जीवन–शरीर र संसारकै लागि सार्थक हुने चैतन्यको ज्योती जगाउन सकिन्छ ः पथिक वावा

जीवन–शरीर र संसारकै लागि सार्थक हुने चैतन्यको ज्योती जगाउन सकिन्छ ः पथिक वावा

पथिक वावासंगको वार्तालाप
(साधकहरुले फरक फरक समयमा सोधेका प्रश्नहरुका जवाफको सारांश)
प्रश्नकर्ताहरु ः स्वामी सतनाम, स्वामी धर्मदास, स्वामी सून्दरदास, स्वामी ज्ञान प्रकाश, माँ भामती, माँ निमिषा, माँ आनन्दो, स्वामी सी.पी.
१. योग विषयमा

मनुष्यलाई योग विद्याको किन आवश्यकता छ ?
उत्तर ः योग अर्थात् उद्गममा विलय । योग संबन्धमा महर्षि व्यास  भन्नुहुन्छ ः

योगेन योगोज्ञातव्य योगो योगाप्रवर्तते ।
योप्रमसस्तु योगेन स योगो रमते चिरम् ।

शारिरीक, मानसिक तथा आत्मिक स्वास्थ्य आर्जन गरी आफ्नो स्वभाव शासिल गर्नका लागि योग नै उत्तम हो । मनुष्य आफ्नो न्यूनतम प्राकृतिक उर्जा–गतिमा चलिरहेछ । त्यसमा पनि उसको जवानी र वयस्क उमेरको उर्जा अधोगमनमा नै लागेकाले मनुष्यले प्राप्त शरीर द्धारा हुन सक्ने उच्च कार्यबाट बन्चित छ । मनुष्यको यसै अवस्थालाई ध्यानमा राखेर ऋषिहरुले आसन तथा प्राणायामको अविष्कार गरे । यसमा सर्वप्रथमत शरीरको श्वसन, रक्त संचालन, पाचन, मल बिर्सजन, प्रजनन, स्वास्थ आर्जन वा आयुवृद्धि आदि विषयमा ध्यान पु¥याइएको छ । यस भन्दा माथि जीवनलाई गति दिन शरीरको विद्युत चुम्बकीय उर्जालाई उर्धगति प्रदान गरी चेतनाको विकास गर्न मिहीनेत गरिएको छ । वा यिनबाट मेरुदण्डमा लुकेको जीवनउर्जा र पेटमा लुकेको प्राणउर्जालाई चक्रिय ढांचाबाट सक्रिय पार्न, जगाउन तान्न अनेक वैज्ञानिक प्रयास भएको छ ।
योगको मान्यता छ कि मानव शरीरको विद्युतीय उत्पादनको गतिविधिलाई कामवासना प्रणाली मार्फत अधोगतिमा बगिरहेको उर्जालाई नदीको पानी मार्फत बिजुली भट्टबाट बिजुली उत्पादन गरे जस्तै जीवन–शरीर र संसारकै लागि सार्थक हुने चैतन्यको ज्योती जगाउन सकिन्छ ।
स्वयं अनुभक्ता र योगीहरुको अनुभव छ कि यसरी मनुष्यले एकातिर भगवत्ताको शिखर छुन सक्दछ जो उसको 정부지원햇살론 जीवनको अन्तिम संभावना हो र मुक्तभई सय बर्ष भन्दा माथि आयु वरण गर्न सक्दछ । यसैले योग विद्या विज्ञान र कला दुबै रुपमा प्रमाणित भएको छ ।

व्यासजीकै कथनबाट हामीले बुझ्दछौं कि ः

‘योग नै योगको गुरु हो । योगलाई सद्गुरुको माध्यमबाट बुझ्न सकिन्छ । योग अनुभव विज्ञान हो । अतःयोगको अनुभूतिको लागि, योगका माध्यमबाट योगलाई बुझ्नु र त्यसैभित्र बाँच्नु आवश्यक छ । त्यो साधक जसले अष्ट रिपु (काम, क्रोध, लोभ, मोह, इष्र्या, द्धैष, भय, अहंकार) माथि विजय प्राप्त गरेको छ र सवै प्रकारका इच्छा प्रलोभनबाट मुक्त छ केवल त्यसैले योगलाई योगबाट हाँसिल गर्न सक्दछ ।’ यसरी अनुभोक्ताहरुले योगको परिभाषा गर्दछन् । अनुभबकै आधारमा योगलाई मनुष्यको अखण्ड जागरण तथा आत्मामा परमात्माको विलय (अद्धैत अवस्था) भनिएको छ ।

प्रज्ञा तथा विवेक भनेका के हुन् ?

प्रज्ञा र विवेक जगाउन गुरु संगत र संवेदनशीलता आवश्यक छ । आत्म अनुभवमा जान चाहने हर कसैका लागि प्रज्ञा ९ग्लमभचकतबलमष्लन ७ धष्कमयm० को hockey jerseys ठूलो महत्व छ । प्रज्ञा छैन भने जति मेहनेत गरे पनि चेतनाको उच्चतामा पुग्न सकिदैन । सत, रज, तम यी प्रकृतिगत त्रिगुणाबाट माथि उठ्ने विद्या मोह क्षय अर्थात आत्मामुक्त अवस्थामा सार्थक गर्नु, निरर्थकलाई छोड्नु अर्थात त्याग्न योग्य त्याग्नु, ग्रहण नलाग्नु नाशवानलाई नित्यका रुपमा नबुझ्नु सदा परम तत्वतिर यात्रा गर्नु र परमतत्व जान्नु रिपुमुक्तिको अवस्था, कामना र क्रोत्रको अग्निले जलाउन नसकुन् ।

योगले यम, नियम, प्रत्याहारलाई किन महत्व दिन्छ ?

यम – नियम ः

इन्द्रिय तथा मानसिक अनुसाशनको प्राप्तिका उपाय हुन् ।
साधकका कर्मेन्द्रिय (हात, खुट्टा, मुख, मन, बुद्धि) तथा ज्ञानेन्द्रिय (नाक, कान, आँखा, जिभ्रो, हृदय) का सम्वेदन उर्जालाई सही दिशा प्रदान गर्नका निमित्त योग विद्याले अपूर्व व्यवस्था दिएको छ, जसलाई यम नियम भनेर नामाकरण गरिन्छ ।

यम अन्तर्गत निम्न कुराहरु पर्दछन् ः

हिंसा नगर्नु, चोरी नगर्नु, संग्रह नगर्नु, सत्य व्यवहार गर्नु, सत्य बोल्नु, ब्रहम जान्नु र ब्रहमचार्य पालन गर्नु ।

नियम अन्तर्गत निम्न कुराहरु पर्दछन् ः

शारिरीक तथा मानसिक स्वच्छता, सन्तोष तथा तुष्टि तपस्या, स्वाध्याय (शास्त्र तथा स्वयंका घटनाहरु माथि अध्ययन) ब्रहम अर्थात सद्गुरु प्रति सर्मपण ।

प्रत्याहार शान्त, दूराग्रह मुक्त अवस्थाको प्राप्ति ? अन्त प्रवेशको विज्ञान हो ः

जब यम नियमद्धारा शारिरीक एवं मानसिक उर्जा–क्षमतामा स्वामित्व प्राप्त हुन्छ तब ज्ञानेन्द्रीय क्षमतामाथि पनि स्वामित्व प्राप्त गर्नु साधकको कर्तब्य हुन्छ । प्रत्याहार साधनाका क्रममा ज्ञानेन्द्रियहरुको रस भित्र र्फकन्छ । बाह्य विषय वस्तु (धन, पद, प्रतिष्ठा, कामना, वासना) मा गमन–रमण गर्ने इन्द्रीयहरु आत्मज्ञानका लागि प्यासा हुन थाल्दछन् । यिनले विषय वासनाबाट आनन्द मिल्दैन भन्ने कुरा बुझेर आनन्दको लागि आध्यात्मिक बाटो समात्दछन् । प्रत्याहारबाट पहिले त मन, बुद्धि, अहंकार र अन्तकरण शुद्ध हुन्छ । पश्चात ज्ञान अर्विभावको बाटो खुल्छ । अतः यी तीन आयामलाई जीवनको सम्यक ज्ञान तथा पूर्ण चैतन्यको बाटो खोल्ने उपाय भन्न सकिन्छ ।
अनुभवी योगीहरुको भनाईमा म अनुभवजन्य रुपले सहमत छु कि ः ‘प्रत्याहारद्धारा इन्द्रीयहरु भित्रतिर र्फकन्छन् जहाँ आत्माको अनुभूति हुन्छ । कर्मेन्द्रिय र ज्ञानेन्द्रीयहरु विषय बास्ना–ईच्छा आकांक्षालाई छोडेर आत्माको खोजीतिर cheap jerseys from china नै निर्दिष्ट हुन्छन् । योग यात्रामा प्रत्येक साधकले अनुभव गर्दछ कि प्रत्याहारद्धारा मनले आफ्ना पूराना कार्य र चित्तबृतिहरु छोडिदिन्छ । इन्द्रियहरुले पूराना कार्यमा रुची लिदैनन्, साधक भित्र खिचिदै जान्छ । जब विषय cheap oakleys वासनाले भोजन पाउँदैनन् तब चेतनाले भोजन पाउन शुरु गर्दछ र जागृतितिर लाग्दछ ।’

आसन, प्राणायाम ? धारणा–ध्यानको महत्व विषयमा केहि भनिदिनोस् ।

आसनहरु शारिरीक क्रिया प्रतिक्रृयासित सम्बन्धित हुने हुँदा शारिरीक रुपमा स्वास्थ्य आर्जन त हुन्छ नै लयपूर्वक विज्ञानका आधारमा श्वास–प्रश्वास प्रकृयासहित गरिने हुँदा इन्द्रीय, मन, बुद्धि आदिमा पनि परिवर्तन आउँछ । यसरी योगासन सिक्ने cheap ray bans एक सामान्य ब्यक्ति लामो र चेतनाका दुर्बल पक्षहरु समेत सवल तथा प्रबुद्ध अवस्थामा रुपान्तरीत हुँदै जान्छन । फलस्वरुप खराब बानी ब्यहोरा दुव्र्यसन, क्रोध, आलस्य आदिबाट मुक्त हुने र चेतनातिर उन्मुख हुने मौका मिल्दछ ।

प्राणायाम

प्रणायामद्धारा इडा पिंगला तथा सुषुम्ना नाडीमा प्राण शक्ति प्रवाहित हुने हुदाँ प्राणायाम नाडी तन्त्रमा सन्तुलन स्थापित गर्दछ । शरीर, मन, बुद्धि र चित्तका मलिन अवस्थाहरुमा स्वच्छता प्रदान गर्दछन् । प्राणायामद्धारा गर्मी सर्दी आदि स्थितिबाट शरीरको रक्षा गर्न सकिन्छ । ध्यानमा प्रवेश गर्नमा पनि प्राणायामको गहिरो भूमिका रहन्छ ।

मुद्रा–बन्ध

मुद्रा र बन्ध त अझ अदभूत छन् । यिनको मूल उपलब्धि हो ः शरीरमा शुद्धता तथा दृढता, बुद्धिमा स्थिरता तथा शीलता शालीन र चैतन्यको आत्मातिर उत्थान । अतः अष्टयोगका यी आयाम क्रियात्मक, सृजनात्मक, मानसिक, बौद्धिक एवं आध्यात्मिक रुपले नै उपयोगी छन् ।
यसरी अनूभव व्यक्त गर्न सकिन्छ कि यस नियमको अभ्यासबाट भावनात्मक चैतन्य विकसित हुन्छ । आसनले शरीरलाई रोगमुक्त राख्दछन् । प्राणायामले जीवन उर्जालाई सन्तुलित बनाउनुका साथै उर्धगति प्रदान गर्दछन् । प्रत्याहारले कर्मेन्द्रीयलाई सशक्त र ज्ञानेन्द्रियलाई अनाशक्त पार्दछ । ऋषि पतञ्जलिको स्पष्ट उत्तर छ ः यमबाट मानवियता, नियमबाट शुद्धता, आसनबाट निरोगिता, प्राणायामबाट प्राण शक्तिको विकास र सन्तुलन तथा प्रत्याहारबाट इन्द्रीय अन्तरगमन भई साधकको बहिरंग साधना पूरा हुन्छ र उसलाई अन्तरंग साधनामा प्रवेश गर्न सजिलो हुन्छ ।
धारणा तथा ध्यान

धारणाको अध्यात्मिक जगतमा बहुआयामिक अर्थ छ । अष्टांग योग अनुसार कुनै विषय वस्तुमा केन्द्रिकृत रुपले ध्यान लगाउनु, कुनै एक विषय वस्तुमा एकाग्रता कायम गर्नु । यसको उद्देश्य हो । मनको उहापोह माथि विजय, आज्ञा चक्र उत्खनन् तथा त्राटक सिद्धि । धारणा र ध्यानद्धारा मनुष्यसत्ताको बीज आत्मालाई पहिचान गर्न सजिलो पर्दछ ।
धारणाको परिपाक पश्चात ध्यानमा सुतमता प्राप्त गर्न सकिन्छ । जब चेतनामा साक्षीको अभ्युदय हुन्छ तब ध्यान प्रखर हुन्छ । ध्यान द्धारा ब्यक्तिको दोहोरो सजगता कायम हुन्छ, आत्म निरीक्षणको शक्ति बढ्दछ र मनमा सबै चन्चलता माथि चेतनाले लगाम कस्दछ । ध्यानको परिपाकपश्चात ब्यक्ति माहुने द्धारा संचालित हात्ती अथवा सवारद्धारा तालिम प्राप्त घोडा जस्तो हुन्छ । अर्थात चेतनाले डोर्याएको बाटोमा हिड्न मन राजी हुन्छ ।

ध्यान विषयमा सम्झाउदै ओशो भन्नुहुन्छ ः

जहाँभी तूम हो, स्वयं का स्मरण करो । जो तुम हो, यह चेतना कि तूम हो ( अविरल रुपसे बनी रहे । तूम्हारा नाम नहीं, जाति या राष्टियता नहीं( ये व्यर्थ की चिजे है, एकदम बेकार । बस स्मरण यही रखना है कि (मै हूं) ।
यह कभी नहीं भूलना चाहिये । यह वही है जिसे हिन्दू लोग आत्म(स्मरण कहते हैं । जिसे बुद्ध सम्यक जागरण कहेता है, जिसे गूर्जियेफ आत्म स्मृति ९ क्भाि च्झझदभचष्लन० कहता है और कृष्णमूर्ति जिसे क्भाि ब्धबचभलभकक या होश कहते है । ध्यानका सवसे सारतत्व भाग यही याद राखने का है कि (मै हूं) ।
२. समाधि तथा सिद्धि

समाधि भनेको के हो ?

निचोडमा भन्ने हो भने समाधि सम्पूर्ण समस्याहरुको समाधान हो । धारणाको विषय वा वस्तुले ध्यानद्धारा तल्लीनता प्राप्त गरी जब परमतत्वमा समाहित हुन्छ, तब ध्याता आत्माको परम संगीतमा विलिन हुन पुग्छ । शरीर, मन, बिचार, बुद्धि आदि सवै अदृश्य हुन पुग्छन र एक अहंकार शून्य अवस्था उपस्थित हुन्छ, अस्मिता पनि देखा पर्दैन । यस्तो अवस्थाको योगीको योग साधना समाधिमा परिणत हुन पुग्छ ।
समाधि पश्चात अहं र ब्यक्तित्व माथि प्रत्यक्ष असर पर्दछ । पहिलो पटकको समाधिको घटना पश्चात नै साधकमा प्रज्ञा, विवेक र अन्तरदृष्टिको उदय हुन्छ । स्वभावमा शील र विनम्रता देखापर्छ । आध्यात्मिक बोध र दृढताले प्रखरता लिन थाल्छन । जीवन व्यवहारमा प्राकृतिक रुपले संयम स्थापित हुन्छ । यस प्रकारबाट ४, ५ समाधि लागेमा साधकको कुण्डलिनी जागृत हुन्छ । विना समाधि कुण्डलिनी उर्जा सहश्रारसम्म पुग्न सक्दैन । त्यसपछि प्रत्यक्ष आत्म दर्शन, या आत्मानुभव हुन्छ । आत्मानूभावको श्रृखला बिस्तारै आत्मज्ञान वा ब्रहमज्ञानमा समाधिद्धारा नै अनूभुत हुन्छ । आत्माज्ञान र ब्रहमज्ञानको अर्थ हो ईश्वरतत्वको प्रकटीकरण र पश्चातः आत्मातत्वको ईश्वरतत्वमा विलय । ईश्वरतत्वको अर्थ हो सर्वव्यापी आत्मा । व्यष्टि आत्माको सर्वव्यापी आत्मामा विलयका लागि प्रथमत व्यष्टि आत्माको ज्ञान आवश्यक छ । यो कार्य कुनै इश्वरतत्वको ज्ञानी सदगुरुबाट मात्रै सम्भव छ । सदगुरुले नाद, नूर रुपमा ईश्वरको परिचय गराउँछ तत्पश्चात साधक त्यहाँ घुस्दछ । पतञ्जलीले (ईशःप्राणीधान) मा भन्नुहुन्छ ः ईश्वरलाई कसरी जान्ने ? पतञ्जली भन्नुहुन्छ ः

तस्य वाचकःप्रणव ।
सदगुरुबाट प्राप्त पवित्र ओम … को ध्यान ।

यस ओम (प्रणव) ध्यानलाई बाहिर ओम शब्द उच्चारण नादमा ध्यान गरेर मात्र प्राप्त गर्न सकिदैन । ओम प्रणव परमात्मा कै आवाज हो जो सदा ब्रहमाण्डको कण कणमा ध्वनितरंगका रुपमा स्पन्दित छ, गुन्जायमान छ । यसलाई सदगुरु मार्फत सत्शिष्यले मात्रै प्राप्त गर्न सक्दछ । प्राप्त गरेको यस प्रवणलाई श्रद्धा र ध्यानपूर्वक नियमित श्रवण साधना गरेमा सुषुम्ना जागृत हुने र साधकले योगको उचचतम अवस्था प्राप्त गर्ने हुदाँ ज्ञानीहरुले समेत यसलाई ईश्वरका रुपमा आफ्नै हृदयको अन्तरगुहाबाट श्रवण गर्दछन् । (ओमकार विन्दु संयुक्तं नित्यं ध्यायन्ति योगिनः) अज्ञानीहरुले बाहिरी शब्दबाट, ओठ र कण्ठबाट उच्चारण गर्दै जप गर्दछन । यस वाह्य जपबाट ईश्वरको गुहय ज्ञान कहिल्यै प्राप्त गर्न सकिदैन ।
जान्नेहरुले यस प्रवणलाई ओम कार, अनाहतनाद, हरिनाम, रामनाम, अल्ला हू, आमिन, शब्द, ब्रहम, ईश्वर आदि अनेक नाम दिएका छन् । रोगी, जडबूद्धि, शंकालु, व्यसनी, अभानी, दिगभ्रान्त, अभावग्रस्त, कामी, क्रोधी, द्धेषी, अहंकारी र गुरुप्रति र प्रणवप्रति सन्देह गर्नेहरुले जपेको (सूमिरन गरेको)  अनाहतनादले गलत दिशा समात्दछ र निजहरुको आध्यात्मिक जीवनमा हानी गर्दछ । दुःख, पीडा, शोक, कष्ट, सन्ताप, क्ष्योभ, तनावका अवस्थामा पनि अनाहतनादको सहि सुमिरन हुन सक्दैन । यी सब विध्न वाधाहरु हटाउनका लागि नै यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यानको व्यवस्था गरिएको हो । केहि नक्कली साधकहरुले सीधै ओम कार सुनेर स्वयंलाई विध्नमा फसाएका धेरै उदाहरण छन् । ऋषि पतञ्जलीले समाधि पादमा यस संबन्धि (१ देखि ४० सम्म) चालिस सूत्र प्रतिपादन गर्नु भएको छ । jordan sale यिनलाई हरेक साधकले अध्ययन गर्नु र बुझ्नु आवश्यक छ ।
…… क्रमश ः ……….

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *