नेपालमा भएको भारु नेपालीकै हो भन्ने कसरी प्रत्याभूति गर्नुहुन्छ ? – आरबिआई

नेपालमा ठूला दरका पुराना भारु नोट कति छ ?

काठमाडौं, नेपाल राष्ट्र बैंकले नेपालभित्र पुराना ५ सय र १ हजार दरका भारु नोट कति छन् भन्ने आँकडा दिन नसक्दा भारु सटही गर्ने प्रक्रिया थप लम्बिने भएको छ । ray ban sunglasses भारतीय रिजर्भ बैंक (आरबिआई) सहित भारत सरकारका प्रतिनिधिसँगको छलफलमा नेपाली पक्षले ray bans sale आफ्नो देशमा कति भारु छ भन्ने आँकडा प्रस्तुत गर्न नसकेपछि भारतीय पक्षले विस्तृत तथ्यांक पठाउन भनेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ‘उनीहरूले नेपालमा कति भारु छ ? भनेर सोधे,  ‘हामीले जवाफ दिन सकेनौँ ।’ शुक्रबार नयाँदिल्लीमा भएको छलफलमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंक र नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोली सहभागी थियो ।

नेपाली पक्षले नेपालभित्र भएको भारु नोट सटही गरिदिन आग्रह गरेपछि भारत सरकारका प्रतिनिधिले आँकडा मागेका थिए । ठूला दरका भारु नोटमा प्रतिबन्ध लागेको तीन महिनासम्म पनि राष्ट्र बैंकले यसबारे अध्ययन नगर्दा नेपालीसँग भएको भारु
साटिन अझै लामो समय कुर्नुपर्ने देखिएको हो ।

वार्ता सुरु भयो : राष्ट्र बैंक
छलफलमा सहभागी नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भारतीय पक्षसँग औपचारिक वार्ता सुरु भएको बताए । ‘यसअघि हामीले पटक–पटक प्रयास hockey jerseys गर्दा पनि औपचारिक वार्ता हुन सकेको थिएन,’ उनले भने, ‘अब त्यो सुरु भएको छ । भारतीय पक्ष नेपालमा भएको पुराना भारु नोट सटही गर्न सकारात्मक देखिएको छ ।’ उनले भारतीय पक्ष पनि यसबारे अध्ययन गर्न छिट्टै नेपाल आउने जानकारी दिए ।

प्रत्याभूतिमा भारतको चासो
आरबिआईले नेपालमा नोट सटही सुविधा दिँदा भारतीय वा अरू कुनै विदेशीले उक्त सुविधाको उपयोग गर्न नपाउने प्रत्याभूति कसरी हुन सक्छ भन्ने चासोलाई प्रमुखताका साथ उठाएको राष्ट्र बैंकले बताएको छ । ‘जति पैसा साटिन्छ, त्यो नेपालीसँग भएको वैध सम्पत्ति हो भन्ने प्रत्याभूति कसरी हुन सक्छ भन्ने उनीहरूको प्रश्न थियो,’ ढुंगानाले भने, ‘हामीले त्यसबारे विस्तृत प्रस्ताव पठाउँछौँ भनेका छौँ ।’ विस्तृत प्रस्तावमा नेपालमा भएको भारुको मोटामोटी आँकलन, सटही सुविधाको विस्तृत मोडालिटीलगायतका विषय समावेश गरिने छलफलमा सहभागी नेपाली प्रतिनिधिहरूले बताएका छन् ।

पहिलेको मोडालिटीमा भारतीयको चित्त बुझेन
राष्ट्र बैंकले दुई महिनाअघि नै भारतलाई नोट सटहीबारेको मोडालिटी र स्वघोषणा फारामको नमुना पठाएको थियो । तर, भारतले त्यसमा चित्त नबुझाएको ढुंगानाले बताए । ‘उनीहरूले त्यसमा चित्त बुझाएनन् र नयाँ प्रस्ताव मागेका छन्,’ उनले भने । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार भारतको उक्त कदमले नेपालीहरूलाई आफूसँग भएको भारु सटही गर्न थप कठिनाइ उत्पन्न हुन सक्ने देखिएको बताए । ‘पहिले हामीले प्रस्ताव गरेको मोडालिटी नै निकै कठिन थियो,’ उनले भने, ‘त्यसमा चित्त नबुझाएर त्योभन्दा कठोर प्रस्ताव भारतले मागेकाले नेपालीहरूलाई पैसा साट्न झन् कठिनाइ पर्न सक्ने cheap oakleys sunglasses देखिएको छ ।’ तर, ढुंगानाले भने त्यसबारे कुनै छलफल नभएको बताए । उनले भने, ‘हामीले भर्खरै संवाद सुरु गरेका छौँ,’ cheap oakleys sunglasses उनले भने, ‘अब छलफल भएबमोजिम विस्तृत विवरण प्रस्ताव पठाएपछि थप कुरा अघि बढ्छ ।’

आरबिआईका तीन प्रश्न

  • नेपालमा ठूला दरका पुराना भारु नोट कति छ FFP ?
  • कसरी वा कुन विधिबाट साट्ने व्यवस्था हुन्छ ?
  •  नेपालमा भएको भारु नेपालीकै हो भन्ने कसरी प्रत्याभूति गर्नुहुन्छ ? अर्थात् भारतबाट अवैध भारु नेपालमा लगेर सटही गर्न नसक्ने प्रत्याभूति के हो ?

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *