टेलिकममा दलालीको नयाँ स्वरुप

टेलिकममा दलालीको नयाँ स्वरुप

काठमाडौं । नवदलालको रुपमा अख्तियारको नाम बेचेर बजारमा आफ्नो प्रभुत्व जमाउन उद्यत् डा.डी आर. उपाध्याय उर्फ धर्मराज खनालले बुनेको नयाँ जालो उजागर भएको छ । चामलमा ढुंगा, रक्सीमा पानी र नक्कली सुर्तीको धन्दाबाट अकुत सम्पत्ति आर्जन गरेका डा.डी.आर को लालचा दिनानु दिन बढ्दो क्रममा छ । अब उनको आँखा नेपालकै दोस्रो ठूलो सर्वाधिक खरिद हुने संस्थान नेपाल टेलिकममाथि परेको छ । फर्जी कागजातको आधारमा अख्तियार प्रमुखको रवाफ मिसाएर टेन्डर हात पार्न पल्केका यिनले पचासौं करोडको काम गरिसकेका छन् । स्पेक कमिटी तथा टेन्डर इभ्यालुएसन कमिटीमा आफ्ना मानिस राख्न यिनले अख्तियार प्रमुखको प्रभाव प्रयोग गर्ने गरेको खुलासा पहिले नै भइसकेको छ । ना.प्र.नि.हरु अरुण पुरी, रवीन्द्र झा, देवनारायण यादव र प्रबन्धक सुनील पोखरेललाई पटक पटक अख्तियार प्रमुखको निवासमै लगेर प्रभावित पार्ने गरेको दाबी उनी आफैंले आफ्ना निकटहरुसँग गर्ने गरेका छन् ।

टेलिकमको भित्री कथा

गत वर्ष नेपाल टेलिकमले खुला प्रतिष्पर्धाबाट टेलिकम प्रमुख नियुक्त गर्ने प्रक्रिया सुरु हुने बित्तिकै यिनको आँखा टेलिकमभित्र हुने वार्षिक बीसौं अर्बको व्यापारमा परेको हो । प्रवन्ध निर्देशक आफ्नो खल्तीको मानिस बनाएमा सिंगो टेलिकमको आधाभन्दा बढी व्यापारमा आफ्नो वर्चस्व स्थापित गर्न सकिने सपना यिनले देखेका हुन् । सोही क्रममा सुनील पोखरेल र रवीन्द्र झालाई बोकेर विभिन्न शक्ति केन्द्रहरुमा धाउन थाले । रवीन्द्र झालाई पहिलो चरणमा नै सिफारिस समितिले अयोग्य बनाइदियो भने सुनील पोखरेल अन्तिम तीन जनामा परे पनि क्याबिनेटले पहिलो महिला प्रवन्ध निर्देशकको रुपमा कामिनी राजभण्डारीलाई स्थापित गर्ने निर्णय ग¥यो । यसरी करोडौं बोकर शक्ति केन्द्र धाउँदा पनि आफ्ना मोहोराहरु एकपछि अर्को गर्दै ढल्दैगए । आर्थिक मामिलामा स्वच्छ छवि बनाएकी कामिनी प्रवन्ध निर्देशक भएपछि टेलिकमभित्र अर्बौंको व्यापार गर्ने यिनको सपना तुहिने निश्चित्प्रायः भयो । अनि यिनैले सु्नील पोखरेल रवीन्द्र झसँगको मिलेमतोमा नयाँ षडयन्त्रको योजना बुन्न थाले । दीप बस्न्यात राजस्व अनुसन्धानमा प्रमुख हुँदा विभिन्न व्यवसायिक घरानासँग दलाली गरेका अनुभवी डा.डि.आर उनैको सहयोगमा कुनैपनि झठा मुद्दामा कामिनीलाई पदच्युत गरेर सुनील पोखरेललाई पदासीन गराउने खेलको रचना र कार्यान्वयनमा सक्रिय भए । अख्तियारमा विभिन्न बेनामी उजुरी हाले तापनि प्रमाण बिनाको उजुरीमा अख्तियार मौन बसेको छ । यिनको आर्थिक प्रलोभन र शक्तिको प्रभावबाट केही टेन्डरहरु हातपार्न देवनारायण यादव,रवीन्द्र झा, सुनील पोखरेल, अरुण पुरीहरुलाई प्रयोग गरेको कुरा टेलिकमका कर्मचारीहरु पनि स्वीकार्ने गर्दछन् ।
– साभार ताजा खबर साप्ताहिक ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *