जहाँ पन्जा धोएर सुत्केरी गराइन्छ

बाजुरा/ बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन् । तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ । पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि тайная पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो ।
जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो । आइतबार पखालाको उपचारका लागि आएका कोटिला cheap nfl jerseys स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले बिनाउपचार फर्काइदिए । कोल्टी पुगेर एक सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो । कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन । बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन । शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन । ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरे, स्टे«चर छैन भन्छन् । सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे । कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमानको सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन् । तर, चौकीमा औषधि नै भेटिएन । बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो । उनको टाउको दुख्न केही कम भएको छ अहिले । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ । तर, उनले बजारबाटै किन्नुपरेको छ । उनी एक उदाहरण मात्र हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन । ‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स (पन्जा) cheap nfl jerseys नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०/१२ औषधि मात्र छन, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन् ।’ नेपाल सरकारले ray ban sunglasses जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन् । जिल्लाका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनु पर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो । स्वास्थ्य संस्थामा औषधिको अभावका कारण स्थानीयवासीले सामान्य औषधिसमेत औषधि पसलमा खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले तोकेको निःशुल्क औषधि अधिकांश समय स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले संस्थामा औषधि नभएपछि निजी मेडिकलमा उपचारका लागि सिफारिस गर्दै आएका छन् । बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको ६ महिना cheap nhl jerseys बितिसक्दा पनि सरकारी निकायले चासो दिएको छैन ।
बाजुरामा मात्र होइन, cheap oakley sunglasses बझाङ जिल्लाको सिमाना जोडिएको डोगडी गाविसमा रहेको स्वास्थ्य चौकीमा परिवार नियोजनका साधनबाहेक अरू कुनै औषधि छैन । ‘यहाँ सुत्केरी गराउने ग्लोभ्ससमेत छैन, पुराना फालेका ग्लोभ्स धोएर सुत्केरी गराउनुपर्ने बाध्यता छ । अन्य कुनै औषधि छैन । जिल्लामा माग्या भए पो दिनु भन्छन,’ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतले भने । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले गत चैतदेखि गाउँमा औषधि पठाएको छैन । ‘हामीले बिरामी जाँचेर मात्र के गर्ने ? औषधि हुँदैन, लाजमर्दो कुरो, हामीसँग दुई वर्ष मुनिका बालबालिकालाई झाडापखाला लाग्दा प्रयोग हुँने जिंक चक्कीसमेत छैन,’ रावत भन्छन् । वाई स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र बुढाका अनुसार जनस्वास्थ्य कार्यालयले वर्षमा एकपटक औषधि गाउँमा वितरण गर्दै आए पनि यस वर्ष त्योसमेत प्राप्त हुन सकेको छैन । सो गाविसमा फेज नेपाल नामक संस्थाले सहयोग गरेका कारण औषधिमा भने समस्या छैन । तर, अन्य गाविसमा भने औषधि अभाव विकराल बन्दै गएको छ । —राजधानी दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *