टिमुर सेवनका फाईदा

काठमाडौं-आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।

टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *