नेपाल–बेलायत सन्धि–१ नोभेम्बर १८६०

सन् १८५७ मा बंगालको देशी सेनाको विद्रोहपछि भएका उपद्रवहरुताक नेपालका श्री ५ महाराजाधिराजले सुगौली सन्धिद्वारा बेलाइत सरकार र नेपाल सरकारका बीचमा स्थापित शान्ति र मैत्रीका सम्बन्धहरुलाई इमान्दारीसाथ कायम मात्रै गरिबक्सेन, तर सीमान्त जिल्लाहरुमा सुव्यवस्थाको संरक्षणका लागि बेलाइती अधिकारीवर्गका प्रबन्धमा स्वेच्छाले फौजहरु पनि राखिबक्सियो तथा त्यसपछि लगत्तै लखनौलाई फेरि अधिकारमा ल्याउने र विद्रोहीहरुलाई हराउने अन्तिम कार्यमा बेलाइती सेनालाई सहयोग गर्न एउटा फौज पनि पठाइबक्स्यो । नेपाल राष्ट्रले बेलाइती सरकारलाई अग्रगण्य सेवाहरु अर्पित गरेको सम्मानमा सन् १८१५ सम्म नेपाल राष्ट्रका रहिआएका र उक्त सन्धिअन्तर्गत त्यसै साथ बेलाइती सरकारलाई समर्पण गरिएका काली नदी र गोरखपुर जिल्लाका बीचमा पर्ने जम्मै मैदानी जग्गाहरु श्री ५ महाराजाधिराजलाई फर्काउने इच्छाको घोषणा यी फौजी कार्वाइहरुको समाप्तिमा भाइसराय र महाराज्यपालले गर्नुभयो । बेलाइती सरकारले सीमा निर्धारणका लागि नियुक्त गरेका आयुक्तहरुद्वारा नेपाल दरबारले खटाएका आयुक्तहरुको उपस्थितिमा यी जमीनहरु अङ्किक गरी स्थापित cheap nfl jerseys गरिएका छन्, दुई राष्ट्रहरुको भविष्यको सिमाना छुट्टयाउने ईंट वा ढुङ्गाहरुका स्तम्भहरु ठड्याइएका छन् र नेपाली अधिकारीहरुलाई भूमिभाग औपचारिक रुपले सुम्पिसकिएको छ । यस इलाकाको अविच्छिन्न स्वामित्वमा नेपाल राष्ट्रलाई बढी औपचारिक रुपले सुरक्षित ray ban sunglasses गर्नका लागि र पुनरुद्धारको सुअवसरलाई भव्य रुपले प्रकट गर्नका लागि तल लेखिएको सन्धि दुई राष्ट्रहरुका बीचमा सम्पन्न गरिएको छ ।
                                                cheap jordan                                                       धारा १
यस सन्धिले परिवर्तन गरेका बाहेक अहिले बेलाइत सरकार र नेपालका श्री ५ महाराजाधिराजका बीचमा लागू रहेका सबै सन्धिहरु र प्रतिज्ञाहरु यसद्वारा अनुमोदन गरिन्छन् ।
                                                                                                      धारा २
सन् १८१५ मा नेपाल राज्यको अधीनमा रहेका र त्यसै वर्षको २ डिसेम्बरका दिन सुगौलीमा सम्पन्न सन्धिको तेस्रो धाराद्वारा बेलाइत सरकारलाई परित्याग गरिएका काली र राप्ती नदीहरुका समस्त समतल भूमिहरु र राप्ती नदी र गोरखपुर जिल्लाका बीचमा पर्ने समस्त समतल भूमिहरु बेलाइत सरकार यसद्वारा नेपालका श्री ५ महाराजाधिराजलाई पूर्ण सार्वभौमिकताका साथ अर्पण गर्दछ ।
                                                                                                       धारा beställning
सीमा निर्धारणका लागि नियुक्त बेलाइती आयुक्तहरुद्वारा सर्वेक्षण गरिएको काली वा शारदा नदीदेखि पूर्वतर्फ फैलँदै बगौरा तालदेखि उत्तरका पहाडहरुको फेदीसम्म oakley outlet पुगेका स्तम्भहरुले अङ्कित गरिएको सिमानाको रेखा अबदेखि नेपालका श्री ५ महाराजाधिराजका इलाकाहरु र अवधको बेलाइती प्रान्तका बीचको सिमाना हुनेछ ।
भारतका भाइसराय र महाराज्यपाल महामहिम सम्माननीय चाल्र्स जन, अर्ल म्यानिङ्ग, जी.सी.बी.का तर्फबाट लेफ्टनेन्ट कर्णेल जर्ज र्याम्जेद्वारा र श्री ५ महाराजाधिराज सुरेन्द्र विक्रम शाह बहादुर शमशेर जङ्गका तर्फबाट महाराजा जङ्गबहादुर राणा, जी.सी.बी.द्वारा हस्ताक्षर गरिएको यस सन्धिको अनुमोदन गरिनेछ र हस्ताक्षर गरिएको तीन दिनभित्र काठमाडौंमा अनुमोदनहरु आदान–प्रदान गरिनेछन् ।
१ नोभेम्बर १८६० तदनुसार संवत् १९१७ कार्तिक बदी ३ fake ray bans का दिन काठमाडौंमा हस्ताक्षर गरियो र मोहर लगाइयो ।

जी.र्याम्जे, लेफ्टनेन्ट कर्णेल
नेपालमा आवासीय प्रतिनिधि
क्यानिङ्ग,
भाइसराय तथा महाराज्यपाल ।

(यो सन्धि महामहिम महाराज्यपालद्वारा १५ नोभेम्बर १८६० का दिन कलकत्तामा अनुमोदन गरियो ।)

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *