प्रहरीकाे ललितपुर इन्काउन्टर

काठमाडाैं – ललितपुरका प्रवीण खत्री प्रहरी इन्काउन्टरमा सोमबार मारिएका छन् । पक्राउ गर्न लाग्दा आफूसँग भएको पेस्तोलबाट प्रहरीमाथि ‘फायर’ गर्दै भागेको र त्यसैक्रममा उनलाई गोली लागेको प्रहरीको दावी छ ।

पक्राउ पर्ने डरले आफैँले कञ्चटमा गोली हानेको बयान घटना लगत्तै दिएको प्रहरीले दिउँसो भने दोहोरो फायरिङको क्रममा प्रहरीले चलाएको गोली लागेको पनि हुन सक्ने बताएको छ । तर, प्रवीणको परिवार र स्थानीयले प्रहरीले पक्राउ गर्न सक्ने अवस्था रहँदा रहँदै गोली हानेर हत्या गरेको आरोप लगाएका छन् ।

घटनापछि प्रहरी घटनास्थलको मुचुल्का तयार पार्न जुटिरहँदा त्यहाँ जम्मा भएका स्थानीय निकै आक्रोशित देखिन्थे । परिवारजनको आक्रोश र पीडा त छँदै थियो ।

 

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *