नेपाल राष्ट्र बैंकले ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) घटाउने

काठमाडौं, कर्जा र  निक्षेपबीचको ब्याजदर Wholesale Jerseys अन्तर (स्प्रेड दर)  घट्ने भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ५ लशमलव ६ प्रतिशत रहेको स्प्रेड दर आव २०७७÷७८ सम्ममा ४ दशमलव ४ प्रतिशतसम्म झारिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्ष २०७३÷७४ देखि २०७७÷७८ सम्म पाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीति पास गरेको हो । सोही रणनीतिमार्फत स्प्रेड दर घट्ने जनाइएको हो ।

सो रणनीतिमा वित्तीय पहुँच, आर्थिक वृद्धिका लागि लगानी, वित्तीय स्थायित्व, समावेशीकरण र संस्थागत सुशासनलाई  मुख्य प्राथमिकतामा राखिएको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहले प्रवाह गर्ने कर्जा नै लगानीको प्रमुख स्रोतका रूपमा रहेको रण्ननीतिमा उल्लेख छ ।

nepal-rastra-bank

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले परिचालन गरेको कुल निक्षेप कुल गार्हस्थ्य उत्पादनको ८९ दशमलव ७ प्रतिशत रहेको  छ भने बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा कुल गार्हस्थ्य उत्पादनको ७३ दशमलव ७ ausgerenkte प्रतिशत छ ।  जसमध्ये उत्पादनशील क्षेत्रमा बैंकहरूले प्रवाह गरेको कर्जा भने निकै कम रहेको सो रणनीतिमा भनिएको छ । सरकारले आगामी पाँच वर्षमा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

आव २०७२÷७३ मा त्यस्तो योगदान ४ दशमलव १ प्रतिशत रहेको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भए निक्षेप सुरक्षण गर्ने निकायबाट ग्राहकले भुक्तानी पाउने समय सीमा घट्ने भएको छ । आगामी पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाहरू आपसमा गाभिने र गाभ्ने प्रक्रियाबाट वित्तीय संस्थाको संख्या पनि घट्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सो रणनीतिले नेपाल राष्ट्र बैंकले दामासाहीमा परेको घोषणा गरेका बैंक तथा वित्तीय संस्थालाई खारेजी गर्न लाग्ने अधिकतम समयावधि घट्ने उल्लेख गरेको छ । त्यसैगरी, सबै बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको कर्जा सूचना प्राप्त गर्न र सूचना दिन सरल हुने गरी कर्जा सूचना केन्द्रले हरेक ऋणीलाई कर्जा कारोबारको नम्बरसमेत दिन सक्ने गरी केन्द्रको क्षमता वृद्धि गर्ने सरकारले तयारी थालेको छ ।

सबै राष्ट्रिय wholesale Jerseys तहका वाणिज्य बैंकहरूलाई अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गर्ने र निक्षेप स्वीकार गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गर्ने व्यवस्था गरिने भएको छ ।

आगामी पाँच वर्षमा हरेक नेपालीलाई व्यक्तिलाई परिचय नम्बर उपलब्ध गराउने व्यवस्था Cheap Jerseys पनि सो रणनीतिले गरेको छ, जसमा व्यक्तिसम्बद्ध वित्तीय सूचनाहरू एकीकृत गर्न सकिने व्यवस्था रहनेछ । त्यस्तै, oakley sunglasses सरकारले धितोपत्र बजारको दैनिक कारोबार २ अर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ । डिम्याट खाता भएका लगानीकर्ताहरूको संख्या ५ लाख पु¥याउने सरकारी लक्ष्य छ ।  यसैगरी, सेयरको बजार काठमाडौं केन्द्रित भएकाले यसलाई विस्तार गरी देशव्यापी बनाइने भएको छ । सरकारले मुद्रा तथा अन्तर बैंक बजारको विकास गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी तथा सेवाको विविधिकरण गर्न प्रोत्साहन गर्ने, कृषि, ऊर्जा र पूर्वाधारजस्ता क्षेत्रमा बैंक लगानीलाई प्रोत्साहित गर्नेलगायतका रणनीति बनाएको छ । नेपाल राष्ट्र बैंकले ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) घटाउने भएको छ ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाँच वर्षे रणनीतिक योजनामा स्प्रेड दर घटाउँदै लैजाने नीति रहेको जानकारी दिए । राष्ट्र बैंकले २०७४ साउन १ गतेबाट लागू हुने गरी तयार पारिरहेको रणनीतिक योजनामा स्प्रेड दर घटाउँदै लैजाने नीति लिएको छ । राष्ट्र बैंकले रणनीतिक योजना तर्जुमा समितिसमेत गठन गरिसकेको छ ।

सञ्चालक cheap ray bans डा. श्रीराम पौडेलको संयोजकत्वमा दुई डेपुटी गभर्नर र संस्थागत योजना विभागका प्रमुख रहेको समितिले रणनीतिक योजना तयार पर्दै छ । अहिले राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि ५ प्रतिशत स्प्रेड दर तोकेको छ । राष्ट्र बैंकले स्प्रेड दर घटाउँदै लैजान खोजेको हो ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *