्व नै बिभिन्न ग्रन्थहरूमा उहाँको प्रष्ठ जिकर गरेकै छ ।
तर यर्जुवेद को अध्याय ३१ श्लोक १८ मा भनेको छ की कल्की अवतार अहमद नै सम्पूर्ण मानवको लागि मोक्ष प्राप्ति को बाटो र सन्देश ल्याएर आउने छ र यदि कसैले उनको बाटोलाई अपनाउदैन भने त्यसले मृत्यु पछि मोक्ष पाउँदैन भन्छन नी ?

ँ तपाईको प्रश्न अति नै उत्तम छ । र यो पनि धुब्र सत्य हो तर तपाई यर्जुवेद, ऋग्वेद, सामवेद, अर्थवेद, पुराण, बालबल, बुध्दधर्म सवैमा सम्पूर्ण सन्देष्ठाको वर्णन गरिएको छ जसमा हजरत मुहम्मद सहाबको पनि वर्णन छ तर हरेक दर्शनले त भनेको छ नि तिमीहरू इश भय राख, ईश्वरदेखि डराउ, सांसारीक कल्याणमा लाग र सतकर्म गर आदि वाक्यहरू, सम्पूर्ण ग्रन्थ वा सन्देष्ठाले बताएको कुरा लाग र अनुशरण गर तब तिमीले मृत्युपछि मोक्ष प्राप्त गर्नेछौ भनेकै छ नि त होइन ?
तपाईको इस्लाम पद्दतिलाई कुन दृष्टिले हेर्नु भएको छ त ?

ँ मैले अध्ययन गरे अनुरुप आजको विकृतिमूलक समाजमा इस्लाम पद्दति लगाउनु अनिवार्य छ र इस्लाम पद्दतिको सारशं नै तिमी एक इश भय संग डराउ, उसको प्रार्थना गर समाजलाई विशुद्ध शिक्षित बनाउ तथा मानिसहरूलाई अनुशासन पद्दतिको अनुशरण गर्न सिकाउ र त्यागी fake oakleys अनि आत्मासन्तुष्टि नै ठुलो तिम्रो धन हुनेछ cheap jerseys । भन्ने सिकाएको छ । त्यसैले इस्लाम पद्दति राम्रो छ । अहिलेको समयमा सवै भन्दा अन्तमा आएको नयाँ इश्वरीय सैद्धान्तिक दर्शन हो जुन लेटेष्ट रहिरहन्छ भन्ने मलाई लागेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *