सरर चन्द्रागिरि डाँडाको टुप्पोमा केवलकार,पुरै उपत्यका अवलोकन गर्न सकिने

बिशाल नेपाल… /काठ14390832_263277164072794_6082910179309186190_nमाडौं, 
 चन्द्रगिरि पहाड वारे धेरैलाई थाहा नहुन सक्छ, त्यही डाँडा हो जहाँ सतिदेवीको भाला पतन Cheap Football Jerseys भएको थियो र अर्को विशेषता पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रगिरिबाटै काठमाडौं देखेका थिए र उनले उपत्यका कब्जा गरेका थिए । तर अहिले चन्द्रगिरि पहाडको अर्को विशेषता थपिएको छ,
जहाँ थानकोटबाट ५ मिनेट हिडेपछि केवलकार स्टेशन पुगिन्छ र स्टेशनबाट १४ मिनेटमै केवलकार चढेर चन्द्रगिरि डाँडाको टुप्पोमा पुग्न सकिन्छ । जुन ठाउँ ज्यूँदै स्वर्ग पुगेको अनुभव संगाल्न सकिन्छ । काठमाडौंको धुलो धुँवा, कोलाहालबाट दिक्क भैरहँदा चन्द्रगिरि
डाँडाबाट पुरै उपत्यका अवलोकन गर्न सकिन्छ र पुरै दिन प्राकृतिक एवं मनोरम बातावरणमा रमाउन सकिनेछ । त्यति मात्र नभएर त्यहाँ भालेस्वर मन्दिर, बाल उद्यान र शान्त वातावरणमा वसेर उपत्यका अवलोकन गर्न समेत सकिनेछ । अहिले auf अधिकांश मानिसको रोजाई परिवारका साथ रमाउन चन्द्रगिरि उपयुक्त गन्तव्य भएको छ । चन्द्रगिरि हिल्स प्रा.लि.ले ५ हेक्टर वन ३० वर्षसम्म लिजमा लिएर केवलकार, मन्दिर र होटल समेत निर्माण गरेपछि अहिले भालेस्वर मन्दिर दर्शन गर्न पुग्नेको
संख्या वाक्लिन थालेको हो । चन्द्रगिरिमा सतिदेवीको निधार पतन भएर भालेस्वरमहादेव उत्पन्न भएको भन्ने श्रीस्वस्थानी व्रत कथामा उल्लेख गरेको पाइन्छ । भाला उत्पन्न भएर उत्पत्ति भएको महादेवलाई भालेस्वर भनि पुकार्न थालिएको धार्मिक ग्रन्थहरुमा समेत उल्लेख भएको पाइन्छ । लेस्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्दर्व र पाटन निवासी  विरुपाक्क्षले पापबाट मुक्ति पाएको कथाहरु धर्मग्रन्थमा उल्लेख छन् ।  यसरीपौराणिक कालदेखि नै आफ्नो भक्तहरुको मनोकांक्षा पुरा गर्न भालेस्वर महादेवकोदर्शन गराउनको लागि चन्द्रगिरि हिल्स प्रा.लि. ले मन्दिर निर्माण गरेको हो । यो मन्दिरमा दर्शन गर्दा मनले चिताएको सबै
पुरा हुने धार्मिक विश्वास रहेको छ । हिडेर पनि ३ घन्टा मै पुगिने उक्त मन्दिरमा अहिले केवलकारबाट १४ मिनेटमै सरर
पुग्न सकिने र महादेवको दर्शन गर्न र प्राकृतिक सौन्दर्यसँग रमाउनेहरुको नयाँ गन्तव्य वन्न पुगेको छ चन्द्रगिरि । चन्द्रगिरिको चुचुरोबाट उपत्यकाका अधिकाशं भाग, सर्वोच्च शिखर सगरमाथा मात्रै होइन अधिकांश हिमालहरु र थुप्रै
हिमश्रृखंलाहरु अवलोकन गर्ने ठाउँ बनेको छ । सूर्योदय र cheap jerseys सूर्यअस्तको अवलोकनका लागि पनि चन्द्रगिरि Cheap Jerseys पहाडउपर्युक्त गन्तव्य हो । हिमालय छिचोलेर उदाउने सूर्यदयो र पश्चिम पहाडमा डुब्ने सूर्यअस्तको दृश्य चन्द्रगिरिबाट मनमोहक
देखिन्छ । हिमाल, बादल, हरियाली, प्राकृतिक चिसो र उपत्यका बाहेक दक्षिण
भेगमा रहेको पहाड, गाउँवस्तीहरुको मनोरम दृश्यावलोकनमा रमाउँनेहरुको
लागि यो एउटा स्वर्गको टुक्राभन्दा पनि कम लाग्ने छैन । चन्द्रगिरि केवलकारमा
आउँन जान यात्रा गर्दा रु. ७०० भाडा लाग्छ, यो सुविधालाई धेरैले गुनासो
समेत गर्न थालेका छन् । विद्यार्थीपरिचयपत्र भएका cheap china jerseys र स्थानियवासी तथा ३ फिट भन्दा कमका बालबालिकालाईछुटको समेत व्यवस्था गरिएको cheap nba jerseys छ ।आइएमि समूहका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारिएर सञ्चालन छन् जुन १ वटा क्यारियरमा ८ जना सम्म अटाउँदछन् । यि क्यारियरले
दिनमा १०,००० भन्दा बढी व्यक्तिलाईचुचुरोमा पु¥याउने र फिर्ता गर्ने क्षमता
राख्दछ । अर्को विशेषताको रुपमा त्यहाँ दृश्यावलोकनका लागि भ्यूटावर, खान
वस्नको लागि होटलहरु, अभिभावकका साथ पुग्ने बालबालिकाहरुका लागि
चिल्ड्रेन पार्क बन्ने कार्य पनि तिब्र गतिमा अगाडि बढेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *