विश्वका प्रतिष्ठाको आधार धर्म नै हो । — डा. स्वामी प्रपन्नाचार्य

धर्मो विश्वस्य जगतः प्रतिष्ठा


— डा. स्वामी प्रपन्नाचार्य
यो एक्काईसौं शताब्दीको रफतारमा धर्मको अनेक अर्थ र अनेक परिभाषाहरु केही ब्यक्तिहरुले गर्ने गरेका छन् । तर वैज्ञानिक तत्वदर्शी ऋषिमूनि महर्षिहरुले गर्ने गरेको अर्थसँग तुलना गरेर हेर्दा त्यो ‘आग्राको कुरा गाग्राको कुरा आग्रामा’ भए जस्तै देखिन्छ । कसैको एकपक्षीय सोचाई छ भने कसैको त्यो भन्दा आधा । तर अर्कालाई दोष लगाउन अत्यन्त खप्पिस भएको देखिन्छ । यहाँ हामी वैज्ञानिक ऋषिमूनिहरुले गरेको अर्थाशलाई सूत्रात्मक रुपमा पाठकवृन्द सामु राख्ने प्रयास गर्ने छौं ।
सबैभन्दा पहिले सृष्टिको क्रम कहाँबाट भयो प्रश्नको  उत्तरमा उपनिषद्हरुले प्रष्ट रुपमा प्रष्ट्याएका छन । ‘आत्मन आकाशः सम्भूताः’ आत्मा माने परात्पर परब्रह्मा परमेश्वर त्यसबाट भूताकाश उत्पन्न भयो । ‘आकाशाद्धायुः’ त्यो भूताकाशबाट वायुको उत्पत्ति भयो । ‘वायोस्तेजः’ वायुबाट तेज माने अग्निको उत्पत्ति भयो । ‘तेजस आपः’ तेज माने अग्निबाट आप माने जलको उत्पत्ति भयो । ‘अद्भ्यः पृथ्वी’ जलमाथि पृथ्वीको उत्पत्ति भयो । अर्थात जलमा पृथ्वी स्थिर भई । ‘पृथ्व्यामोषधयषः’ पृथ्वीमा नाना प्रकारका खाद्य पदार्थ फलफूल औषधीहरु उत्पन्न भए । ती औषधीहरुबाट सम्पूर्ण प्राणीहरुको उत्पत्ति भयो । अर्थात ‘अद्यते ततोऽन्नम्’ जसलाई खाइन्छ त्यसलाई अन्न भनिन्छ । ‘अन्नाद्रेतः’ अन्नबाट रेतः माने वीर्य उत्पन्न हुन्छ । ‘रेतसो जीवः’ रेत भनेको वीर्यबाट समस्त प्राणी उत्पन्न हुन्छन् । यी समस्त प्राणीहरु सृष्टिको आदिकालमा एकै ठाउँमा उत्पन्न भएका थिए । यिनिहरुको खानपान, बोलीबचन, धर्मकर्म, समग्र एकै ठाउँमा थियो । यो मानव सृष्टि सुमेरु पर्वतबाट विश्वमा फैलिएको हो । त्यसैले वेदहरुमा ‘विश्वमेक नीडम्’ समग्र विश्वका मानव एकै ठाउँबाट अनेक ठाउँमा धेरै भएपछि जीविका निर्वाह गर्नका लागि फैलिएका हुन् । यो सृष्टिको सूत्रात्मक इतिहास राखिएको हो ।
त यही सृष्टिकालिक मानवले सृष्टिको उषाकालमा मानेर आएको धर्म हिन्दू धर्म हो । यसै धर्मबाट विश्वमा धर्म र पन्थहरु फैलिएका हुन् । आदिकालिक सनातन वैदिक हिन्दूधर्म पछि पारसी धर्म त्यसपछि हिब्रुलेटिन धर्म भाषा बने । त्यसपछि जेरुसेलममा आजभन्दा दुई हजार बर्ष पहिले जीसस क्राइष्टले क्रिश्चियन धर्मको स्थापना गरे । चीनमा कन्फ्यूसिया र सातवाँ शताब्दीमा मोहम्मद साहवले लालसागरको किनारैमा स्थित मक्कामा कुरेसी पांडे बाहुनहरुका आपसी लडाईमा मुसलमानहरुको इस्लाम धर्मको स्थापना गरे । यस्ता अनेकौं धर्म अहिले विश्वमा फैलिएका छन् । भविष्यमा पनि फैलिदै जानेछन् । यसमा सन्देह छैन ।
तर वैदिक सनातन हिन्दू धर्म भित्र नै पनि सौर्य, शाक्त, गाणपत, जैन, बौद्ध, शिख, लिङ्गयत, काश्मीरी शैव, पाञ्चरात्र तथा रामानुज, निम्बार्क, माध्व, विष्णुस्वामी, चैतन्य, बल्लभ, रामानन्दी, कवीर पपल्दु, दादु, धीसा, लाल कुर्ति, उदासीन, दरिया, जोस्मणि, प्रणामी आदि एक सय छत्तीस सम्प्रदाय नेपालभित्र वर्तमा विद्यमान छन् । जैनहरुमा श्वेताम्बर, दिगम्बर, ढुण्डिया, तहपन्थी आदि छन् । बौद्धहरुमा हीनयान, माहायान, वज्रयान, तन्त्रयान, मन्त्रयान, सहजयान, निङमापा, साक्यापा, कायुक्पा, ग्यालुक्पा आदि थुप्रै हिन्दू धर्म भित्रका छन् । यी कुनै दुइ ढाइहजार बर्षदेखि यता उता विभक्त भएका हुन् ।
यसरी हिन्दू धर्मको उदारताले यत्रा सम्प्रदाय र पन्थ उपपन्थ आदिलाई जन्माएका छन् । तर यहाँ मैले यति नै हो चाहीं भनेको हैन । भारतीय लेखकहरुको मतमा हिन्दू धर्मले सृष्टिकालदेखि अहिलेसम्म एक हजार सम्प्रदाय पन्थ बनाइसकेको छ । तर अनेकतामा एकता यही हिन्दू धर्मको विशेषता रहेको छ । यद्यपि ज्यादै नुन खुर्सानी खाने र मलुवा खाने जस्तो चाहीं भेदभाव देखिएता पनि त्यो fake ray bans नगन्य हो र आफ्नै परिवार भित्रका तीतो मीठो भोजन सरह मात्रै हो । त्यसैले ॐकार परिवार भित्र जो समन्वय छ, त्यो हाम्रो समन्वय सृष्टिकालदेखि आधुनिक कालसम्म अक्षुण्ण रुपमा रहेर आएको छ ।
सृष्टिकालदेखि लिएर यहाँसम्म सम्प्रदाय, पन्थ आदिको इतिहास सूत्र रुपमा बताइयो । विज्ञ पाठकवृन्दले मनन् पूर्वक अध्ययन गरे अझ गहिरो कुरा निक्लेला ।
मूल कुरा ‘धर्मो विश्वस्य जगतः प्रतिष्ठा’ सम्पूर्ण जगतको आधार के हो ? भनेर प्रश्न गर्दा धर्म नै हो cheap oakleys भनेर उपनिषदादि शास्त्रहरुले उत्तर दिएका छन् । यहाँ नारायणोपनिषद्को मन्त्रको सानो व्याख्या पाठकवृन्द समक्ष सूत्रात्मक रुपमा राख्ने बिचार गरें । पूरा मन्त्र यहाँ हेर्नुहोस् —
धर्मो विश्वस्य जगतः प्रतिष्ठा
धर्मिष्ठं प्रजा उपसर्वन्ति ।
धर्मेण पापमपनुदति धर्मे सर्वं प्रतिष्ठितम् तस्मात्
धर्मं परमं वदन्ति ।।
विश्वका प्रतिष्ठाको आधार धर्म नै हो । त्यसैले धर्ममा आस्था राख्ने, धर्ममा निष्ठा राख्ने धर्मिष्ठ महापुरुषका पासमा सबै प्रजा धर्मका आचरण, शील स्वभाव, दानपुण्य, विश्वबन्धुत्व र भातृत्वको ज्ञान उपदेश सुन्नका लागि धर्मको मर्म बुझ्ने धर्मिष्ठ महापुरुषको साथमा जान्छन् । त्यहाँ गएपछि अर्थात त्यस महापुरुषको पासमा गएपछि धर्मले के गर्छ ? भनेर धर्मिष्ठ महापुरुषको पासमा गएर प्रजावर्गले सोध्छन् । त्यसको उत्तरमा धर्मिष्ठ महापुरुषले भन्नुहुन्छ ‘धर्मेण पापमपनुदति’ धर्मले पाप दुर हुन्छ । तर पाप दुर हुन्छ भनेर यता धर्म गर्दै जाने उता पाप गर्दै जाँदा धर्मले पापको अपनोदन गर्न सक्तैन । त्यो त एकफेर भूलमा परेको पाप हटाउन सकिन्छ र त्यो धर्मले पापलाई हटाउँछ । तर ,진미각,통… हमेशा पाप गर्दै धर्मले पापलाई हटाउने कोशिश गर्दा धर्मले पापकदापि हटाउन सक्तैन । जस्तै कुनै अपराधीलाई एकदफे क्षमा गरेपछि अर्को दफे क्षमा गर्न भनेको त्यसको अपराधलाई प्रोत्साहन दिनु हो । त्यसैले जति जति क्षमा दियो उति उति उसले अपराध गर्दै जान्छ । त्यसैले क्षमा भनेको एकै दफे दिइन्छ । बार बार क्षमा दिईंदैन । यस्तै धर्मले पनि एकै दफे गरेको पापको अनुमोदन गर्छ । cheap jerseys तर बार बार गरेको पापको अनुमोदन गर्दैन । त्यसैले धर्म भनेको धर्मराजको तुला हो । सत्यको स्वरुप धर्म हो । त्यसैले धर्म मानव जीवनको सर्वश्रेष्ठ चारित्रिक स्वरुप हो । त्यसैले उपनिषद्ले ‘तस्मात् धर्मं परमं वदन्ति ’ भनेको हो ।
तर यहाँ उपर्युक्त मन्त्रमा धर्मका श्रेष्ठता र धर्मको फल मात्र बताइएको छ । धर्मको लक्षण चाँहि स्पष्ट रुपमा बताइएको छैन । यसको गहकिलो प्रस्तुतिकरण महर्षि कनादले वैशेषिक दर्शनमा ‘अथातो धर्म व्याख्यास्यामः’ भनेर प्रतिज्ञावचन राखेर दोस्रो सूत्रमा धर्मको लक्षण गर्नुभयो ।
‘यतोद्रभ्युदय निश्रेयस सिद्धिः स धर्मः’
जसले यस लोकमा चौतर्फ उन्नति गराउँछ र मरणान्तमा निश्रेयसः भनेको मोक्ष दिन्छ, त्यसलाई धर्म भनिन्छ । सूत्रमा प्रयोग गरिएको अभ्युदय शब्दको अर्थ हो समस्त ज्ञान विज्ञानको fake oakleys उन्नति जसमा इहलौकिक रहनसहन, खानपान, चलन चरित्र भौतिक विज्ञान आदि अभ्युदय शब्दले बताएको हुन्छ । सूत्रमा प्रयोग गरिएको निश्रेयस शब्दको अर्थ हो सामान्य पूजा पाठ, कीर्तन, भजन, जप, तप, समाधि आदिदेखि लिएर जबसम्म मोक्ष हुँदैन तबसम्मका लागि समस्त धार्मिक क्रियाकलापहरु भाष्यकरहरुले निश्रेयस शब्दको अर्थ गर्दा मोक्ष भनेका छन् । मोक्षको असली अर्थ बन्धनबाट छुट्नु हो । जबसम्म मानव बन्धनमा पर्दैन तबसम्म छुट्ने वा उम्कने प्रयास गर्दैन । यहाँ काम, क्रोध, लोभ, मद, मात्सर्य, इष्र्या, उपमान, छुत, आधि, व्याधि र भय, लज्जा, मान, अपमान आदि समस्तको नाम बन्धन हो । यी बन्धनहरुबाट जब जखडिएर मानव दुःखको भुब्रोमा भुत्भुतिन थाल्छ तब बन्धनबाट मुक्त हुनको लागि फत्फकिन्छ र प्रयास गर्दै जाँदा एक दिन मोक्ष प्राप्त गर्दछ । मुक्ति र लिङ्ग मात्रका भेद देखिन्छ । जस्तै मोक्ष शब्द पुलिङ्ग हो भने मुक्ति शब्द स्त्रीलिङ्ग हो । सायुज्य शब्द नपुसंकलिङ्ग कतै पुलिङ्गमा प्रयोग भएता पनि प्रकृति, प्रत्यय र लिङ्गार्थमा नगएर त्यसको तात्पर्य अर्थमा जाँदा समस्त बन्धनबाट मुक्त हुनु हो ।
धर्म मानव सद्वृत्तिको क्रियाकलाप हो भने धर्म शब्दको धात्वर्थ धारण गर्नु हो । ‘धृ’ धातुको अर्थ धारण र पोषण गर्नु हो । त्यसैले ‘धारतीति धर्मः, धृयते इति धर्मः ’ जसलाई समस्त मानवले धारा गर्दछ, त्यसको नाम धर्म हो र जसले समस्त मानवलाई धारण गर्दछ त्यसको नाम धर्म हो । यसको अर्थ यो हो कि संसारमा धर्मबिना कोही बाँच्न सक्तैन । धर्मभित्रै बाँचेको हुन्छ, धर्मभित्रै मरेको हुन्छ र धर्मभित्रै जन्मिन्छ । यस परिस्थितिमा मानव धर्म निरपेक्ष कसरी हुन सक्छ ? अर्थात धर्मसापेक्ष मानवजीवन, धर्मसापेक्ष देश वा राष्ट्र धर्मसापेक्ष मात्र मानव मात्र होइन । समस्त पद पदार्थ धर्मसापेक्ष हुन्छन् । यहाँ खुलस्त भन्नुपर्दा धर्म, आचरण, शील, स्वभाव र सौजन्य पूर्वक अनुष्ठान गरिएका मानव क्रियाकलाप मात्रै नभएर स्वयं परमात्मा नै धर्म हो भन्ने कुरा महर्षि बाल्मीकिको बाल्मीकि रामायणले प्रस्ट पारेर भनेको छ । अतएव ‘रामो विग्रहवान् धर्मः’ भनेर महर्षि बाल्मीकिले भगवान श्रीरामलाई धर्मको मूर्त स्वरुप बताउनु भएको छ । त्यसैले धर्म ईश्वर स्वरुप भएको हुनाले ईश्वर सब घटबासी सर्वान्तरयामी सर्वब्यापक निरञ्जन स्वरुप भएको हो भनेर उपनिषद्हरुले बताएका छन् । यद्यपि पूर्वमीमांसाकार महर्षि जैमिनिले ‘चोदनार्थो लक्षणो धर्मः’ भनेर धर्मको व्याख्या प्रारम्भ गरेका छन् । महर्षि जैमिनिका अनुसार प्रेरणात्मक जो लक्षण छ वेदार्थ लक्षण त्यसलाई धर्म भनिन्छ । अर्थात वेद प्रतिपाद्य अन्तर क्रियाकलाप नै धर्म हो ।

यस रीतिले समग्र वेदाशास्त्रहरुले धर्मको समन्वय गर्दै धर्म नै सर्वोत्तम हो भन्ने कुरा प्रष्ट बताएका छन् । त्यसैले धर्म शब्दको नानार्थ बताए पनि मूल एकार्थ क्रियाकलाप नै धर्म हो । त्यसैले महाभारतको भीष्मपर्वगीताको चौथो अध्यायमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ — जब जब धर्मको नाश हुन्छ, तब तब म अवतार लिन्छु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूना विनाशय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
यो कृष्ण भगवान्को श्रीमुखारविन्दबाट निक्लेको प्रतिज्ञा बचन हो । जब जब धर्मको ह्रास हुन्छ र अर्धमको उत्थान हुन्छ, त्यस बेला म युग युगमा अवतार लिने गर्दछु । अवतार लिएपछि  साधुजनको रक्षा गर्छु र अन्याय गर्नेहरुको नाश गर्छु भन्ने भगवान कृष्णको प्रतिज्ञा बचन शासन, अनुशासन प्रशासनमा आधारित छन् शासन आफुमाथि आफैले गर्नुपर्ने हुन्छ । अनुशासन अरुमाथि गरिन्छ र जसले अनुशासन मान्दैन त्यसमाथि प्रशासन गरिन्छ । प्रशासनको चार भेद हुन्छ — साम, दाम, भेद र दण्ड । यी चार मध्ये तडन, प्रताडन, विभेद र अन्तिममा दण्ड दिने गरिन्छ । त्यसमा पनि दण्ड कईं प्रकारका हुन्छन् । शारीरिक दण्ड, आर्थिक दण्ड, यातना दण्ड र अन्तिम केही सीप नलागे पछि मृत्युदण्ड पनि दिने गर्दछन् ।
यी सबै समाविष्ट विषयहरु हुन् । यसमा धेरै अबुझ र आफ्नै स्वार्थ सीधा गर्ने ब्यक्तिहरुले यस्ता कुरालाई नरुचाएता पनि स्वभावसिद्ध न्यायकारी र धर्मात्मा तथा सत्यवादीहरुले यसलाई नकार्न सक्तैनन् । तर धर्मको जो स्वरुप छ, त्यसलाई बुझ्नु अत आवश्यक हुन्छ ।
यदि बुझ्न प्रयास गरिएन भने सत्य नै भए पनि फिका हुन्छ र फ्यातुलो पनि । न्याय फ्यातुलो भयो भने, धर्मदण्ड फ्यातुलो भयो भने र कुनै पनि राष्ट्रको सरकार फ्यातुलो भयो भने र स्वार्थका वशमा भए भने प्रशासन कुनै पनि हालतमा सफल हुन सक्तैन । धर्म पापलाई अनुमोदन गर्ने साधन मात्रै होइन अपितु शासन, अनुशासन, प्रशासन आदिको पाठ पढाउने माध्यम पनि हो । त्यसैले भगवान् कृष्ण भन्नुहुन्छ —
यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।
ठूला ठालूहरुले जो आचरण गर्दछन्, सानाहरुले पनि तिनैकै अनुकरण गर्दछन् । तिनैको सिकी विधि गर्दछन् । किन त्यसो गरेको भनेर सोधे भने बाउले त्यसो ग¥यो, काकाले त्यसो ग¥यो । आमाले त्यसो गरे, गुरुले त्यसो ग¥यो । त्यसैले मैले पनि गर भनी जवाफ दिने गर्दछन् । त्यसैले गुरु, मातापिता, अभिभावक आदिले आफुमाथि आफैले शासन गरेमात्र अर्थात संयम, नियम र चरित्रवान तथा निव्र्यसनी आदि भएर आफूलाई आफैंले शासनमा राखेमात्र छोरा छोरी शिष्य प्रशिष्य आदिलाई अनुशासनमा राख्न सकिन्छ । आफु भ्रष्ट भएर अर्कालाई अनुशासनमा राख्ने काम कदापि Cheap Football Jerseys हुन सक्तैन । किनभने उनीहरुले उदाहरण दिई हाल्दछन् । त्यसैले धर्मले समन्वयका साथ आचार। आचरण र शासनको पाठ पनि पढाउँछ । त्यो आफैंमा व्याप्य र व्यापक भएको हुन्छ ।
हिन्दू संस्कृति हिन्दू धर्मका अनन्य पुरक हो भने हिन्दूधर्म आत्मा हो । आत्मा नभईकन आफ्नो अस्तित्व बुझ्न सक्तैन । आफ्नो अस्तित्व बुझ्न सक्तैन, आफ्नो अस्तित्व बुझ्नेले मात्रै अर्काको अस्तित्व बुझ्न सक्छ । जो आफूलाई नराम्रो लाग्दछ त्यस्तो व्यवहार अरुसंग गर्नु हुँदैन । आफूले दुव्र्यवहार, दुःखदायी व्यवहार, कटु व्यवहार कटुवचन आदि प्रयोग गरेर अरुलाई नगर भन्न मिल्दैन । जो हामी चाहन्छौं, त्यही अरुसंग पनि गर्नुपर्छ । सनातन वैदिक हिन्दूधर्मले लाखौं बर्षदेखि यो एक्काइसौं शताब्दीको रफतारसम्म जो उदारता र समन्वयका पाठ पढाउँदै आएको छ र आफैंले अनुकरण गर्ने योग्य आचरण र व्यवहार गर्दै आएको इतिहास प्रष्ट छ । केही शताब्दीदेखि यता अवश्य छुवाछुत जातिवाद आदिको सङ्कीर्णता हिन्दू धर्मभित्र प्रवेश गरेको थियो तापनि एक्काइसौं शताब्दीको रफतारमा आएर उदारता र समन्वयको रुपमा परिवर्तन भएको छ । त्यसले ‘एकतामा अनेकता’ यही हिन्दू धर्मको विशेषता रहेको छ । यसमा सन्देह छैन ।
तमसो मा ज्योतिर्गमय ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *