नेपालको इन्टरनेटमा भारतको एकाधिकार तोडियो

काठमाडौं/ नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा 앞에 आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिएको हो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड(सिटिजी)बीच र सुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुलमार्गमा जोड्न सम्झौता भएको हो । सम्झौताअनुसार चाइना टेलिकमले चीन हुँदै custom jerseys विश्वबजारको स्थल दूरसञ्चार नेटवर्कमा जोडिन नेपाल टेलिकमलाई आइपी सर्भिस उपलब्ध गराउनेछ ।
हालसम्म भारतको बाटो भएर मात्रै इन्टरनेट
विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम रहेका छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय अबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ ।
चीनसँग भएको उक्त सम्झौतासँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिन सक्ने नेपाल टेलिकमकी प्रवक्ता Cheap Jerseys प्रतिभा वैद्यले बताइन् । ‘यसअघि भारतीय मार्गमा मात्रै सीमित इन्टरनेट आबद्धता अब चिनियाँमार्गबाट समेत सम्भव भएको छ,’ उनले भनिन, ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच भएको सम्झौता मुलुककै लागि महत्वपूर्ण रहेको छ ।’
यसरी भयो सम्झौता
संसदीय समिति तथा नेपाल सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएका थिए । सोहीअनुसार करिब चार महिनाअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल Wholesale NFL Jerseys अप्टिकल फाइबरमार्फत जोडिएका थिए । fake oakleys तर, आइपी सर्भिस आदानप्रदानका लागि औपचारिक सम्झौता भने हुन सकेको थिएन ।
हङकङमा मंगलबार भएको उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबलका कार्यकारी उपाध्यक्ष ओउ यानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले चाइना टेलिकमबाट भरपर्दो सेवाको अपेक्षा गर्दै सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबका रूपमा स्थापित गर्न सकिने बताए ।
के भन्छ चीन ?
चीनले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । टेलिकमसँगको सम्झौताका अवसरमा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग
यसअघि भारतबाट मात्रै जोडिएको नेपाली दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थलगत आबद्धता चीनबाट समेत जोडिएको हो । चीनसँग स्थलमार्ग हुँदै दूरसञ्चार सञ्जाल जोडिएपछि अब सो क्षेत्रबाट पनि अन्य देशका सेवाप्रदायकसँग जोडिन सहज हुने कम्पनीले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक ‘अन्तर्राष्ट्रिय आबद्धता’का लागि यो महत्वपूर्ण विकल्प भएको वैद्यले बताइन् ।
सेवाग्राहीलाई के फाइदा हुन्छ ?
चीन हुँदै जोडिएको दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धता तुलनात्मक रूपमा स्तरीय र सस्तो हुन सक्छ । अहिले नेपालको नेटवर्क भारतको चेन्नई, सिंगापुर हुँदै समुद्रीमार्गबाट अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको छ । यो दूरीका हिसाबले अत्यन्तै लामो छ । चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङमा जोडिन्छ Fake Oakleys । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् । —नयाँपत्रिकाबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *