‘ मलाई बल्ब बेचेर जनताको पैसा खानु छैन, २/४ घण्टा लोडसेडिङ गरेकै भए करोडौं कमाउन सक्थेँ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बोल्दा बोल्दै भावुक भएका छन् । आफूले निकै इमान्दार भएर काम गरिरहेको तर नियोजितरुपमा चरित्र हत्या गर्ने काम भएको भन्दै दुःखेसो पोखे । एलईडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको आरोपको खण्डन गर्ने क्रममा गला अवरुद्ध पार्दै घिसिङले भने,‘ मलाई बल्ब बेचेर जनताको पैसा खानु छैन, २/४ घण्टा लोडसेडिङ गरेकै भए करोडौं कमाउन सक्थेँ।’ मंगलवार पत्रकारहरु माझ निकै भावविह्ल हुँदै घिसिङले भने,‘भ्रष्टाचार भएको प्रमाणित भए झुन्डिन तयार छु । नत्र यस्ता भ्रामक प्राचार नगरिदिनुहोला ।’

लिड बल्बको प्रयोगले करिब दुई सय मेगावाट विजुली खपत हुने पनि जानकारी गराए । उनले १३ वर्षयता दिनमा १६ घण्टासम्म लोडसेडि भएको घटनालाई पनि स्मरण गरेका छन् ।

तस्बिरः अमुल थापा

तस्बिरमा हेर्नुस् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसरी रोएँ

 

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *