दृष्टिविहीनको भूमिका निर्वाह पश्चात ऋतिकको आँखादान गर्ने निर्णय

केही दिनअघि मात्र रिलिज भएको फिल्म ‘काबिल’मा अभिनेता ऋतिक रोशनले दृष्टिविहीन व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यो फिल्म गरेपछि ऋतिकले बारम्बार आफू दृष्टिविहिन व्यक्तिप्रति भावुक भएको बताउँदै आएका पनि छन् । यही कारण हुनुपर्छ, फिल्म आएपछि नै ऋतिकले आँखादान गर्ने निर्णय गरेका छन् । भारतीय मिडियाका अनुसार ऋतिकले यो निर्णय सार्वजनिकचाहिँ गरेका छैनन् ।

भनिएको छ, ऋतिकले यो निर्णय आफ्नो ४३औँ जन्मदिनमा लिएका हुन् । त्यसो त मुम्बईको एक  अस्पतालले काबिलको ट्रेलर सार्वजनिक भएपछि ऋतिकलाई नै आँखादान गर्नका लागि फोन गरेको थियो । उता, ऋतिकको यो निर्णयको किन प्रशंसा गरिएको छ भने उनले यसलाई फिल्म ‘प्रमोसन’मा चाहिँ प्रयोग गरेनन्

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *