विश्व मानचित्रमा नेपाल प्राकृतिक रूपमा सुन्दर मुलुकको श्रेणीमा पर्दछ । -बाँस्कोटा

योग्यता भएका उम्मेदवारबीच प्रतिस्पर्धा गराएर जेहेन्दारलाई रोजगारी दिनु सबैको दायित्व हो ।

krishna-hari-baskota

कृष्णहरि बाँस्कोटा

बेरोजगार युवाका लागि रोजगारी नै सर्वाधिक महŒवको विषय हो । उसले कुन कुन सार्वजनिक निकायमा कुन कुन पद रिक्त छ र कुन प्रक्रियाद्वारा ती पदपूर्ति गरिन्छ भनी जान्न पाउने अधिकार राख्छ । नेपालको संविधानले समानताको हक प्रदान गरेको छ, जसअनुसार समान योग्यता भएका उम्मेदवारबीच प्रतिस्पर्धा गराएर जेहेन्दारलाई रोजगारी दिनु सबैको दायित्व हो । यसका निमित्त लोकसेवा आयोगजस्ता स्वतन्त्र निकायको परीक्षा तालिको जानकारी पाई सोहीअनुसार परीक्षाको तयारी गरेर आफूलाई अब्बल दर्जाको उम्मेदवार ठहर गरी रोजगारीको अवसर पाउनु हरेक नेपाली युवाको नैसर्गिक अधिकार हो ।
स्वरोजगार हुन चाहने नेपालीले नेपाल सरकार र अन्य निकायका स्किमबारे जान्ने हक Cheap Oakleys राख्दछन् । युवा स्वरोजगारले २ लाख रुपैयाँसम्मको ऋण प्रवाह गर्दछ । महिला उद्यमशील कोषले ५ लाख रुपैयाँसम्मको ऋणमा केवल ६ प्रतिशत ब्याज लिने गर्दछ । चालू आव २०७३÷०७४ को बजेटमा १ رقم अर्ब रुपैयाँको युवा उद्यमशील ‘च्यालेन्ज फन्ड’को घोषणा गरिएको छ । व्यावसायिक कृषि र पशुपालन गर्नेले बैंकसँग ऋण लिँदा ६ प्रतिशत मात्रै ब्याज तिरे
पुग्छ । बाँकी ब्याजमा सरकारी अनुदान उपलव्ध छ । बाली र पशु बीमामा सरकारले ७५ प्रतिशत प्रिमियम अनुदान दिने व्यवस्था छ । नेपालका हस्तकलाका सामग्री विश्व मै उत्कृष्ट मानिन्छन् । यस वस्तुको उत्पादनसँगै विश्व बजारमा निकासी गर्न सकिन्छ । यी र यस्तै सूचना हासिल गरेका नेपाली नै स्वाभिमानपूर्वक आफ्नो खुट्टामा उभिन सक्दछ । यसर्थ, सार्वजनिक निकायको कर्तव्य भनेकै यस प्रकारका सूचनामा नागरिकको पहुँच पु¥याइदिनु हो । अर्थात् आफ्नो निकायसम्बन्धी सूचना पारदर्शी गर्नु हो ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि सूचना माग्ने र पाउने हक सुनिश्चित गरिएको छ । यसरी, प्राप्त सूचनाको उपयोग गरी नेपाली नागरिकले आफ्नो सुनिश्चित भविष्यको यात्रा तय गर्नुपर्छ । कुनै पनि निकायमा रहेको सूचना प्राप्त गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार नागरिकले सूचना अधिकारीलाई निवेदन दिनुपर्छ । यस्तो निवेदनको ढाँचा तोकिएको छैन । यस्तो निवेदनमा हुलाक टिकट पनि टाँस गर्नुपर्दैन । यसरी, निष्फिक्री रूपमा आफूले जानेको कुरा लेखी निवेदन प्रस्तुत गरेपछि Cheap Jerseys सूचना अधिकारीबाट तुरुन्त नै सूचना पाउने कानुनी व्यवस्था छ । सबै मानिस खराब छन् भनी अड्कल गर्नुहँुदैन । अनुभवका आधारमा धेरै सूचना अधिकारीले नागरिकले माग गरेभन्दा बढी नै सूचना तुरुन्तै दिने गरेका छन् । यसर्थ, प्रत्येक नेपाली नागरिकले आफ्नो भविष्यको योजना तर्जूमा गरी सोअनुसार तथ्य, तथ्यांक र सूचना संकलन गरी अगाडि बढ्नुपर्छ । खुला सरकारी तथ्यांक (ओजीडीे) को अभ्यास पनि सरकारले आरम्भ गरेको छ ।

विश्व मानचित्रमा नेपाल प्राकृतिक रूपमा सुन्दर मुलुकको श्रेणीमा पर्दछ । यहाँ पदयात्रा व्यवसाय निकै फस्टाएको छ । यस पेसामा विदेशीको प्रवेशमा रोक लगाइएको छ । यसर्थ, नेपालका रमणीय र सुरक्षित पदयात्रासम्बन्धी व्यवसाय अँगाल्न सकिन्छ । नेपालमा जडिबुटी खेतीको असीमित Cheap NFL Jerseys सम्भावना छ । यार्चागुम्बा, कुटकीे, पाँचऔंलेलगायतका बहुमूल्य जडीबुटीको खेती गरी विश्व बजारमा निकासी गर्न सकिन्छ । साथै नेपालमा अर्गानिक खेतीको सम्भावना बढेर गएको छ । यसका अतिरिक्त बेमौसमी हरियो तरकारी खेती निकै लोकप्रिय हँुदै गएको छ । टनेल प्रविधिमा आधारित यस्तो खेती गरी विभिन्न डिपार्टमेन्टल स्टोरमा विशेष बिक्री कक्ष खोल्न सकिन्छ । नेपाली हस्तकलाका सामग्रीमा विशेषगरी नेपाली टोपी, नेपाली झन्डा, देशेमरु झ्या, माटाका सामग्री, चाँदीका ray ban outlet भाँडाकँुडा, थांका, थैली, करुवालगायतको विश्व बजारमा ठूलो माग छ । यसैगरी, नेपाली कागजका सामग्री, क्युरियो, नेपालका खास उत्पादन, हिमालका माउन्ट गरिएका तस्बिरको पनि उत्तिकै माग छ । यस्ता सामग्री कसरी उत्पादन हुन सक्तछन् र कसरी विश्व बजारमा निकासी गर्न सकिन्छ भनी सूचना संग्रह गर्नुपर्छ । यस्ता सूचनाले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ र व्यक्ति व्यक्तिको उन्नतिद्वारा समग्र राष्ट्र विकासको पथमा अगाडि बढ्ने कुरा बिर्सनुहँुदैन ।

कुन सेवा प्राप्त गर्न कुन निकायमा जानुपर्छ र अपेक्षित सेवा हासिल गर्न केकति कागजात जुटाउनुपर्छ ? कति दस्तुर तिर्नुपर्छ, कति समय कुर्नुपर्छ भनी नागरिक बडापत्रबारे व्यापक रुपमा नागरिकलाई सूचना प्रवाह गर्न सके हाम्रो सुशासनको स्थितिमा गुणात्मक सुधार आउने कुरालाई नकार्न सकिन्न ।

नेपालको शान भनेको विश्वकै अग्लो शिखर सगरमाथा हो । यसलगायत नेपालमा थुप्रै हिमशिखरहरू छन् । ती यथार्थमा ‘ह्वाइट डलर’ हुन् । यिनलाई कसरी विश्व बजारमा पु¥याएर नेपाल र नेपालीको प्रतिष्ठामाथि उठाउन सकिन्छ भनी प्रत्येक नेपालीले यससम्बन्धी सूचना हासिल गर्नुपर्छ । यसैगरी, भगवान गौतम बुद्ध नेपालकै पवित्र भूमि लुम्बिनीमा जन्मिएका हुन् । हाल विश्वका करिब २ अर्ब मानिस बौद्ध धर्मावलम्बी भएको बुझिन्छ । तिनलाई जीवनमा एकपटक यस पवित्र भूमिमा ल्याउने विधि के हुन सक्छ भनी राजनीतिज्ञ, प्रशासक र व्यवसायीले सूचना संकलन र विश्लेषण गर्नुपर्छ ।
नेपालमा नदीले बनाएका बहुमूल्य गल्छीहरू छन् । ती बंजी जम्पिङका लागि अत्यधिक रुचाइएका छन् । यिनको विकास गर्न र साहसिक पर्यटक भिœयाउन सम्भाव्यता अध्ययनमा डुबुल्की मार्नुपर्छ । यसैगरी, नेपाल पदयात्रा, पर्वतारोहण र रक क्लाइम्बिङको विश्व मानचित्रमा प्रख्याति पाएको मुलुकको श्रेणीमा पर्दछ । यसर्थ, कुन मुलुकका कुन उमेर समूहका पर्यटकलाई यस क्षेत्रमा आकर्षण गरी नेपाल भिœयाउन सकिन्छ भनी सूचनामा खोल्नुपर्छ । यसका अतिरिक्त प्याराग्लाइडिंगमा पनि नेपाल प्रख्यात छ । पोखरा, सराङकोटलगायतका केही स्थलले यस क्षेत्रमा राम्रै व्यवसाय गरिरहेका छन् । साथै त्रिशूली र भोटेकोसीलगायतका नदीमा गरिने ¥याफ्टिङ पनि विश्वकै लागि रोमञ्चकारी र कुतूहलको विषय बनेको छ । यससम्बन्धी oakley outlet सूचना हासिल गरी नेपालको पर्यटन उद्योगमा टेवा पु¥याउन प्रत्येक नेपाली अघि सर्नुपर्छ ।

नेपालको रसुवाको धुन्चेमा रहेको मिनरल वाटर बोट्लिंग प्लान्टबाट उत्पादित पानीले दक्षिण कोरियामा ठूलो बजार लिएको छ । यसैगरी, सगरमाथाको आधार शिविरमा रहेको कालापत्थरमा अर्को प्लान्ट स्थापना गर्न सकिन्छ कि भनी सूचना संकलन गर्नुपर्छ । नेपालको मनकामना र चन्द्रागिरिमा रहेका केवलकारजस्तै प्रविधिको सेवा स्वर्गद्वारी, पाथीभरालगायत कुनकुन स्थानमा जडान गर्न सकिन्छ, त्यसको सम्भावना हेर्ने सूचना खोजी गर्नुपर्छ । विश्वकै अग्लो स्थानमा रहेको ठूलो ताल रारा, शे–फोक्सुन्डोलगायत पर्दछन् । यिनको विकास र प्रवद्र्धनमा कुन नेपालीले के योगदान गर्न वा भूमिका निर्वाह गर्न सक्दछ, त्यसको खोजी गर्नुपर्छ । हाल नेपाली युवाहरू अत्यधिक संख्यामा बैदेसिक रोजगारीमा गइरहेका छन् । यसस्थितिमा नेपाल सरकारले कुन मुलुकमा कस्ता रोजगारी र पारिश्रमिक उपलब्ध छ भनी व्यापक रूपमा सूचना प्रवाह गर्न सके युवावर्गले छनोटको सुविधा पाउने थिए । यसैगरी, प्रत्येक निकायले नागरिकको हितमा नागरिक बडापत्र जारी गरेका छन् । यसर्थ, कुन सेवा प्राप्त गर्न कुन निकायमा जानुपर्छ र अपेक्षित सेवा हासिल गर्न के कति कागजात जुटाउनुपर्छ ? कति दस्तुर तिर्नुपर्छ ? कति समय कुर्नुपर्छ ? भनी नागरिक बडापत्रबारे व्यापक रूपमा नागरिकलाई सूचना प्रवाह गर्न सके हाम्रो सुशासनको स्थितिमा गुणात्मक सुधार आउने कुरालाई नकार्न सकिन्न ।अन्त्यमा, सूचना नै शक्ति भएकाले सबै सार्वजनिक निकायले आमजनतालाई सुसूचित गरी सशक्तीकरण गर्नुपर्छ । यथार्थमा सूचनायुक्त नागरिकमा मुलुकप्रति आशा र भरोसा जागृत हुन्छ । सरकारी सूचनाको सहज पहुँचले नागरिक र सरकारबीचको अन्योन्याश्रितसम्बन्ध प्रगाढ हुन पुग्दछ । यी सबै लाभ र सकारात्मक पक्षको सूक्ष्म रूपमा अध्ययन गरी सबै सार्वजनिक निकायहरू आमनागरिकको सूचना पाउने नैसर्गिक अधिकारको अत्यधिक प्रचलनमा खरो ढंगले प्रस्तुत हुन किञ्चित पछि पर्न नहुने कुरा समयमै हेक्का राख्नु समयको माग हो ।  -/राजधानी /

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *