नेपालको सीमा नक्सा बनाउन कहिलेदेखि सुरु गरियो

बुद्धिनारायण श्रेष्ठको ‘नेपालको सिमाना’ नामक किताबबाट

क्रमशको बाँकी …
यसबाहेक नेपाल बाउण्डरी सर्भे नामक नक्साहरु तीन सिरिजका तीन अवधिमा सीमारेखा तथा सीमास्तम्भ देखाई बनाइएको पाइन्छ । यी नक्साहरुमध्येमा कुनै सिरिजमा दशगजा क्षेत्र अंकित गरिएको देखिन्छ । तीन सिरिजका नक्साहरुमध्ये सन् १८७४–७५ मा ४ इन्च बराबर १ माइलको स्केलमा (फारसीलिपिमा जिल्ला मोरंग मुलुक नेपाल) मेची (भद्रपुर) देखि कोशीसम्म १४ सिट नक्सा तथा सन् १८८२–८३ मा ४’’=१ माइलमा मेचीदेखि ब्रम्हदेवमण्डीसम्म ४३ सिट एवं सन् १८८३–८४–८५ को सिजनमा १’’=१ माइलमा ४५ सिट नक्साहरु बनेको पाइन्छ । यी पछिल्ला दुई सिरिजा ४१’ १ माइलमा ४५ सिट नक्साहरु बनेको पाइन्छ । यी पछिल्ला दुई सिरिजका सीमा नक्साहरु सर्भे अफ् इण्डियाबाट बनेका हुन् ।
उपरोक्त नक्साहरु बाहेक सन् १९२४ देखि १९२७ सम्म सिमानासमेत देखिने गरी नेपालको टोपोग्राफिकल सर्भे गरी स्थलरुप नक्सा सिटहरु सर्भे अफ् इण्डियाबाट १ इन्च बराबर १ माइल, २ माइल, ४ Fake Oakleys माइलको स्केलमा तयार पारी १९३६ दखि १९४० सम्ममा प्रकाशित भएको पाइन्छ । यसमध्ये १’’=१ माइलका नक्सा सिटहरुको संख्या ४५ (फालेलुङ्देखि ब्रम्हदेवमण्डीसम्मको) रहेको छ । यिनै नक्साहरुको आधारमा हवाई सर्भेक्षण तथा ग्राउण्ड सर्भे गरी सन् १९५८ देखि १९६७ सम्ममा नयाँ सिरिजको टोपोसिट नक्साहरु पटकपटक गरी प्रकाशित भएका पाइन्छ । कुनै छुटपुट सिटहरु सन् १९७४ मा and पनि प्रकाशित भएको देखिएको छ ।
यी नक्साहरुमध्ये फालेलुङ्देखि ब्रम्हदेवमण्डीसम्मको नेपाल–भारत दुबै तर्फको संयुक्त रुपमा या पछि मन्जुरी जनाएर तयार भएको सन् १८८२–८३ को नक्साहरुलाई आधार नक्सा मानिएको छ । यसदेखि बाहेक दुबै उत्तरतर्फको नक्साहरु सर्भे अफ् इण्डियाले एकतर्फी रुपमा बनाएको अवगत हुन्छ । भारतद्वारा तयार गरिएको नेपालको टोपोग्राफिकल नक्साको दाहिने पुछारमा ठूलो अक्षरले निषेधित (Restricted) लेखिएको पाइन्छ । यसैसँग ‘यो नक्साको अंश या पूरै फोटोग्राफी गरेर या अन्य कुनै तरिकाबाट सार्न, पनुः उत्पादन गर्न, प्रकाशित गर्न पाइने छैन । यसलाई सुरक्षित बन्धनका साथ राख्नुपर्छ र आधिकारिक व्यक्तिले मात्र संचालन गर्नुपर्छ भनी लेखिएको छ । कुनै cheap oakleys नक्साको तल मध्यभागमा ‘भारत–नेपाल सिमाना मोटामोटी हो’ लेखिएको र कुनैमा ‘यो नक्सामा अंकन गरिएको अन्तर्राष्ट्रिय सिमानालाई आधिकारिक मान्नु हुँदैन’ भनी उल्लेख गरिएको छ । नेपालमा यी नक्साहरु सर्वसाधारणले किन्न पाउनु प्रायः असम्भव छ तर भारतमा भने सजिलै पाउन सकिन्छ ।
यी नक्साहरुभन्दा अगाडि सन् १९४०–४१ मा बंगाल ट्राभर्स पार्टी एण्ड ड्रइङ्ग अफिसले नेपाल–सिक्किम–भारतको त्रिदेशीय विन्दु फालेलुङ्(स्तम्भ नं. १) देखि झापा भद्रपुर (नेपाल–बङ्गाल–पूर्णिया) को त्रि–बिन्दु (स्तम्भ नं. १२०) सम्मको सीमारेखाको २४ थान नक्सा बनाएको भेटिन्छ । यो नक्साको स्केल १६ इन्च बराबर १ माइलको छ । नेपाल भारत संयुक्त प्राविधिक सीमा समिति अन्तर्गतका संयुक्त नापी टोलीहरुले हिजोआज सीमाविन्दुको दुबै तर्फको आधा–आधा किलोमिटर गरी जम्मा एक किलोमिटर भू–भाग देखिने गरी सीमारेखा नक्सा (Strip map) १ः५०० देखि १५,००० को स्केलमा बनाइरहेको छ । यसमा प्रत्येक सीमाबिन्दुको नम्बरसमेत अंकन गरिएको छ ।
नेपाल–चीन सीमारेखाको अध्यावधिक नक्सा दुई देशका बीच सीमा सम्झौता तथा सीमांकन भई नोभेम्बर १९७९ मा हस्ताक्षर भएको सीमा बडापत्र (बाउण्डरी प्रोटोकल) मा संलग्न भएको पाइन्छ । यो नक्साको स्केल १ः५०,००० रहेको छ र सीमारेखाको दुबैतिर ५ किलोमिटर चौडा भएको धर्सो नक्सा हो । यो नेपाल–चीन संयुक्त नापी टोलीबाट तयार पारिएको हो ।
हवाई फोटोहरुको आधारमा बनाइएको यस रंगिन नक्साको समोच्चरेखाको अन्तराल २० मिटरका छ । यसमा प्रशस्त मात्रामा उचाई विन्दुहरु दिइएका छन् । नक्सामा टड्कारो रुपले देखिने गरी सीमारेखा रातो लाइनले तानिएको छ र त्रिकोणमितीय विन्दुहरु अंकन गरिएका छन् । ५७ थान नक्साहरुको सेट एटलासको रुपमा तयार भएको नेपालको उत्तरी सिमानाका नक्साहरुमा नेपाली तथा चिनिया लिपिमा ठाउँका नामहरु लेखिएका छन् । नदीनाला, ताल, हिमनदी, निलो रंगले भू–उपयोग तथा जंगल हरियो रंगले तथा राजमार्ग, पैदल, गोरेटो बाटो कालो रंगमा देखाइएका छन् । यसबाहेक सिमानाका चुलीहरुको उचाई अंकन गर्नुका साथै मन्दिर, गुम्बा, मानी, चैत्य, गाउँबस्ति, घर, आबादी, चरन, बाँसका झ्याङ, बन–बुटेन पनि चित्रण गरिएका छन् ।
सन् १९६१ म सम्पन्न नेपाल–चीन सीमा सन्धिका साथमा सबभन्दा पहिले सातवटा रंगिन नक्साका एटलास संलग्न गरिएको थियो । यी नक्साहरुमध्ये १ः५००,००० मान नापको दुई सिट नक्सामा पश्चिमको लिपुधुरा (टिङ्कर भन्ज्याङ नजिक) दखि पूर्वको चाबुक भन्ज्यासम्मको १,१११.४ किलोमिटर लामो नेपाल चीन सीमारेखा अंकन गरिएको छ । ५०० replica oakleys मिटरको अन्तरालमा कन्टुरलाइनहरु खैरो रंगमा, नदी, खोला–खहरे, हिउँ निलोमा, सीमारेखा तथा ray bans ale सीमास्तम्भ (नम्बर Wholesale China Jerseys समेत) रातो रंगमा स्पष्टरुपले देखाइएका छन् । दुबैतर्फका ठाउँका नामहरु नेपाली तथा चिनिया भाषामा कालो अक्षरमा लेखिएका छन् । क्रमशः………………..

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *