पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

काठमाडौं-  रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।

मृत्यु हुनेमा ७८ वर्षका भक्त बहादुर नगरकोटी, र २३ वर्षिय मुना थापामगर र ४ वर्षका रबिन थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार राति करिव साढे १० बजे पैरेवेशी र ढकालस्वारामा खसेको पहिरोले घर पुरिँदा ७७ वर्षिय धर्म बहादुर थापा बेपत्ता भएका छन्।

पहिरोले भौतिक तथा मानवीय क्षति भएपछि जिल्लाका सुरक्षाकर्मी सोमबार बिहानैदेखि उद्धारमा खटिएका थिए।

पहिरो ठूलो भएका कारण त्यहाँ पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको ३५ जनाको टोलीले उद्धार गर्न नसकेपछि दुई वटा स्काभेटर लगेर पुरिएका व्यक्तिको उत्खनन गरिएको हो।

रसुवाको सदरमुकाम धुन्चेबाट ४५ किलोमिटर पूर्वदक्षिणमा पर्ने उक्त क्षेत्रमा जाने बाटोमा विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने कार्य गरेसँगै करिव २ बजेतिर स्काभेटर त्यहाँ पुगेको थियो। दुई वटा स्काभेटर प्रयोग गरेर तीन ओटा शव निकालिएको र हराइरहेका एक जनाको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *