प्रजातन्त्र दिवसको अवसर पारेर ६ फागुनबाट ‘मेरो देश’

<img class=" wp-image-2818 alignright" src="http://universalnews7.com/wp-content/uploads/2017/02/Nepali_Film_Unews7.jpg" alt="" width="415" height="311" Arch />काठमाडौं,  चलचित्र ‘मेरो देश’ आगामी ६ फागुनबाट प्रदर्शनमा आउने भएको छ ।  मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा सो चलचित्रका निर्देशक देव नेपालले चलचित्र मेरो देशले प्रजातन्त्र दिवसको अवसर पारेर ६ फागुनमा दर्शकमाझ ल्याउन लागेको बताए । भ्रष्ट अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगिरहेका प्रतिनिधिमूलक समस्याहरू यस चलचित्रले केलाउने प्रयास गरेको पनि नेपालले जानकारी गराए ।

यस चलचित्रकी अभिनेत्री निशा अधिकारीले यस चलचित्रमा हाम्रै देशभित्रको कथा रहेको बताइन् । देशभित्रको समस्यालाई उजागर गर्न यस चलचित्रबाट आफूहरूले प्रयास गरेको उनको कथन थियो । आफूले काम गरेका विगतका सिनेमाभन्दा मेरो देश फरक खाले चलचित्र भएको पनि निशाले दाबी गरिन् ।

यस्तै, अभिनेता आयुष रिजालले पनि चलचित्र मेरो देशमा पत्रकार भएर समस्यासँग जुधेको खुसाला गरे । पत्रकारिता पेसा पहिले नै आफूले गरिसकेका कारण यो भूमिकामा काम गर्न सहज भएको पनि आयुषले बताए । cheap oakleys  चलचित्रका निर्माता उदय सापकोटा ‘सुरेन’ ले चलचित्र मेरो देश सरल र सहज तरिकाले आमनेपालीको माया पिरतीको कथा समेटेर बनाएको बताए । चलचित्रमा Cheap Jerseys प्रभाकर सापकोटा cheap oakleys र पार्वती मैनालीको पनि लगानी रहेको छ ।

सो कार्यक्रममा चलचित्र Wholesale Jerseys पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्र मेरो देश शीर्षकजस्तै राष्ट्रिय विषयमा केन्द्रित चलचित्र बनेको आफूले आशा गरेको बताए ।चलचित्रमा निशा, आयुषस“गै प्रज्वल गिरी, निर शाह, धु्रब कोइराला, पुष्पा पाण्डे, एकराज थापा, कृष्ण सिवाकोटी, किशोर झा, एमी श्री, दीपा थापा, एलिजा प्रधान र लगाम लामिछानेको अभिनय रहेको छ । चलचित्रमा रामजी लामिछाने र एलिजा प्रधानको नृत्य निर्देशन, राजु किरातको द्वन्द्व निर्देशन र किरणराज थापाको सम्पादन रहेको पनि सो क्रममा fake oakleys जानकारी गराइयो / रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *