महिला बडी–बिल्डर ननिताले नेपाललाई दिलाइन् ऐतिहासिक सफलता

विश्व बडी–बिल्डिङमा कास्य जित्ने पहिलो नेपाली महिला

काठमाडौं/ नेपाली महिला बडी–बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी–बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन् । उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक fake oakleys जितेकी छन् । ३१ वर्षीय cheap jerseys ननिता महिला ‘एथलेटिक फिजिक’ को एक सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन् ।
उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन् । आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको cheap oakleys sunglasses कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन् । उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको बताइन् । उनले भनिन– ‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु ।’ सात वर्षको छोराकी आमासमेत रहेकी cheap nfl jerseys ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी–बिल्डिङको उपाधि जितेकी थिइन् । यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन् । ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र Wholesale NFL Jerseys इटालीकी Rock एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन् । पाँच महिला बडी–बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन् । रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन् । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । –सेतोपाटीबाट

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *