देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा (फोरजी) पुर्‍याउन निर्देशन

दुईतीन महिना भित्रमै आईफोनमा फोरजी सेवा दिने तयारी

काठमाडौः संसद्को विकास समितिले एक वर्षभित्र देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा (फोरजी) पुर्‍याउन निर्देशन दिएको छ । समितिले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर priser आधुनिक प्रविधिको विस्तारित मोबाइल इन्टरनेट फोरजी सेवा दिन नेपाल टेलिकमलाई निर्देशन दिएको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीका अनुसार टेलिकमले दूरसञ्चार प्राधिकरणबाट सेवाका लागि स्वीकृति दिएको एक वर्षभित्र देशैभर सेवा विस्तार गर्न निर्देशन भएको बताए । विकास समितिको यस्तो निर्देशनले टेलिकमलाई आगामी असोज १५ भित्रै देशैभर पोस्टपेड मोबाइलमा फोरजी सेवा दिनुपर्ने दबाब परेको छ । प्राधिकरणले टेलिकमलाई गत असोज १६ मा फोरजी चलाउन स्वीकृति दिएको थियो ।

टेलिकमले भने यही पुस १७ गतेबाट मात्रै फोरजीको औपचारिक सेवा दिएको हो । अहिले टेलिकमले दिएको फोरजी ४१ हजारले सेवा लिइसकेको टेलिकमकी प्रबन्ध निर्देशक ray ban sunglasses कामिनी राजभण्डारीले जानकारी दिइन् fake oakleysCheap china Jerseys टेलिकामको फोरजी प्रीपेड सिम र आईफोनमा चल्दैन ।

टेलिकमले आगामी एक दुईतीन महिना भित्रमै आईफोनमा फोरजी सेवा दिने तयारी गरिरहेको उनले बताइन् । टेलिकमले आगामी माघ २२ गतेबाट प्रिपेडमा पनि फोरजी सेवा दिने तयारी गरिरहेको छ । टेलिकमको वार्षिकोत्सवका अवसर पारेर प्रिपेड सिमकार्ड प्रयोगकर्तालाई पनि फोरजी सेवा प्रदानको तयारी भइरहेको राजभण्डारीले जानकारी दिइन् ।

विकास समितिको यस्तो निर्देशनले टेलिकमलाई आगामी असोज १५ भित्रै देशैभर पोस्टपेड मोबाइलमा फोरजी सेवा दिनुपर्ने दबाब परेको छ ।

विकास समितिले प्रविधिलाई स्तरोन्नति गर्ने क्रममा टेलिकमले उपभोक्ताको ठूलो हिस्सालाई बेवास्था गरेकाले पनि छिटो फोरजी सेवा दिन निर्देशन गरको हो । फोरजी सेवाको पर्खाइमा रहेका र चासो रोख्ने ग्राहकलाई सम्बोधन गर्दै नौ सय वा १८ सय को ब्यान्डविथ फ्रिक्वेन्सीमा भए पनि स्वीकृत प्राप्त मितिले एक वर्ष भित्र फोरजी दिन निर्देशन दिएको छ । टेलिकमलाई विकास समितिले आगामी २०७४ को असोज मसान्त सम्ममा देश भरिनै यो सेवा विस्तार गरिसक्न निर्देशन दिएको छ ।

टेलिकमका भ्वाइस र इन्टरनेट Cheap NFL Jerseys China सेवा न्यूनतम शुल्कमा गुणस्तरीय हुनुपर्ने, सेवा र प्रविधिको स्तरोन्नति गर्दा आफ्ना अधिकांश उपभोक्ता लाभान्वित हुने गरी गर्न पनि निर्देशन दिएको छ । टेलिकमको सेवा विस्तारमा सहजीकरण गर्न समितिल नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएको छ ।

गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने

विकास समितिको बुधबारको बैंठकमा अधिकांश सांसदले टेलिकमको सेवा गुणस्तरीय, भरपर्दो र तुलनात्मक रूपमा सस्तो हुनुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रले घरघरमै सेवा पुर्‍याउन जान थालेका छन् । टेलिकम भने सेवा लिन जाँदा पनि स्तरीयता प्रदान गर्न नसक्ने अवस्थामा रहेको सांसद शान्ता मानवीले बताइन् ।

समितिमा बोल्ने अधिकांश सांसदले टेलिकाको सेवाको गुणस्तरमा नै प्रश्न उठाएका थिए । टेलिकमको सेवा प्रयोग गर्दा ग्राहकले फोन नलाग्ने, आवाज स्पष्ट नहुने, इन्टरनेटको गति ढिलो हुने, रिचार्ज नहुनेलगायतका गुनासो गरेका छन् ।

यस्ता समस्या समाधान गर्न र एक महिना भित्रै गुणस्तर सुधार गर्न पनि समितिले निर्देशन दिएको छ । ग्राहकको गुनासो सम्बोधन गर्न नसक्ने सेवा प्रदायबाट उचित क्षतिपूर्ति दिने व्यवस्था गर्न समितिले नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिमा दूरसञ्चार प्राधिरकणका अध्यक्ष दिगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको पैसा खर्च गरेर देशैभर दू्रतगतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवा दिन लागिएको बताए । उनका अनुसार हाल मध्यपहाडी लोकमार्गलाई cheap oakleys मुख्य आधार बनाएर सेवा विस्तार सुरु भैसकेको जानकारी दिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *