भारतका कारण जलविद्युत् उत्पादन बन्द

नवलपरासी/ नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको छ । भारतले यस वर्ष पनि नहर मर्मत सम्भार गर्नका लागि भनी नहरमा पानी बन्द गरेका कारण जिल्लाको गुठीसूर्यपरामा अवस्थित विद्युत् उत्पादन गृहमा उत्पादन बन्द हुन पुगेको हो ।
१५ मेगावाट क्षमता रहेको विद्युत् उत्पादन गृहमा नहरमा पानी हुँदाको अवस्थामा समेत चार मेगावाट मात्र विद्युत् ray ban sunglasses उत्पादन हुँदै आएको थियो । यद्यपि अहिले नहरको सरसफाइ तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भारत सरकारले पानी नहरमा बन्द गरेपछि विद्युत् उत्पादन बन्द हुन गएको हो । विद्युत् उत्पादन बन्द भएपछि गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर ३३ किभी र ११ किभीमा ट्रान्सफर गरी आपूर्ति गरेको गृहका निमित्त प्रमुख वीरेन्द्र शाहले बताए । गृहमा जडित तीन वटा टर्वाइनमध्ये टर्वाइन नम्बर ३ मात्र संचालनमा रहे पनि अन्य १ र २ नम्बरको युनिट वर्षौंदेखि बिग्रिएका कारण बन्द अवस्थामा छन् । टर्वाइन नम्बर १ cheap oakleys पूर्णरुपले बिग्रिएको अवस्थामा छ भने लामो समयदेखि बिग्रेको अवस्थामा रहेको टर्वाइन नं. Fake Oakleys २ को मर्मत कार्य पूरा भइसकेकाले अब नहरमा पानी आएपछि संचालनमा ल्याउने तयारी गरिएको छ । अब केही सातापछि नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टर्वाइन संचालनमा ल्याई करिब आठ मेगावाट विद्युत् उत्पादन गर्ने गृहले लक्ष्य लिएको छ । भारत सरकारले सन् १९६६ मा cheap ray bans विद्युत् उत्पादन गृहको प्रोजेक्ट सुरु गरी सन् १९७९ मा मात्र संचालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौताअनुसार उत्पादन गृह १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा उत्पादन गृहमा जडित सम्पूर्ण टर्वाइन, जेनेरेटर र cheap nfl jerseys मेसिनसहित प्रविधि फेर्न पर्नेमा अहिले ३६ वर्ष भइसक्दा पनि सामान्य मर्मतका भरमा विद्युत् उत्पादन गृह संचालन हुँदै 00:35:59 आएको छ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *