प्रेम, दया, म मता, सेवा सबै भावहरूको आधार हो

प्रेम, दया, म मता, सेवा सबै भावहरूको आधार हो


त्याग हृदयको यस्तो उदात्त भावना हो, जसले मानव जीवन, त्यसका आचरण, त्यसका उद्देश्य आदि सबैलाई आलोकित गराईदिन्छ । यसैहुनाले अरु योनीहरूभन्दा मानवयोनी सर्वोत्तम हो । यसलाई भावनाहरू र संवेदनाहरूको ज्यादै ठुलो साम्राज्य प्राप्त छ । अझ सबैभन्दा ठुलो कुरा त यो हो कि यसलाई हामी नियन्त्रित पनि गर्न सक्छौं र प्रगाढ पनि तुल्याउन सक्छौं । जनावरलाई भोक लाग्यो भने ऊ खाइदिन्छ तर मान्छे भोक, निद्राजस्ता प्राकृतिक आवश्यकताहरूलाई पनि नियन्त्रित एवं संचालित गर्छ । कुनै दिन व्रत बस्ने इच्छा भयो भने भोकलाई नियन्त्रित गरिन्छ, कतै सेवाकार्यमा लागिएको छ भने त चार घण्टा, छ घण्टा नै सही निद्रालाई नियन्त्रित गरिन्छ । यसै हुनाले साधना मार्गमा हामीले सबै सद्भानाहरूलाई सघन एवं सुदृढ तुल्याउनु पर्ने आवश्यकता छ । त्याग एउटा यस्तै भावना हो, जसले हाम्रो बाटो उज्यालो र फराकिलो तुल्याउँछ । प्रेम, दया, करुणा, ममता, सेवा आदि सबै भावहरूलाई त्यागको खुराक चाहिन्छ । त्यसो त जुनसुकै उद्देश्य प्राप्त गर्नका लागि पनि सबै सद्भावहरूलाई त्यसै दिशातिर प्रवाहित गर्दा नै त्यो उद्देश्य प्राप्त हुन्छ । भगवत्प्रेमको सघनता एवं अनुरागको एक निश्चित अवस्थामा पुगेपछि भने काम, क्रोध, लोभ, मोह जस्ता कुप्रभाव पनि सद्भाव बन्न पुग्छन्, तर साधनाको प्रारम्भिक अवस्थामा भने यी कुभावनाहरूलाई नियन्त्रणमा राख्नु जरुरी छ । अन्यथा यी कुभावनाहरूले साधकलाई पथभ्रष्ट गराइदिन्छन् । यसै हुनाले साधकले सद्भावनाहरूको आश्रय लिनु नै श्रेयकर छ । त्याग एक यस्तै सद्भावना हो जसले भगवत्प्राप्तिका दिशातर्फ साधकलाई द्रुतगतिमा लिएर जान्छ ।
‘त्याग’ अर्थात् ‘छोड्नु’ भन्नाले जसको त्याग गरिएको छ, त्यो वस्तु, व्यक्ति अथवा विषयलाई हमेशाका लागि बिर्सिनु हो । जसको त्याग गरिएको छ, त्यतातिर बिर्सिएर पनि हेर्नुहुँदैन, तब मात्रै त्याग पूर्ण हुन्छ । हामीहरू स्वार्थवश मायिक पदार्थ एवं मायिक सुखका लागि जुन त्याग गर्छौं, त्यो पनि तब मात्रै फलीभूत हुन्छ, जब बदलामा केही पाउने कामना गरिंदैन । प्रेम, दया, ममता, सेवा यी सबै भावहरूको आधार हो ‘त्याग’ ।
एउटी आमा ममताकै कारण्(ा आफ्ना छोराछोरीकालागि आफ्नो fake oakleys भोक, निद्रा र आफ्ना अनेकौं fake oakleys सुख सुविधाहरू त्यागीरहेकी हुन्छिन् । यसो गरेर उनी सुखको अनुभव गर्छिन् । यसैले त्याग नगरी प्रेमको कल्पना पनि गर्न सकिंदैन । प्रेमको सम्बन्ध प्राप्त गर्नुमा होइन त्यागमा अडेको छ । केही दिएर त्यसको सट्टामा केही प्राप्त गर्नु भनेको त व्यापार हो, प्रेम होइन । प्रेमले त लिने कुरालाई बिर्सिसकेको छ । बस, दिनुदिनु नै प्रेम हो । हामी जोसँग प्रेम गर्छौं त्यसलाई आफ्नो सर्वस्व दिएर अर्थात् आफ्नो अस्त्वि बिर्सिएर, सुखी तुल्याउनु पर्छ, आफ्नो स्वार्थ विर्सिएर आफ्नो प्रियभन्दा प्रिय वस्तुको त्याग गर्नुपर्छ, त्यसवापत उसबाट कुनै पनि आस गर्नुहुँदैन । जसको त्याग गरिरयो त्यो धेरै पछाडि छुटिसक्यो । त्यागेको वस्तु या व्यत्तिःलाई फर्केर पनि हेर्नुहुँदैन, जसलाई प्रेम गरिएको छ जसलाई सुख मिल्यो कि मिलेन, त्यो हेर्नुपर्छ । बस, यही भावनाको सुख नै आफ्नो सुख हो । धर्मप्रति प्रेम छ भने धर्मका लागि सबै कुरा त्याग्नुपर्छ । от बदलामा केही पनि चाहनु र केही पनि माग्नु हुँदैन । बस, धर्मका लागि दिएको दियै गर्ने मनोवृत्तिलई प्रगाढ तुल्याउनुपर्छ ।  गुरु शिष्य, पिता पुत्र, पति पत्नी, प्रेमी प्रेमिका आदि जुन जुन सम्बन्धमा प्रीति, स्नेह या अनुराग छ, त्यसैलाई दिनु दिनुको वृत्तिको विकास भैरहोस्, तिनका लागि जेजस्तो त्याग गर्नु परे पनि गर्न सकियोस्, यही त्यागले आत्मालार्य निर्मल प्रेममा डुबाइदिन्छ, प्रेम धन्य हुन्छ । जहाँ त्याग छ त्यहीं प्रेम छ, जहाँ प्रेम छ त्यही आनन्द हो । यसको उल्टो जहाँ लिने प्रवृत्ति छ त्याहाँ स्वार्थ छ र जहाँ स्वार्थ छ त्यहीं दुःख छ । यसैले प्रेमाभक्तिको मार्गमा केवल त्यागको सहाराले मात्रै हिँड्न सकिन्छ भन्ने कुरा निर्विवाद सत्य हो । प्रेमी पथिकको सबैभन्दा ठुलो बल यही त्याग हो ।
सर्वप्रथम मनमा भावनाहरू दृढ एवं परिपक्व भएपछि मात्रै क्रियात्मक cheap oakleys रुपमा प्कट हुन्छन् । गौतम बुद्धले सत्यको खोजी गर्न राजदरबार, पत्नी, पुत्र, माता, पिता आदिको त्याग गरे, त्यसपछि फेरि फर्केर पनि हेरेनन् । यदि कुनै व्यक्तिलार्य राज्यले देश निकाला गरिदियो भने त्यसले पनि धरपरिवारको त्याग गरेको त भयो, तर त्यो परम दुःखदायी त्याग भयो । कारण स्पष्ट छ, त्यो व्यक्तिको शरीर घरपरिवारभन्दा टाढा गए पनि मन टाढा हुँदैन । त्यसको मन त पूर्ववत् धरपरिवारसँगै टाँसिईरहेको हुन्छ । त्यसको मनको आसक्ति घरपरिवारमा रहँदा जस्तो थियो त्यस्तै नै छँदैछ । माहात्मा बुद्धको त्याग भने बाह्यरुपबाट पनि र अन्तर मनबाट पनि भएको छ । यसै हुनाले उनको मन पत्नी, पुत्र, राजपाट आदितिर फर्किंदै फर्किउन । कदाचित शारीरिक रुपबाट राजदरबार देखिई नै हाल्यो भने पनि उनलाई केही फरक परेन । उनको त्याग hockey jerseys पूर्ण एवं फलीभूत भयो ।  साँचो कुरा त यो हो कि त्यागको कुार गर्दा वाणी संकुचित हुन्छ, यसको उचाई थाहा पाउन खोज्दा मन थाक्छ । तपाईं हामी यसलाई नाप्न सक्तैनौं । वर्तमानको यो स्वार्थपूर्ण समाजमा त्यागको कुरा गर्नु कोरा बकवासजस्तो लाग्छ । अहिले नै हामीइलाई कुनै स्वार्थ नराखी ‘आफ्नो घर त्याग’ भनेर यदि कसैले भन्यो भने हामीलाई छट्पटी हुन थाल्ने छ । हुनसक्छ केहीलाई त वेद, पुराण, कुरान, बाइबल पनि याद आउन सक्छन् । तैपनि तिनीहरूले घर छोड्न सक्ने छैनन् । जति मात्रामा आसक्ति हुन्छ, त्यति नै मात्रामा हामी हुँदैन हुँदैन भन्ने गर्छौं, तर घरभन्दा बढी छोरामा आसक्ति हुने भएकाले छोरालाई खुसीसाथ घर सुम्पिन सक्छौं । यसरी धेर थोर एवं सानो ठुाले मात्रावको भदका साथ हामी सबै त्याग गरिरहेका हुन्छौं, अनि यस्तो त्यागबाट प्रसन्न एवं सुखी cheap ray bans हुने गर्छौं । यसै हुनाले सर्वप्रथम मनद्वारा त्याग हुनुपर्छ, त्यसको क्रियात्मक स्वरुप त पछि मात्रै देखिन्छ । जब त्यागको भावना पूर्णरुपमा तयार एवं परिपक्व हुन्छ तब मात्रै त्याग बाहिर प्रकट हुन्छ ।
सच्चा प्रेमीले त्यागको परम शक्तिमय बाटोखर्चका भरमै हिंड्नुपर्छ । िसाधक कर्म, ज्ञान वा भक्तिमार्गमध्ये जुनसुकै मार्गमा जान चाहे पनि हातमा त्यागको लट्ठी छ भने उ नडराई आफ्नो लक्ष्यतर्फ बढ्न सक्नेछ । तर यदि हामीले सांसारिक भोग एवं स्वार्थमय वासनाको पूर्ति भैरहोस् भन्ने चाहना राखेर भगवानसँग प्रेम गर्न चाह्यौ भने त्यो आत्मवञ्चना मात्रै हुनेछ । यस्ता प्रमीहरूले त स्वयं आफ्नै लागि नरक राख्नुभन्दा पहिले अत्यन्त सावधानीपूर्वक संयम र त्यागको भावनालाई सघन एवं परिपूर्ण तुल्याउनु आवश्यक छ । प्रेम दिनका लागि भगवान् न केवल त्यातमय प्रपवासना छ कि छैन भनेर हेर्नुहुन्छ । जाति, कुल, विद्या, पद, लोक आदि केही पनि हेर्नुुहुन्न । हेर्नुहुन्छ त केवल हाम्रो त्यागमय चित्तवृत्तिलाई र समर्पणको शुद्ध इच्छालाई हेर्नुहुन्छ ।
यसप्कार पूर्ण त्याग एवं पूर्ण समर्पणको शिक्षा गोपिनीहरूका निर्मल एवं पावन चरित्रबाट र उनीहरूका प्रेममय जीवन लीलाबाट प्राप्त हुन्छ, जसको प्रेम एवं समर्पणद्वारा परात्पर ब्रम्ह श्रीकृष्ण सम्मोहित हुनुभएको थियो । ‘म गोपिनीहरूको ऋणी छु’ भनेर भगवानले घोषणा गर्नुभएको थियो । त्यो ऋण तिरेर तिरिने कुरा पनि थिएन, किनकि गोपिनीहरूलाई त श्रीकृष्णसँग न लोकमा केही लिनु थियो न त परलोकमा । यदि यसभन्दा बाहेक पनि केही थियो कि भन्ने हो भने पनि त्यो पनि थिएन । जब प्रेमीले लिने भन्ने नै बिर्सिसकेको थियो भने दिनेवालाले के नै देओस् र कसरी देओस् ?  यहाँ हामी भने भगवानसँग प्रेमगर्ने कुरा सोचिरहेका त हुन्छौं, तर भगवानसँग के माग्ने भनेर लम्बाचौंडा लिष्ट पनि तयार गरिरहेका हुन्छौं । त्यसमा पनि प्रत्येक दिन नयाँ नयाँ कुरा थप्दै जान्छौं । यस्तो मनोवृत्ति लिएर प्रमपथमा जाँदा कदजापि त्याहाँ प्रवेश पाईंदैन । केवल त्यागको जगमा मात्रै प्रेमको मंगलमय एवं शोभनीय महलको निर्माण हुनसक्छ । त्यहीं मात्रै, केवल त्यहीँ मात्रै आनन्दको निवास हुन्छ ।

(जगद्गुरु श्री कृपालु जी महाराजको प्रबचनमा आधारित

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *