तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदै

काठमाडौं/ तिहारको तेस्रो दिन कात्तिक कृष्ण औँसीका दिन आज गाईलाई Cheap NFL Jerseys China लक्ष्मीको प्रतीकका रुपमा पूजा गरिदैंछ भने आजकै दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ cheap nfl jerseys । यसै दिन गाईलाई लक्ष्मी मानेर गाईपूजा गर्ने र जनैपूर्णिमाका दिन हातमा बाँधिएको डोरोलाई गाईको पुच्छरमा बाँधे मृत्युपछि बैतरणी तर्ने मनोकांक्षा राखिन्छ ।
आजका दिन घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोमा चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाउने गरिन्छ ray bans sale । भगवान रामचन्द्रले लोककल्याणको भावनाले रावणसहित असुरहरूको नाश गरेपछि कात्तिक कृष्ण औंसीका दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने wholesale jerseys चलन चलेको किंवदन्ती पनि छ । आज साँझ दीपावली गरिसकेपछि आफ्नो धन 정부지원햇살론 कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिन्छ । ‘जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ । लगनखेलको महालक्ष्मी स्थान, धर्मपथमा रहेको लक्ष्मी मन्दिर, तनहुँको बन्दीपुरमा रहेको महालक्ष्मी र भक्तपुरको पाँचतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मीमा मेला लाग्छ । महाशिवरात्रि, कृष्णजन्माष्टमीको मोहरात्रि, बडा दसैँको कालरात्रि र लक्ष्मीपूजाको सुखरात्रि गरी यी चार रात्रिको निकै महिमा छ । यसै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन परेकाले cheap nfl jerseys यो दिन स्वदेश तथा विदेशमा लक्ष्मीजयन्ती पनि मनाइन्छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *