लक्ष्मीपुजाबाट काठमाडौं झलमल हुँदै

काठमाडौं/ लक्ष्मीपुजाको दिनबाट काठमाडौं महानगरपालिकाको सबै वडा झलमल हुने भएको छ । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार महानगरका सबै वडाका सडकमा सौर्य उर्जा 온다 जडान गरिएकोले झलमल हुने भएको हो ।
महानगरका प्राविधिक कमल बाबु श्रेष्ठले दसैं अगाडी सौर्य बत्ती संचालन गर्ने भनेपनि आवश्यक मात्रामा ब्याट्री नआइपुगेकाले उक्त योजना असफल भएको बताए । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार लक्ष्मीपुजाको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सौर्य बत्तीको उद्घाटन गर्ने छन् । महानगरले तिहारमा सहरलाई उज्यालो, सुरक्षित र लोडसेडिङमा विद्युत्को बचत गर्ने उद्देश्यले सौर्य बत्ती राख्न लागेको हो । राजधानीका सबै ठाँउमा सौर्य बत्तीका पोल गाड्ने काम भइसकेको छ भने बत्ती जडान गरेर परीक्षणको काम भइरहेको छ । करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ । सौर्य बत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र
oakley outlet बाँकी १५ प्रतिशत स्थानीय उपभोक्ताले लगानी गरेका छन् । यो योजना अन्तर्गत महानगरपालिकाले करिब १६ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ भने बत्ती जडानमा उपभोक्ताले करिब नौ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछन् । महानगरपालिकाले गरेको प्रस्तावमा स्थानीय उपभोक्ताले पनि उत्सुकता देखाएपछि काम अघि बढेको कार्कीले बताए । सौर्य सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको cheap jordans छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष टिक्ने ग्यारेन्टी भएको हुनुपर्ने cheap authentic jerseys व्यवस्था छ । त्यस्तै महानगरले आगामी एक वर्षसम्ममा राजधानीका एक हजार ८५ वटा सोलार बत्ती जडानको तयारी गरेको छ । सौर्य बत्तीका पोलहरुमा २/३ साइजको डिजिटल विज्ञापन राख्न पाउने व्यवस्था गरिएको छ । यो आम्दानीबाट कम्पनीले महानगरलाई राजश्व र विज्ञापन कर तिर्नुपर्छ । गत जेठमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सौर्य बत्ती निर्माणका लागि आशय पत्र छनौट गरेको थियो । सोही छनौटका आधारमा महानगरले साउन fake oakleys तीन गते रिक्वेस्ट फर प्रपोजल (आरएफपी) आव्हान गरेको थियो । छनौटमा परेका कम्पनीले आधारभूत मापदण्ड पेस गरिसकेपछि सौर्य बत्ती जडानको cheap jerseys जिम्मा पाउने छ । महानगरपालिकाका प्रवक्ता कार्कीले सबै पक्ष हेरेर कम्पनीलाई अनुमति दिइने बताए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *