श्री चन्द्र टेलिफोन देखि नेपाल टेलिकम र मोबाइलसम्म

काठमाडौं- आजभन्दा सय वर्षअघि कसैको हातमा न त मोबाइल फोन थियो न त घर घरमा लाइन फोन र इन्टरनेट। तर, ठीक सय वर्षपछि हरेक नेपालीले आफ्नै हातको मोबाइलबाट इन्टरनेटमा विश्वको ताजा समाचार हेर्न र पढ्छन्। एक शताब्दीमा नेपालले प्रविधिमा फड्कोमात्र मारेन समाचार र सूचनाको संसार नै परिवर्तन गरिदियो।

अहिले घरभित्रै बसेर विश्व बजारको प्रविधिसँगै प्रवासमा रहेका आफन्तसँग चाहेको समयमा ‘फेस टु फेस’ कुरा गर्न सकिन्छ। बिहान उठेदेखि बेलुका नसुतेसम्म हामी सूचना प्रविधिकै सेरोफेरोमा घुमिरहेका हुन्छौं। यही सूचना प्रविधिकै कारण आम रुपमा जीवनशैलीमा सरलता आएको छ। चिठीपत्रको माध्यमबाट सूचना आदानप्रदान गर्ने नेपाली समाज अहिले फोन, मोबाइल र इन्टरनेटको माध्यमबाट तत्काल सूचना पाउँछन्।

राणाकालमा टेलिफोन विस्तार

विश्वमा विसं १८९५ मा टेलिग्राफ र १९३३ मा टेलिफानेको आविष्कार भएपछि मात्रै आधुनिक दूरसञ्चार सेवाको विस्तार भएको पाइन्छ। यही क्रममा छिमेकी भारतमा सन् १८५३–५४ मा दूरसञ्चारको सुरुआत भएको पाइन्छ। नेपालमा भने विसं १९७० को दशकमा दूरसञ्चारको सुरुआत भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले जनाएको छ।

नेपाल टेलिकमका अनुसार विसं १९७२ मा विश्वयुद्ध सुरु भएपछि संसारभर नै दूरसञ्चार सेवाको महŒव बढ्दै गयो। यही क्रममा ब्रिटिस सरकारको अनुरोधमा नेपाली सेनाले विश्वयुद्धमा उनीहरुलाई सघाएपछि नेपालमा दूरसञ्चार क्षेत्रमा चासो बढेको थियो।

विसं १९७२ मा काठमाडौंबाट वीरगन्जसम्मका लागि ‘ओपेन वायर म्याग्नेटो ट्रंक टेलिफोन’ थालनी गरेर १९७३ बाट सञ्चालन गरिएको थियो। उक्त योजना सफल पार्न ब्रिटिस विशेषज्ञ मिस्टर बनार्ड पन्डे खटिएको नेपाल टेलिकमको इतिहासमा पाइन्छ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा विसं १९७३ को असारबाट काठमाडौंको टुँडिखेलदेखि वीरगन्जसम्म ७२ माइल (११५ किमी) काठको खम्बामा तामाको नांगो तार तानी टेलिफोन सेवा सुरु गरिएको पाइन्छ। यसपछि वीरगन्जमा टेलिफोन विस्तार गरिएको थियो।

ओपेन वायर म्याग्नेटो प्रविधिमा आधारित उक्त फोन सेवाका लागि काठमाडौंबाट थानकोट, चीसापानीगढी, भीमफेदी, भैंसे, हेटौंडा, अमलेखगन्ज हुँदै वीरगन्जसम्म तार तानिएको थियो। आम नेपालीका लागि भने १९७४ जेठ १ गतेबाट फोन खुला गरिएको थियो।

प्रधानमन्त्री चन्द्रशमशेरको पालामा थालनी गरिएको टेलिफोन सेवालाई ‘श्री चन्द्र टेलिफोन’ नामकरण गरिएको थियो। यसपछि प्रधानमन्त्री जुद्ध शमशेरको समयमा विसं १९९२ मा २५ लाइनको स्वचालिन टेलिफोन एक्सचेन्ज रानीपोखरी नजिक स्थापना गरेको पाइन्छ।

काठमाडौंदेखि वीरगन्जसम्म मात्र सञ्चालनमा रहेको ट्रंक टेलिफोन लाइन विसं १९९४ मा वीरगन्जदेखि कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुर, सिराहा, हनुमाननगर राजविराजसम्म पुर्‍याएको पाइन्छ। १९९८ मा राजविराजदेखि इटहरी, विराटनगर र विराटनगरदेखि धरान, धनकुटासम्म ट्रंक लाइन विस्तार भएपछि सर्वसाधारणले टेलिफोन प्रयोग गरेको पाइन्छ।

प्रधानमन्त्री जुद्धशमशेरले काठमाडौं (नेपाल) देखि पूर्वतर्फ सिराहा, हनुमाननगर सप्तरी, विराटनगर, धरान र धनकुटासम्म टेलिफोन सेवा विस्तार गरेपछि दूरसञ्चार थप विस्तार भएको पाइन्छ। अर्का प्रधानमन्त्री मोहन शमशेरले सिन्दुरजात्राको अवसरमा गरेको काठमाडौंदेखि पश्चिमतर्फ पाल्पा हँुदै नेपालगन्जसम्मको टेलिफोन सेवा विस्तारले दूरसञ्चारमा फड्को मार्दै गएको देखिन्छ। २००७ सालसम्म त्रिशूली, गोर्खा, कुञ्छा, पोखरा, कुस्मा हँुदै पाल्पासम्म टेलिफोन लाइन जडान गरिएको पाइन्छ।

नेपालको समीक्षात्मक इतिहासविद श्रीरामप्रसाद उपाध्यायका अनुसार मोहनशमशेर राणाले आफ्नो कार्यकालमा सिंहदरबारभित्र आकाशवाणी केन्द्र स्थापना गरी देशका विभिन्न भागमा ३० वटा आकाशवाणी कार्यालय स्थापना गरेका थिए।

अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार भारतीय दूतावासमार्फत २००६ माघ १३ गतेदेखि विदेशमा ‘एचएफ रेडियो कम्युनिकेसन’ उपकरण जडान गरी दैनिक सम्पर्क गर्ने काम गरियो। यस क्रममा पहिलोपटक ‘ब्रिटिस रेजिडेन्सी’ र पछि भारतीय दूतावासमार्फत सर्वसाधारणले विदेशमा खबर पठाउने सुविधा पाएकाो प्रवक्ता वैद्यले जानकारी दिइन्। उनले भनिन्, ‘यो क्रम टेलिग्राममार्फत विसं २०२१ असोजसम्म रह्यो।’

उनका अनुसार २०१६ सालमा दूरसञ्चार विभाग स्थापना भएलगत्तै नेपाल, भारत र अमेरिकी सरकारबीच त्रिपक्षीय सहयोग सम्झौता भयो। सम्झौतापछि अमेरिकी सरकारको सहयोगमा काठमाडौंको सुन्धारामा एक्सचेन्ज भवन निर्माणका साथै हजार लाइन क्षमताको अटोमेटिक एक्सचेन्ज, सिंहदरबारमा १२० लाइनको ‘पिएबी एक्स’, विभिन्न ठाउँमा आकाशवाणी सेवा विस्तारका लागि ५८ वटा ‘एसएफबी मार्क आइभी’ सेट प्राप्त गरेका थिए। साथै cheap jerseys भारतले आवश्यक जनशक्ति तथा स्थानीय प्राविधिकका लागि भारतमा तालिम दिएको उनको भनाइ छ।

सहरीकरणसँगै २०२५ मा विभिन्न संघसंस्था र सर्वसाधारणबाट टेलिफोन सेवाको माग भएपछि उपत्यकामा ४ हजार लाइन टेलिफोन विस्तार गर्ने योजनासँगै पहिलो चरणमा पाटनमा ६ सय लाइनको एक्सचेन्ज र सुन्धारामा थप ४ सय लाइनको विस्तार गरिएको टेलिकमले जनाएको छ।

दूरसञ्चार विभाग

२०१६ मा गठन भएको दूरसञ्चार विभाग २०२६ साल कात्तिक १ गते बाट ‘नेपाल दुरसञ्चार समिति’ मा परिणत भयो। दीर्घकालीन रुपमा सञ्चार через सेवाको विकास गर्न २०३२ असार १ गते दुरसञ्चार cheap jordan संस्थानमा परिवर्तन गरियो। यहीं क्रममा २०३० को दशकमा पहिलोपटक डिजिटल एक्सचेञ्जको स्थापना भएको पाइन्छ।

२०४१–५० को दशकमा सीमित जिल्ला सदरमुकाममा मात्र टेलिफोन सेवा भएका कारण ग्रामीण  दुरसञ्चार योजना ल्याएर ‘एमएआरटिएस’ र ‘भिएचएफ’ अन्तर्गत करिब ८ सय गाविसमामा टेलिफोन विस्तार गरिएको थियो।

आइएसडी सेवाको सुरुआत

विसं २०३९ मा स्याटेलाइट अर्थस्टेसन स्थापनापछि अन्तर्राष्ट्रिय टेलिफोन सेवाको गुणस्तर र संख्यामा सुधार भए पनि सर्किटको संख्या ६ वटा मात्रै थियो। यसकारण आइएसडी सेवा सुरु गर्न सकिएको थिएन। तर, २०४४ मा स्याटेलाइट सर्किटको संख्या वृद्धि गरिएपछि पहिलोपटक भारतसँग २०४४ साउन २९ गतेदेखि सेवा सुरु भएको थियो।

अप्टिकल फाइबरदेखि मोबाइल

तामाको तारसँगै सुरु भएको नेपाली दूरसञ्चारको विकास, विस्तार र प्रवर्द्धनका लागि दूरसञ्चार नीति २०५६, सूचना प्रविधि नीति २०५७, सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति २०५९, दूरसञ्चार नीति २०६० र दूरसञ्चार ऐन २०५३ ले वृहत सूचना प्रविधिको विकासमा टेवा पुगेको टेलिकम प्रवक्ता प्रतिभाको भनाइ छ।

नेपाल दूरसञ्चार संस्थानका तत्कालीन व्यवस्थापनले तालुक मन्त्रालयलाई सहमत गराई मोबाइल टेलिफोन सेवा सुरुआत गर्ने स्वीकृति लिएअनुसार संस्थानले जिएसएम मोबाइल टेलिफोन सेवाको टेस्ट लन्च २०५५ चैत २९ गते गरेको थियो।

२०५६ वैशाख २९ गते मोबाइल टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरी  वैशाख ३९ गतेबाट काठमाडौंमा उक्त सेवा सुरु भएको प्रवक्ता प्रतिभाले बताइन्। उनका अनुसार इजरायली टेलेराड कम्पनीले निर्माण गरेको १० हजार लाइन क्षमताको मोबाइल उपकरण सेवा विस्तार गरिएको थियो। २०६० भदौ ६ गतेबाट प्रिपेड सेवा सुरुसँगै मोबाइलकर्ता अप्रत्याशित रुपमा विकास भएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार २०७३ मंसिर अन्तिमसम्म १ करोड ६२ लाख ४१ Wholesale China Jerseys हजार १ सय ६५ जनाले मोबाइल सेवा लिइरहेका छन्। नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार २०७३ असोज अन्तिमसम्म विभिन्न सेवा प्रदायकका पिएसटिन प्रयोगकर्ता संख्या ८५ लाख ७ हजार १ सय ३५ जना रहेका छन्। यस्तै मोबाइल सेवाग्राही ३ करोड ८९ लाख ४ सय रहेका छन्। यसमा जिएसएम प्रयोगकर्ता २ करोड ९४ लाख ३३ हजार ६ सय १० र सिडिएमए प्रयोगकर्ता १४ लाख ५६ हजार ७ सय ९० जना रहेका छन्।

पहाडी लोकमार्गमा अप्टिकल फाइभर

नेपालको ७५ वटै जिल्ला सदरमुकाम हुँदै प्रत्येक गाविसमा गुणस्तरीय इन्टरनेट सेवाका लागि पहाडी लोकमार्गमा अप्टिकल फाइभर बिछ्याउने प्रक्रिया अघि बढिसकेको छ। प्रदेश नम्बर १ देखि ३ सम्म एनटिसिले गर्ने भएको छ भने प्रदेश नम्बर ४ देखि ७ सम्म भने टेन्डर प्रक्रियामा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

फोरजी सेवा सञ्चालन

नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षको अवसरमा जनवरी १ अर्थात पुस १७ wholesale jerseys गतेबाट बहुप्रतिक्षित फोरजी सेवा सञ्चालन गरेको छ। टेलिकमका उपभोक्ताले ३२ दशमलव ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाएका छन् भने व्यावसायिक रुपमा ८० एमबिपिएसमा इन्टरनेट चलाउन पाउँने छन्।

फोरजीबाट काठमाडौंमा २ लाख ७५ हजार र पोखरामा ३ लाख २५ हजारले फोरजी सेवा उपभोग गरिरहेको टेलिकमले जनाएको छ।

आजभन्दा १ सय वर्षअघि अर्थात विसं १९७३ बाट नेपालमा दूरसञ्चारका लागि पहिलोपटक निश्चित क्षेत्रका लागि टेलिफोन सेवा विस्तार भएको थियो। आज २०७३ को अन्तिममा आइपुग्दा फोरजी सेवासम्म आइपुग्दै ई–भिलेज, ई–सिटि हुँदै ‘स्मार्ट नेपाल’को अवधारणा समेत cheap ray bans अघि बढेको छ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *