यस्तो प्रलोभनमा पारेर भारत लगिँदै थियो चारसय नेपालीलाई !

इलाम/ माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका चार सय महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ । रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ ।
शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान भनि हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एकसय ६९ जना र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन् । सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जेलिङ, सिलिगुढी, मिरिक, सुकियालगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको हो । यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ । खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो संख्यामा हराएका बालिका र महिला भेटिएका छैनन् । गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु हिंसा र भूकम्पका कारण इलामसहित cheap oakley sunglasses नुवाकोट, cheap nfl jerseys सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट हराएका महिला र fake ray bans बालिकाको संख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउँछिन् । सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा cheap oakleys निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ мира । हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ । आव ०७२/०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ । cheap oakleys outlet आव २०७१/०७२ मा एकसय २५ महिला हराएकामा ८६ जना फेला परेपनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । आव २०७०/०७१ मा एकसय १६ जना हराएकामा ८५ जना भेटिएपनि ३१ जना अझै फेला परेका छैनन् । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *