म पूर्णरुपमा भर्सटायल नायक बन्न चाहन्छु । नायक सन्तोष

म पूर्णरुपमा भर्सटायल नायक बन्न चाहन्छु । नायक सन्तोष
<img class="alignnone size-full wp-image-2845" src="http://universalnews7.com/wp-content/uploads/2017/03/Santosh_Royalnews1.jpg" alt="" width="480" height="715" srcset="http://universalnews7.com/wp-content/uploads/2017/03/Santosh_Royalnews1.jpg 480w, fake oakleys http://universalnews7.com/wp-content/uploads/2017/03/Santosh_Royalnews1-201×300.jpg 201w, http://universalnews7.com/wp-content/uploads/2017/03/Santosh_Royalnews1-300×447.jpg 300w” sizes=”(max-width: 480px) 100vw, 480px” />

नेपाली चलचित्र क्षेत्रका नायक एवं समाजसेवी सन्तोष तामाड.्ग सँग पत्रकार तथा लेखक पी.बी. कार्कीले नेपाली चलचित्रमा क्षेत्रमा प्रवेश, संलग्नता र संघर्षको  बारेमा गरेको छोटो भलाकुसारी ः

नेपाली चलचित्र क्षेत्रमा तपाईले कसरी प्रवेश गर्नुभयो, जानकारी दिनुहोस न ?

मेरो चलचित्र Cheap nfl jerseys क्षेत्रमा प्रवेशको कारण गजबकै छ भन्नुपर्छ । मेरो गुड लुक्स वा सुन्दर अनुहार, आकर्षक ब्यक्तित्व र लोभलाग्दो शरीर भएकै कारणले म नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको होईन यसमा मेरो जीवनमा केही यस्ता घटना घटेका थिए जसको कारण म यस क्षेत्रमा आउनका लागि उक्सायो । घटना के थियो भने हामीले एच.आई.भी. एड्स सम्बन्धी बिभिन्न स्कूल र कलेनहरुमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको थियौ यस क्रममा त्यहाँका बिद्यार्थी भाई बहिनीहरु म प्रति निक्कै आर्कषित भएर मेरो अटोग्राफ लिने, अरु संग भन्दा म सँग बढि झुम्मिने जस्ता कार्यहरु भएको देख्दा मलाई कताकता भित्र मनमा लाग्यो कि कतै म मा पनि एक नायक तथा सेलीब्रेटीमा हुनुपर्ने गुण वा एक आर्कषक ब्यक्तित्वमा हुनुपर्ने गुण रहेछ जस्तो लाग्यो । फेरी अर्को कुरा के भयो भने म साथीहरुले काम गरिरहेको म्यूजिक भिडियो र चलचित्रहरुको छायाकंन स्थलमा सुटिड.्ग हेर्न जाने क्रममा पनि त्यहाँ भेला भएका दर्शकहरुले मलाई पो फिल्मको नायक जस्तो मानेर म संग कुराकानी गर्न खोज्ने मलाई आएर यस फिल्मको नायक तपाई हो ? जस्ता प्रश्न गर्ने जस्ता घटनाका कारण मलाई लाग्यो कि म पक्कै पनि एक कलाकार बन्न सक्छु भनेर त्यहि भएर पनि म यस क्षेत्र प्रति मेरो बढि आर्कषण बढ्यो त्यही हौसलाले म यस क्षेत्रमा प्रवेश गरेको हु ।
अहिले सम्ममा कति वटा चलचित्रमा काम गरिसक्नु भयो त ?
नमस्ते, नयाँ नेपाल एक्सप्रेस, फोर्स र दलाल गरी ४ वटा नेपाली चलत्रिचमा काम गरिसकेको छु । अन्य नयाँ बन्ने केही चलचित्रहरुमा कुराकानी चलिरहेको छ ।
अहिलेसम्म आफुले गरेका कामहरुबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ त ?<br cheap nfl jerseys />
यदि आफ्नो कामबाट पूर्ण सन्तुष्ट भयौ भने त थप मिहेनत गर्न अल्छी गर्छौ भन्ने लाग्छ । यो सिक्ने र परिस्कृत वा ग्रुमिड. गर्ने कार्य नटुडि.्गदो प्रकृया हुने भएकोले मलाई अरु राम्रो अभिनय गरेर दर्शकको हद्धयमा बस्ने चहाना छ ।
कस्तो किसिमको पात्र वा चरित्रमा काम गर्ने इच्छा छ त अब ?
म पूर्णरुपमा भर्सटायल नायक बन्न चाहन्छु र एउटा सफल नायक बन्न बिभिन्न किसिमका पात्रहरुलाई पनि सहज र जीवन्त ढंगले निर्वाह गर्न सक्नुपर्छ भन्ने लाग्छ ।


तपाई कुन विद्यामा सवल वा बलियो हुनुहुन्छ ?
मैले विगत १५, १६ बर्षदेखि निरन्तर रुपमा जिम गर्ने गरेको कारणले पनि मेरो शरीर बलिष्ठ भएको छ जसले गर्दा म एक्सन वा द्धन्दप्रधान चलचित्रमा बढी सुहाउँछ जस्तो लाग्छ । अन्य केही साथीभाईको सल्लाह पनि त्यस्तै छ तर मैले हरेक किसिमको रोल जस्तैः लभर ब्वाई वा रोमान्टिक रोल, गम्भिर वा सिरियस रोल वा रमाईलो वा कमेडी पनि गर्न सक्नुपर्छ । यसकारण पनि आफु सुहाउँदो र आफ्नो पूर्ण क्षमता देखाउन सकिने खालको पात्रको अभिनय गर्ने सोच रहेकोले आफुलाई शारीरिक र अभिनय क्षेत्रमा बलियो नै छु जस्तो लाग्छ । अरु त मैले गरेको अभिनय दर्शकहरुले हेरेर उहाँहरुले दिने प्रतिक्रिया र सुझाव दिने कुरा हो नी होईन र ? एक कलाकारले त आफुले निर्वाह गरेको भूमिका सबै प्रकारले जीवन्त नै गर्न खोजेको हुन्छ म पनि त्यही नै गर्ने प्रयासमा रहेको हुन्छु ।
तपाई अलि चुजी वा सेलेक्टेड हुनुहुन्छ भनेर सुनिन्छ नी, यसबारेमा के भन्नु हुन्छ ।
म चुजी वा सेलेक्टेड भन्दा पनि बढी सजग वा कन्सियस ब्यक्ति हुँ । म मेरो चलचित्रको स्क्रीप्ट देखि निर्देशकको बारे चाख वा इन्टेस्ट राख्छु । अलि अलि चुजी र कन्सियस भएन भने त अफर गरिएका चलचित्रहरु कस्ता छन भनेर राम्रो जानकारी नहुन सक्छ ।
तपाई स्क्रिप्ट डिमाण्ड ray bans sale गर्नु हुन्छ रे नी त ?
यो कुरा तपाईले ठीकै सुन्नुभयो । म आफुले काम गर्न लागेको चलचित्रको स्क्रीप्ट डिमाण्ड गर्छु । म मेरो भूमिकालाई अझ नजिकबाट बुझ्न र त्यो भूमिकालाई न्याय दिनलाई स्क्रीप्ट माग्छु वा डिमाण्ड गर्छु । यस बिषयमा निर्देशक ज्यूहरु संग केही सल्लाह सुझाव लिन पनि त पछि पर्दिन नी ।
कतै तपाई बलिउड नायक आमिर खान झै निर्देशक माथि नै हस्तक्षेप त गर्नु हुन्न नी ?
हा हा हा हा (लामो हासो) यो चाही गलत र भ्रमपूर्ण कुरा भयो cheap oakleys sunglasses जस्तो लाग्यो । म एकजना कलाकार भएको कारणले आफुले निर्वाह गर्न लागेको पात्रलाई राम्रो बनाउन र आफु त्यो पात्र जस्तो बन्नलाई मात्र स्क्रीप्ट माग गर्ने हो मलाई मैले भने जस्तो हुनु पर्छ भनेर माग गर्ने होईन । यसरी आफ्नाृे काम वा अभिनय सम्बन्धी केन्द्रित वा फोकसड् हुन्छु । चालिस, पचास लाख भन्दा बढी लगानीमा निर्माण हुने चलचित्रमा धेरै डिपार्टमेन्ट हुन्छ र यी सबै कुराहरुलाई सम्हाल्ने निर्देशक हुन्छन । त्यसैले निर्देशक माथि हस्तक्षेप गर्नु त गलत कार्य र मुर्खता नै हो नी । मेरो कार्य चाहि निर्देशक माथि हस्तक्षेप होईन बरु निर्देशकलाई मबाट राम्रो काम वा अभिनय निकाल्न सहयोग गर्छु । म आफ्नो कामप्रति समर्पित हुन्छु ।
अन्तमा तपाईका आगामी प्रोजेक्टहरुका बारेमा केही बताई दिनुहोस न ?
तीन चार वटा चलचित्रहरुबाट ПК अफर वा प्रस्ताव आएका छन । विश्वास छ यो २०७३ सालमा कुनै एउटा चलचित्रमा अवश्य आबद्ध हुनेछ । अन्तमा तपाईले मेरा दुई तितामिठा शब्दहरु दर्शक पाठकहरु बीच राख्ने अवसर दिनु भयो यसको लागि तपाईहरुको मिडिया ग्रुपलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *