तीते करेला खानूका फाईदा

काठमाडौ – जेष्ठ २७, २०७४- तीते करेलाको नाम सुन्नेबित्तिकै धेरैजसोको आङ सिरिङ हुने गर्छ । नाममै ‘तीते’ भएको जिनिस कसरी मीठो होला भन्ने लाग्छ  धेरैलाई

तर, तीते करेलाको तीतोपनतिर नजानुस् ।

यसका गुण यति धेरै छन्, तीतोपन गौण हुन्छ ।

तीते करेला यही मौसममा हुन्छ । यो हरेक घरमा उपयोग गरिने तरकारी हो । यो विशुद्ध तरकारी मात्र नभई अत्यन्त राम्रो औषधिसमेत हो । यसमा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबरसमेत पाइन्छ ।

तीते करेलाले कफको समस्या भगाउँछ । यसको नियमित सेवनले कब्जियत हट्छ, खाना सजिलै पच्छ र भोक मज्जाले लाग्छ । पेटसम्बन्धी रोग निको पार्न यसलाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ ।

करेलालाई रक्तशोधक औषधिसमेत मानिन्छ । मधुमेहका रोगीले यसको रस निकालेर वा तरकारी/अचार बनाएर खाँदा निकै राम्रो हुन्छ ।

करेलाको ‘एक्सट्रेक्ट’ लाई करेटिन भनिन्छ । नेदरल्यान्डमा भएको एउटा अध्ययनमा करेटिनलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ ।

करेलाको बीउमा इन्सुलिन जस्तो पेप्टाइड पाइन्छ ।

आयुर्वेदले यसलाई पक्षाघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरीजस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ ।

http://kantipur.ekantipur.com/news/2017-06-10/20170610085839.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *