यो देश केही वर्षयता अवैध निकासी र तस्करीको केन्द्र बनेको छ। -डा. सुवेदी

 यो देश केही वर्षयता अवैध निकासी र तस्करीको केन्द्र बनेको छ।

– डा देवीप्रसाद सुवेदी

सरकारी औद्योगिक नीतिबिहीनताको मारमा पछिल्लो चरणमा आएर नेपालका स्वास्थ्य सेवासँग सम्बन्धित उद्योग परेका छन्। भर्खरै नेपालको एलोपेथिक औषधि उत्पादक संस्था शाही औषधि लिमिटेड सरकारले बन्द नै गरेको छ भने नेपालको एकमात्र आयुर्वेदिक औषधि उत्पादन केन्द्र सिंहदरबार वैद्यखानाले उत्पादनको संख्या र परिमाण घटाउँदै लगेर यो संस्था कुनै पनि बेला बन्द हुने सङ्केत दिइरहेको छ। यी दुवै अवस्था नेपालको आत्मनिर्भरताको बाटोमा अघि बढ्ने पाइलाका स्पष्ट अवरोध हुन्।

पतञ्जलि आयुर्वेदले दाङमा औषधि उत्पादन केन्द्र स्थापना गरेमा नेपालको जडीबुटी र वनस्पतिमा एकाधिकार जमाउनेछ र आयुर्वेदिक औषधिका निम्ति नेपालको आत्मनिर्भरता समाप्तप्रायः हुनेछ।

नेपाललाई परनिर्भरताको दिशातिर धकेल्ने अभियान त २०४६ सालपछिका पार्टी सरकार र तिनका अगुवाले नै थालिसकेका हुन््। जुनबेला भृकुटी कागज उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, कृषि औजार केन्द्र आदि उद्योग क्रमशः बन्द गरिएका थिए र ती उद्योगले सम्बन्धित उत्पादनद्वारा देशको आवश्यकता पूरा गर्नेतिर गहकिलो पाइला चालेका थिए। दाता मुलुकको अपेक्षा पनि सम्बन्धित उद्योगबाट उत्पादित वस्तुले नेपाल आत्मनिर्भरतातिर अगाडि बढोस् भन्ने थियो शायद। यदि उपर्युक्त उद्योगलाई सरकारी सहयोगमा अरु विस्तारित गरेको भए वा मुलुकभित्रकै उद्योगपतिलाई निजी स्तरमा संलग्न गर्न दिएको भए नेपालले धेरै हदसम्म आत्मनिर्भर बन्ने अवसर पाउने थियो। तर त्यसमा नेपाल पराजित भएको र नेपाललाई दास भएको देख्न चाहने दलाल र कमिसनखोरले नेपालमा त्यो अवसर आउन नदिएको अवस्था थियो त्यो। त्यहाँदेखि अहिलेसम्म पनि नेपालका कतिपय उद्योगधन्दा बन्द भइरहेका छन्  र कैयौँ बन्द हुने अवस्थामा छन्। त्यही अवस्थामा लामो समयसम्म रहँदारहँदै शाही औषधि लिमिटेडको अवसान भयो र  सिंहदरबार वैद्यखाना अहिले घिट्घिटी सास फेरिरहेको छ।

 एलोपेथिक होस् वा आयुर्वेदिक होस्, औषधिका कच्चा पदार्थ वनस्पति र जडीबुटी नै हुन् र नेपाल त्यसका लागि महत्वपूर्ण भण्डार हो। हिमालदेखि तराईसम्मको भू–भागमा पाइने यस्ता Q: असंख्य वनस्पति र जडीबुटी भने नेपालका सन्दर्भमा आफ्नो नाभीमा रहेको सुवाससँग अनभिज्ञ रहेर अन्यत्र भौतारिएर हिँड्ने कस्तूरी मृग hockey jerseys जस्तो भएका छौँ हामी। यहाँका जडीबुटी भारतमा पुग्छन् र त्यहाँ उत्पादन भएका डाबर, वैद्यनाथ आदि आयुर्वेदिक औषधि कम्पनीका उत्पादनले यहँाको बजार अधीनमा लिन्छन्। यस्तोमा देशको एकमात्र सरकारी आयुर्वेदिक औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना रुग्ण शैयाबाट त्यो टुलुटुलु हेर्न विवश छ।

 नेपालमा आयुर्वेदिक चिकित्सा पद्धतिका विषयमा गहिरो रुचि राख्ने वा उसको उन्नतिमा चासो राख्ने सक्षम व्यक्ति वा संस्थाको अभाव यतिखेर खट्किँदैछ। यो आयुर्वेदिक संस्थासँग सम्बन्धित आयुर्वेदिक क्याम्पस र त्यसबाट उत्पादित चिकित्सकहरु पनि गरुडको छायाँमा परेका सर्पझैँ एलोपेथिक चिकित्सा पद्धति र तिनको हैकमका अगाडि नतमस्तक बनेका पाइन्छन्। एलोपेथिक चिकित्सक र चिकित्सा क्षेत्रमा तिनको फस्टाउँदो व्यापारका अगाडि आयुर्वेदका वैद्य निरीह देखिन्छन्। आयुर्वेदमा विज्ञता प्राप्त गरेर त्यस क्षेत्रमा केही नयाँ अनुसन्धान गर्ने हिम्मत पनि तिनमा छैन र राज्य व्यवस्थापन तिनलाई सघाउने र प्रोत्साहित गर्ने मनस्थितिमा पनि देखिँदैन। व्यवसायीकरणको बाटो छाडेर व्यापारीकरणको दिशातिर अघि बढेको यस देशको एलोपेथिक चिकित्सा क्षेत्र फस्टाउँदो छ र राजनीतीकरणका कारण कैयौँ डाक्टर डाक्टर नरहेर राजनीतिक नेता जस्ता बनेका छन्। यस्तोमा नेपालमा राणा शासनकालदेखि चल्दै आएका आयुर्वेदिक औषधालय धमाधम बन्द हँुदैछन् र भइसकेका पनि छन्। काठमाडौँको काखमा रहेको सिंहदरबार वैद्यखाना यस पछिल्लो समयमा आएर सिकिस्त बनेर थला परेको छ।

  साँच्चै नै यो देश आयुर्वेदिक औषधिको उत्पादनमा असफल नै बन्न पुगेको हो? कि यहाँ त्यसका लागि उपयुक्त वातावरण बन्न नसकेको हो? यस देशको भौगोलिक संरचनातर्फ दृष्टिगत गर्दा यहाँ हिमाल, पहाड र तराई तीनैथरी प्राकृतिक जलवायु र तिनमा पाइने विविध वनस्पतिहरुले यो मुलुक सम्पन्न छ। प्राकृतिक वनस्पति नै औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हुन्। यसरी हेर्दा यस देशलाई आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ आफ्नै भूमिभित्र उपलब्ध छन् तर पनि आफ्नो देशको स्रोत साधनबाट चल्ने औषधि उद्योग बन्द हुने स्थितिमा पुग्दा यस देशको राज्य संयन्त्रको त्यसप्रति कुनै चासो राखेको देखिँदैन। र, विदेशबाट आयातीत महँगो औषधिको उत्पादनका केन्द्रहरुलाई फस्टाउने अवसर दिइरहेको छ।

 यो देश केही वर्षयता अवैध निकासी र तस्करीको केन्द्र बनेको छ। मानव तस्करीदेखि मुलुकका विभिन्न महत्वपूर्ण सम्पदाहरुको मात्र नभएर अरु मुलुकको अवैध ओसारपोसारको स्थलसमेत बन्ने गरेको छ। यस्तोमा देशका महत्वपूर्ण प्राकृतिक सम्पदा अवैधरूपमा वा अति न्यून मूल्यमा विदेशिने गर्छन्। तर मुलुकको राज्यव्यवस्था त्यसको नियन्त्रणमा वा उचित व्यवस्थापनमा कमजोरमात्र नभएर लापरर्बाह पनि देखापर्छ। महँगो औषधि उत्पादन र त्यससँग सम्बन्धित अस्पतालहरुसँगको मोलमोलाइमा यहाँका दल र तिनका नेता सक्रिय देखिन्छन्। तिनको मन–मस्तिष्कको कुनै कुनामा पनि देशको चिकित्सा क्षेत्रलाई आत्मनिर्भरतातिर उन्मुख हुने कुनै योजना बन्नु त परैको कुरा, भएका योजनालाई पनि मन्द विष दिएर मृत्युतिर उन्मुख बनाउनुको अभिप्राय के हो? यस प्रश्नले उत्तर अपेक्षा गरेको छ।

 नेपालबाट कैयन् वनस्पति जडीबुटी आफ्नो भूमिमा लगेर औषधि उत्पादन गर्ने डाबर, वैद्यनाथलगायत आयुर्वेदिक औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधि भारतीय मुद्रामा नेपालमा बिक्री हुँदै आएको दशकौँ भइसक्यो। अहिले आएर योगगुरु रामदेव र उनका सहयात्री एवम् वनस्पतिविद् बालकृष्णले नेपाली भूमिमा पतञ्जलि आयुर्वेद औषधालयका साथै औषधि उत्पादनका निम्ति दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको २०० विघा जमिन भाडामा लिन सरकारसँग माग गरेको समाचार प्रकाशनमा आएको छ।

 योगगुरु रामदेव भारतलाई कालो धन्दाको धनको फन्दाबाट मुक्त गर्ने अभियानका प्रमुख अभियन्त्ता हुन्। उनको पतञ्जली योगपीठ भारतमूखी बजारको उत्पादनका कारण अहिले भारत र नेपालमा समेत चर्चाको विषय बनेको छ। यसै पनि भारतीय अर्थतन्त्रको मु्ठ्ठीभित्र रहेको नेपालको अर्थतन्त्रलाई मुठ्ठी अरु कसिलो बनाएर उम्कन नदिने उपायका रूपमा पनि यसले चर्चा पाएको छ। यद्यपि पतञ्जलि आयुर्वेद संस्थाले नेपालमा उक्त संस्थाबाट हुने wholesale jerseys लाभांश नेपालकै लागि उपयोग गरिने आश्वासन दिएको छ। तर त्यस आयुर्वेदिक उत्पादनबाट प्राप्त हुने मूल धन भने भारतमै जाने शंका नेपालीबीच व्याप्त भएको छ। यस सन्दर्भमा अर्को कुरा के पनि विचारणीय छ भने यदि पतञ्जलि आयुर्वेदले नेपालको मुख्य उत्पादनशील दाङको विश्वविद्यालय क्षेत्रमा आयुर्वेद औषधालय र औषधि उत्पादन केन्द्र स्थापना गरेमा त्यसले नेपालको जडीबुटी र वनस्पतिहरुमा एकाधिकार जमाई नेपालमा cheap ray bans आयुर्वेदिक औषधि उत्पादनका सम्भावनाहरु न्यूनीकरण गर्नेछ र आयुर्वेदिक औषधिका निम्ति fake oakleys नेपालको आत्मनिर्भरता समाप्तप्रायः हुनेछ।

 उपर्युक्त स्थितिमा नेपाली लगानीमा नेपालभित्रै cheap jerseys आयुर्वेदिक औषधि उत्पादन गर्ने र औषधालय स्थापना गर्ने सोचाइसम्म नआउनु आश्चर्य र चिन्ताको विषय हो। यहाँ आयुर्वेदिक विषयमा सभा–गोष्ठी हुँदा आयुर्वेदको गुनगान गाउने राजनीतिक नेताहरुले भाषणको मञ्च ओगटेका थुप्रै दृश्य देख्न सकिन्छ। आयुर्वेदको प्रमाणपत्र लिएका तर त्यस विषयमा सिन्को पनि नभाँच्ने राजनीतिक नेता र कार्यकर्ता यस मुलुकमा अनेकौँ पाइन्छन्। तर साँच्चिकै आयुर्वेदिक संस्था र उत्पादनका निम्ति अगाडि सर्ने कुनै मानिस भेटिँदैन। यहाँका उद्योगपति पनि नेपालमा आयुर्वेदिक उत्पादनको सम्भावनालाई न्यूनीकरण गर्दै भारतीय उत्पादन र बजारलाई प्रोत्साहित गर्न प्रवृत्त भएको आजको स्थितिले देखाइरहेको छ र यसलाई मौन स्वीकृित दिएर सरकारले आयुर्वेदिक औषधि र त्यसको उत्पादनका क्षेत्रमा परनिर्भरतालाई प्रोत्साहन दिइरहेको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालय यहाँका आयुर्वेदसम्बन्धी विज्ञ, आयुर्वेदिक चिकित्सक र सम्बन्धित शिक्षण संस्थासँग सम्बन्धित अगुवाले समयमै सामूहिक सोचाइ र कार्यगत तत्परता नदेखाए नेपालको आयुर्वेदिक विकासका ढोका सधैँका लागि बन्द हुने सम्भावना बढ्नेछ। मरणासन्न सिंहदरबार वैद्यखानाले त्यसकै सङ्केत दिइरहेको छ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *