नेपालगन्ज-कोहलपुर, मध्यपश्चिमको ‘हब’

नेपालगन्ज:  नेपालगन्ज,  भारतमा अंग्रेजविरुद्ध स्वतन्त्र संग्राम भइरहेको थियो । सन् १८५७ मा लखनाउमा भएको विद्रोह दबाउन तत्कालीन श्री ३ जंगबहादुर अंग्रेजको मद्दत गर्न सेना लिएर पुगेका थिए । उनको सहयोगमा अंग्रेज विद्रोह दबाउन सफल भए । सुगौली सन्धीमा नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गुमाएको थियो । भारतीयको व्रिदोह दबाउन सहयोग गरेवापत अंग्रेजले नेपाली भूमि फिर्ता गरे । अहिले पनि Fake Oakleys चार जिल्लालाई ‘नयाँ मुलुक’का रूपमा चिनिन्छ ।

इतिहासविद् सचितानन्द चौवेका अनुसार जंगबहादुर लखनाउका गन्ज देखेर प्रभावित भए । अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसारगन्ज, ख्यालीगन्ज चर्चामा थिए । उनले नेपालमा पनि गन्ज बसाउने अठोट गरे । लखनउका सहरबाट प्रभावित भएर बाँकेमा नेपालगन्ज सहर बसाउन निर्देशन दिए । यो सहर बसाउन जंगबहादुरले आफ्ना विश्वासी कर्मचारी पदम नाभ जोशीलाई पठाए । नेपालगन्ज बजार सुरु भयो ।

nepalgung-555

नेपालगन्ज अहिलेको सहर होइन । यसको इतिहास खोतल्दै गए जंगबहादुर राणाको शासनसम्म पुगिन्छ । नेपालगन्जलाई जंगबहादुरको सपनाको सहर भन्ने गरिन्छ । तर, अझै स्पष्ट इतिहास भेटिएको छैन । राणाकालमा स्थापित नेपालगन्ज मध्यपश्चिमको व्यावसायिक केन्द्र बनेको छ ।

‘नेपाल र भारतको सीमामा जयसपुर बजार थियो, त्यहाँ हाटबजार लाग्थ्यो’ सचितानन्द भन्छन् । हाटबजारमा लखनउ, रायबरेली, कानपुरका व्यापारी बयलगाडामा सामान बोकेर आउँथे । सल्यान, दैलेख, जुम्ला, हुम्ला, कालिकोट, मुगुतिरका पहाडीया किनमेल गर्न झर्थे । त्यतिबेला जयसपुर बजार गरमागरम हुन्थ्यो ।

नेपालगन्जमा सल्यानी र दैलेखी बंगला निर्माण गरियो । सल्यान भेगबाट आउनेहरू सल्यानी बंगलामा बस्थे । दैलेख भेगबाट आउने दैलेखी बंगलामा बस्ने गरेको पुराना व्यवसायी शतिसचन्द्र अग्रवाल बताउँछन् । अहिले पनि दुवै बंगला देख्न पाइन्छ । कतिपय पहाडिया व्यपारीका घरमा डेरा लिएर पनि बस्ने गर्थे ।

पहाडबाट भेडा, च्याङ्ग्रा, खसी, घिउ, जडिबुटीलगायतका पहाडी उत्पादन बेकेर नेपालगन्ज आउँथे । धम्बोजी क्षेत्र भेडा च्याङ्ग्राले भरिभराउ हुन्थ्यो । त्यो ठाउँ चरन क्षेत्रका रूपमा थियो । नेपालगन्जबाट वर्षभर्रि पुग्ने Главная लत्ताकपडा, मरमसला, तमाखु, नुन, तेल, भाँडाकुँडा बोकेर उकालो लाग्थे । सडक थिएन, हिँडेरै आवातजावत गर्नुपथ्र्यो । खासगरी मंसिर, पुस, माघ, फागुन चार महिना जयसपुरमा बजार लाग्थ्यो ।

अहिले पनि पहाड तथा हिमाली भेगबाट जाडो छल्न नेपालगन्ज झर्ने परिपाटी यथावत छ । मध्यपश्चिमका सबैजसो जिल्लामा नेपालगन्बाटै सरसामान पुग्छ । नेपालगन्ज विस्तार भइसकेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुर गुल्जार भइसकेको छ । उद्योगधन्दा, होटेल, व्यापार व्यापारमा बाँकेका दुई सहर नेपालगन्ज र कोहलपुर चम्किएका छन् । यो सहर मध्यपश्चिमका पहाडी जिल्लाको प्रवेशद्वार हो ।

पदम नाभले जयसपुर बन्द गरेर नयाँ ठाउँमा व्यापारको बन्दोबस्त मिलाए । जंग बहादुरले चौडा सडक र चोकसहितको बजार बसाउन निर्देशन दिए । नेपालगन्ज काठमाडौंपछि पुरानो व्यवस्थित सहरका रूपमा परिचित छ । त्यही बेला सुविधा सम्पन्न तीन सय ६५ कोठी निर्माण गरियो । वि.सं. १९१६ मा नेपालगन्ज सहर निर्माण सुरु गरेर १९३८ मा सम्पन्न गरिएको थियो ।

सहर विस्तार हुँदै गयो । बागेश्वरी मन्दिरको उत्तरमा घरबारी टोल र दक्षिणमा टाउन हलसम्म सीमित रहेको सहर बढ्न थाल्यो । सोही क्रममा महाराज कुमार मन्सुरी शमशेरले महाकाली मिल खोलेर टोल विस्तार गरेको व्यापारी अग्रवाल बताउँछन् । बडाहाकिम बस्ने घर, अस्पताल, जुद्ध स्कुल खुल्दै गए । दक्षिणतर्फ सहर विस्तार हुँदै गयो ।

नेपालगन्जमा आधुनिक लखनउको अमिनाबादका घरजस्तै सडकसम्म छाना भएको घर निर्माण गरियो । पसल अगाडि बटुवालाई घाम र पानीबाट सुरक्षित गराउन ‘बर्सादी’ निर्माण भए । अहिले बसार्दी कब्जा गरेर पसलमा परिणत भइसकेका छन् । अहिले पनि सदरलाइन, रानी तलाउ, एकलैनी बजारमा यस्ता घर देख्न सकिन्छ ।

कोहलपुर विस्तार

नजिकै रहेको नेपालगन्ज गुल्जार भइसक्दा कोहलपुर जंगलै थियो । नेपालगन्जमा राणाकालदेखि नै चहलपहल हुन्थ्यो । पहाडी तथा हिमाली भेगबाट मानिस कोहलपुर हुँदै नेपालगन्ज झर्थे । पूर्वपश्चिम (महेन्द्र) राजमार्ग बन्यो । राजमार्ग छेउछाउमा थुप्रै सहर बसे । तैपनी कोहलपुर सुनसान नै रह्यो ।

बहुदल आउनुभन्दा केही वर्षअघि राजा वीरेन्द्रले कोहलपुरमा नयाँ सहर बसाउन सहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिए । मरिचमान सिंह प्रधानमन्त्री थिए । विभागको उपमहानिर्देशक थिए, सहरी विकास इन्जिनियर उमेशबहादुर मल्ल । मल्लको नेतृत्वमा कोहलपुरमा ‘टाउन प्लानिङ’ भयो । सरकारी ८० बिघा जमिन थियो । त्यही जमिनमा सहर बसाउन वीरेन्द्रले निर्देशन दिएको इन्जिनियर मल्ल बताउँछन् ।

राजा वीरेन्द्रको टाउन प्लानिङमा रुचि थियो । त्यसैले सरकारी जग्गामा व्यवस्थित सहर बसाउन निर्देशन दिएका हुन् । नेपालगन्जबाट कोहलपुर १६ किलोमिटर उत्तरमा थियो । सरकारी जग्गामा टाउन प्लानिङ भयो । ‘प्लानिङका प्लट बिक्री भए, तैपनी धेरै वर्ष घर बनेनन्’, मल्ल सम्झिन्छन्, ‘कोहलपुरमा मेडिकल कलेज खुलेपछि विकासले गति लिएको हो ।’ कोहलपुर विकासको श्रेय मेडिकल कलेजलाई जान्छ ।

कोहलपुर गुल्जार भइसकेको छ । प्लानिङको जग्गामा घर भरिएका छन् । बाहिर बजार विस्तार हुँदैछ । कोहलपुर दुई राजमार्गको जक्सन हो । यहाँ पहाडी बस्ती बाक्लो छ । मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा जान कोहलपुर पुग्नै पर्छ । व्यावसायिक गतिविधि बढेका छन् । चौडा सडक, आकर्षक घर यहाँको विशेषता हो । कोहलपुर व्यवस्थित आवासीय सहर बनेको छ ।

रुपौडियादेखि कोहलपुरसम्म आठ लेनको सडक बनेको छ । पूर्वपश्चिम राजमार्ग कोहलपुर भएर गएको छ । कोहलपुर मध्यपश्चिमको जक्सन बनेको छ । एयरपोर्ट नेपालगन्ज र कोहलपुरको बीचभागमा छ । जहाजबाट यात्रा गर्नेहरू कोहलपुर आएर बस्न थालेका छन् । तुलनात्मक रूपमा नेपालगन्जभन्दा सितल भएकोले पनि कोहलपुरको महिमा ह्वात्तै बढेको हो । सहरको प्लानिङ गर्दा राजमार्गको छेउछाउमा घर बनाउन रोकियो । अहिले कोहलपुरमा सडक खुला र आकर्षक देखिन्छ ।

कोहलपुरको भित्र भागमा बसपार्क बन्यो । सरकारी अड्डाका लागि पाँच बिघा जमिन छुट्टाइयो । तीन बिघा जमिन सिटी सेन्टरका लागि राखिएको हो । उक्त जग्गामा घन्टाघरसहितको पार्क बनाउनुपर्ने मल्लको सुझाव छ । अहिले टाउन प्लानिङ भरिएर बाहिर सहर विस्तार भइरहेको छ । तर, सहर विस्तार योजनावद्ध ढंगले नभएकोमा उनको गुनासो छ । ‘भद्रगोल रूपमा सहर विस्तार गर्न हुँदैन’ उनी थप्छन्, ‘नगर विकास कार्यालय अलि भिजिनरी हुनुपर्छ ।’

सहर विस्तार हुँदै जाँदा नेपालगन्ज र कोहलपुर जोडिन लागेको छ । नेपालगन्ज उपमहानरपालिका र कोहलपुर नगरपालिका बनेको छ । दुई सहर जोडेर महानगरको परिकल्पना गर्न थालिएको छ । दुइवटा सहर जोड्न ६ लेनको सडक निर्माण भइसकेको छ । नेपालगन्ज कोहलपुरको भविष्य अत्यन्तै राम्रो भएको cheap ray bans मल्ल बताउँछन् । ‘केही समयअघि कोहलपुर र नेपालगन्ज पुगेको थिएँ’, उनले भने, ‘पूर्वको विराटनगरलाई नेपालगन्जले उछिन्न लागेको देखियो ।’

नेपालगन्जमा मिक्स समाज छ । कोहलपुरमा पहाडीया बढी छन् । तुलनात्मक रूपमा नेपालगञ्जभन्दा कोहलपुर सफा र सुन्दर देखिन्छ । नेपालगन्जको सरसफाइमा ध्यान दिइएको देखिँदैन । भत्किएका सडक, सडकभरि फोहर, बाहिरै गन्ध आउने नाली यहाँको पहिचान बनेको छ । उपमहानगरपालिका यसतर्फ त्यति सचेत भएको पाइँदैन । अव्यवस्थित बसोबास र सहरीकरण बढ्दै गइरहेको छ ।

हराए खाद्यान्न उद्योग

बाँके, बर्दिया धान उत्पादनमा अग्रणी थिए । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, टन्डन राइस मिलजस्ता ठूला मिल सञ्चालनमा थिए । बजार विस्तार भयो, जनसंख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसंख्यालाई खान पुग्दैन । ‘भारतबाट २/४ टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको छ’, स्थानीय व्यवसायी अग्रवाल सुनाउँछन् ।

धानमात्र होइन, मुसुरो, रहर दाल बंगलादेश तथा खाडी मुलुकसम्म पुग्थ्यो । ठूलो परिमाणमा तोरी उत्पादन हुँदा तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरी समेत यहीँ आउँथ्यो । अहिले दाङको तोरी नेपालगन्ज आइपुग्दैन । त्यसैले धेरैजसो मिल बिलाइसकेका छन् । केही मिल मृत अवस्थामा छन् । नेपालगन्जमा स्वदेशी उत्पादनकै ठूलो किनबेच हुन्थ्यो । ‘यहाँ अहिले व्यापार त बढेको छ, ती सबै आयातित बस्नु हुन्’, अग्रवाल भन्छन्, ‘नेपालगन्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ ।

वनस्पति घिउ उद्योग बन्द भए । यहाँबाट एक लाख लिटरसम्म वनस्पती घिउ निर्यात भएको व्यवसायी बताउँछन् । दुगड ग्रुपले मिल चलाउन भारतको राजस्थानबाट तोरी आयात गर्दै आइरहेको छ । पहिला नेपालगन्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगन्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँ गाउँ पुगे । नेपालगन्जमा धान आउन छाड्यो । यहाँका मिल प्रभावित भए । खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगन्ज क्षेत्र अन्ततः परनिर्भर बनेको छ ।

विकास यात्रा

अहिले पनि नेपालगन्ज भन्ने वित्तिकै चर्को गर्मी, मच्छेड लाग्ने, अव्यवस्थित र फोहर सहर सम्झिन्छ । यो सहर बर्सेनि डुवानमा पर्दै आएको छ । पछिल्लो समय सहर सुन्दर बनाउन लागिएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रुपौडियादेखि कोहलपुरसम्मको सडक ६ लेनमा विस्तार भइसकेको छ । भित्री सडक पनि स्तरोन्नति गरिँदैछ । प्रत्येक शनिबार नेपालगन्जमा सहरसफाइ अभियान सञ्चालन हुन थालेको छ ।

नेपालगन्जमा ढल निकासका लागि ६० किलोमिटर नाली निर्माण भइरहेको छ । फोहोर व्यवस्थापनका लागि पाँच किलोमिटर टाढा हिरीमिनियामा ल्यान्डफिल्ड साइड निर्माण भइरहेको छ । कोहलपुर नेपालगन्जको तुलनामा धेरै सफा छ । यो पश्चिम नेपालको आधुनिक सहरका रूपमा चिनिन्छ । कोहलपुरको विकास गति नेपालगन्जभन्दा तीव्र भइसकेको छ ।
दुवै सहरमा बसाइँसराइ तीव्र छ । जग्गाको भाउ आकासिएको छ ।

यहाँ राम्रा स्कुल, कलेज तथा अस्पता खुलिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज मुलुकमै चर्चित छ । जग्गा कोहलपुरमा कठ्ठाकै एक करोड रुपैयाँ पर्न थालेको इन्जिनियर मल्ल बताउँछन् । नेपालगन्जमा व्यवस्थित बसोबासका लागि वाटरपार्क एकीकृत परियोजनाको काम भइरहेको छ । एयरपोर्ट पनि नेपालगन्ज र कोहलपुरको बीचभागमा छ । हवाई यात्रुका लागि दुवै सहर नजिक परेका छन् ।

नेपालगन्ज कोहलपुरमा ठूला उद्योग त सञ्चालनमा छैनन् । तर, साना उद्योग भने प्रशस्तै छन् । पहिलादेखि नै खाद्यान्नमा अग्रणी भएकाले खाद्याजन्य उद्योगको बाहुल्यता अझै छ । भारतको रुपौडियासँग जोडिएको नेपालगन्ज–कोहलपुर कोरिडोर ६ लेनको बनेपछि धमाधम उद्योग निर्माण हुन थालेका छन् । यहाँ प्लास्टिक, भाडाजन्य, छाला, औषधि, प्लाइउड, सिमेन्ट, कत्थाका उद्योगसमेत खुलिरहेका छन् । यहाँ ठूला औद्योगिक घराना गोल्छा, दुगड, मुरारका, बैद्यले उद्योग चलाइरहेका छन् ।

नेपालगन्ज जडिबुटीजन्य उद्योगको पनि हव हो । यहाँ जडिबुटी प्रशोधन गर्ने धेरै उद्योग रहेको अग्रवाल बताउँछन् । तर, पछिल्ला वर्षमा यी उद्योग पनि हराउन थालेका छन् । जडिबुटी उत्पादनका लागि मध्यपश्चिमको पहाडी तथा हिमाली भेग अग्रणी हो । त्यहाँ उत्पादित जडिबुटी नेपालगन्ज आउने गरेको उनको भनाइ छ ।
होटेलको हव

पृथु शमशेर राणाले २०३५ सालमा आफ्नो पुख्र्यौली घरलाई होटेलमा रुपान्तरण गरे । त्यो बेला नेपालगन्ज जोड्ने सडक थिएन । पर्यटक आउने सम्भावना देखिदैनथ्यो । स्नेहा होटेलमा सुनसान हुन्थ्यो । तिब्बतको कैलाश मानसरोवर जान हुम्ला रुट खुलेपछि नेपालगन्जमा भारतीय पर्यटक खचाखच हुन थालेका हुन् । पर्यटक बढेपछि ६ कोठाबाट खुलेको स्नेहा होटेल ६० कोठाको भइसकेको छ । अझै होटेल विस्तार गर्ने योजनामा छन्, प्रबन्ध निर्देशक असित शमशेर राणा ।

हुम्ला रुट मानसरोवर जाने छटो प्रवेशद्वार हो । नेपालगन्जबाट हुम्लाको सिमिकोट, हिल्सा हुँदै तिब्बतको ताक्लाकोट भएर मानसरोवर पुगिन्छ । मानसरोवर जानेहरू नेपालगन्ज आएर बस्न थाले । पर्यटक बस्न होटेलको अभाव हुन थाल्यो । अहिले यहाँ तारे होटेल खोल्ने होडबाजी देखिन्छ ।

मानसरोवर मात्र होइन, मुगुको रारा, डोल्पाको सेफोक्सुन्डो, जुम्लाको चन्दनाथ जाने पनि नेपालगन्ज हुँदै हो । त्यसैले नेपालगन्ज र कोहलपुरमा पर्यटकीय सम्भवना बढेको छ । होटेल व्यवसायीको आकर्षण पनि नेपालगन्जमा देखिन्छ ।
हालै होटेल कृष्णा र ह्वाइट हाउस रिजेन्सी सञ्चालनमा आइसकेको छ । होटेल कृष्णा चारतारे स्तरको भएको दाबी गरिएको छ । यसको व्यवस्थापन बहुराष्ट्रिय कम्पनी सिग्नेट इनले सम्हालेको छ ।

अर्को चारतारे सोल्टी होटेल वैशाखदेखि सञ्चालनमा आउँदैछ । कोहलपुरमा चारतारे स्तरकै होटेल सेन्ट्रल प्लाजा सञ्चालनमा आइसकेको छ cheap oakleys sunglasses । कोहलपुरमा Wholesale Jerseys पर्यटकस्तरीय होटेल धेरै खुलिसकेका छन् । नेपालगन्जमा होटेल चलाइरहेको सिद्धार्थ समूहले होटेलको क्षमता विस्तार गरेर चारतारे स्तरको बनाउँदैछ ।

सिजनमा यहाँका होटेलमा पर्यटक नअटाउने असित राणा बताउँछन् । उनका अनुसार सभाहलमा समेत पर्यटक सुताउनुपर्छ । यहाँ अझै होटेलको सम्भवना रहेको उनी बताउँछन् । सरकारले मध्यपश्चिममा लुकेर रहेको पर्यटन प्रवद्र्धनमा जुटेको छ । रारा, खप्तड, सेफोक्सुन्डो, बडिमालिका लगायतका गन्तव्यमा पर्यटक बढ्दै गएपछि नेपालगन्ज र कोहलपुरमा थप होटेलको अवश्यता पर्नेछ ।

यहाँ मिनी क्यासिनोसहितका होटेल खुलिसकेका छन् । क्यासिनोमा भारतीय पर्यटक खेल्न आउँछन् । होटेलका ग्राहक पनि अधिकांश भारतीय नै हुने गर्छन् । मध्यपश्चिम क्षेत्रमा सञ्चालित ठूला परियोजनाका हाकिम पनि यहाँका होटेलमा बस्ने गर्छन् ।

गैरसरकारी संस्थाको बाढी

दस वर्षे माओवादी सशस्त्र द्वन्द्व अन्त्यसँगै मध्य र सुदूरपश्चिमका जिल्लामा गैरसरकारी संस्था ओइरिए । काठमाडौंबाट नेपालगन्जमा सीधा उडान हुन्थ्यो । नेपालगन्जबाट मध्यपश्चिमका पहाडी जिल्लामा उडान हुन्थ्यो । हवाई सुविधाका cheap jerseys कारण आफ्नो मुख्य कार्यालय नेपालगन्जमा खोलेर जिल्लामा काम गर्न थाले । यी संस्थाले कर्णाली अञ्चलमा सबैभन्दा बढी काम गर्छन् । नेपालगन्ज एनजीओ र आईएनजीओको हब बन्यो ।

यिनले नेपालगन्ज र कोहलपुरमा आर्थिक गतिविधि बढाइदिए । तारे होटेलको आवश्यकता बढ्यो । धमाधम तारे होटेल खुल्न थाले । सहरका घर महँगो भाडामा लाग्न थाले । स्वदेशी तथा विदेशीको आवातजावत बढेपछि यस क्षेत्रमा भाइब्रेसन आएको असित बताउँछन् । यहाँका होटेल मानसरोवर घुम्न जाने पर्यटक र एनजीओ र आईएनजीमा कार्यरत कर्मचारी लक्षित हुन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *