सहकारीमैत्री कानुन होइन सहकारी सदस्यमैत्री कानुन हुनुपर्छ

<p style="text-align: oakley outlet left”>शकुल शाह,
उपत्यका संयोजक,
राप्रपा नेपाल सहकारी विभाग

p1190313

एसएलसीपछि बुबा बित्नुभएकोले घरव्यवहार सम्हाल्ने क्रममा मैले पढाईलाई अन्त्य गर्नुपर्ने स्थिति आयो अहिले दुःख लाग्छ भनि गुनासो गर्ने राप्रपा नेपाल सहकारी विभागका उपत्यका संयोजक र प्रारम्भिक संस्था भन्ज्याङ चौतारीका अध्यक्ष शकुल शाहको जन्मथलो बुढानिलकण्ठ नगरपालिकामा पर्छ । पढ्नु पर्दोरहेछ भन्ने लागिराख्छ तर आपूm नपढे in पनि अरुलाई पढाईभन्दा ठूलो केही पनि छैन र पढाइको साथसाथै प्राक्टिकल हुनपनि जरुरी छ, त्यसैले कुनै पनि ठाउँमा छोरा वा छोरी मान्छे जोसुकै होस राम्रो काम गर्नुपर्छ भन्ने उनै शाहसँग बिशाल नेपाल डट कमले गरेको कुराकानीः 

तपाईं अहिले के गर्दै हुनुहुन्छ ?
नेपाल सरकारले तीन वर्ष अगाडि ल्याएको सहकारी नीतिमा अहिले सरकार पक्ष छ । तर, हामी सहकारी सदस्यमैत्री कानुन आउनु पर्छ, सहकारी राम्रो तरिकाले चल्नुपर्छ भनेर लागिराखेका छौं, जुन सहकारीकर्मी साथीहरुको हकहितको लागि हो । भोली हामीले भनेअनुसारको कानुन आयो भने सहकारी सरल तरिकाले चल्न पाउँछ । स्वायत्त शासनभित्र चलेको हिजोको सहकारीलाई त्यही किसिमले चल्न दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यहि एजेण्डालाई बोकेर हिडिराखेका छौं, जुन एजेण्डालाई भोली सांसद्मा उठाइयोस् भनेर हाम्रो अध्यक्ष(पूर्व उपप्रधानमन्त्री कमल थापा) ज्यूलाई विज्ञापनपत्र पनि बुझायौं । राप्रपा नेपालको तर्फबाट सहकारी हकहित समाजको लागी विभिन्न कार्यक्रममा सहकारी सदस्यमैत्री कानुनबारे म बोल्दै भन्दै पनि हिडिराखेको छु । सरकारको कानुन अहिलेको समय सापेक्ष छैन् । यसलाई समय सापेक्ष बनाउनको लागि हामीले सरकारलाई खबरदारी गर्ने काम ग¥यौ र विभिन्न पार्टीको विभागीय प्रमुखहरु, अध्यक्षज्यूहरु साथै अहिलेका सहकारी मन्त्रीलाई पनि ज्ञापनपत्र बुझायौं । अब नीति के बन्छ, त्यो सरकारको हातमा छ । तर सरकारले के गर्छ भन्दा पनि अहिले म आफ्नो एजेण्डा अगाडि बढाउने तिर लागिराखेको छु ।
राजनीति क्षेत्रमा कहिलेदेखि लाग्नु भएको र किन ?
म २०६४ सालमा प्रारम्भिक संस्था खोलेर उक्त संस्थाबाट जिल्ला संघमा अगाडि बढेको हुँ । धेरै अगाडिदेखि राजनीति क्षेत्रमा लागि पर्दै आएको छु । प्रायलाई नेता बनेपछि पैसा कमाइन्छ, दुई÷चार जना मान्छे पछि लगाइन्छ भन्ने छ तर मेरो बिल्कुलै त्यस्तो धारणा होइन । नेता भनेको एउटा जोगी, सन्यासी हो, जसले राष्ट्र र जनताको लागि सही बाटो डो¥याउने अभिभावकको भूमिका खेलेको हुन्छ । जसले गर्दा उसले सम्पूर्ण त्याग गर्नुपर्छ । राजनीति भनेको राष्ट्र र जनताको लागि सामाजिक कार्य हो । त्यसैले मेरो हकमा पनि बाचुन्जेल राष्ट्र र जनताको हितकै लागि समर्पित हुन्छु ।
तपाईंको राप्रपा नेपाल पार्टीलाई जनताले कसरी बुझ्दा हुन्छ त ?
जनतावादी त सबै नेताहरु छन् । जनतालाई बुझाएर हुन्छ कि छक्याएर हुन्छ आफ्नो पछाडी लगाउन सबै नेता सक्षम छन् । तर राप्रपा नेपाल यस्तो पार्टी हो, जुन जनताभन्दा पनि पहिला राष्ट्रलाई हेर्छ । यदि राष्ट्र बाच्यो भने न जनता बाँच्ने हो । त्यसैले राष्ट्रवादी पार्टी राप्रपा नेपाल हो । हिजोको दिनमा यो देशको माया राजालाई मात्रै थियो । जुन बेला राजा एक्लो थियो तर पनि राजालाई देशको माया थियो । यसको अर्थ fake oakleys जनतालाई माया नभएको भन्ने होइन तर राष्ट्रियस्तरको नेतृत्वमा हिजो राजालाई माया थियो भने आजको दिनमा राष्ट्रलाई माया गर्ने राप्रपा नेपाल हो । हुनत अरु पार्टीले पनि राष्ट्रलाई माया गर्छन तर राष्ट्रभन्दा पहिले उनीहरुको पार्टीको एजेण्डालाई अगाडि बढाउछन् । जस्तो अहिले कोही भारत, कोही चाइना घुमिराखेका छन्, त्यो आफ्नो एजेण्डा अगाडि बढाउनेको लागि हो । जसले गर्दा हिजो दुई सय ४० वर्ष भन्दा अगाडिको हिन्दु राष्ट्रलाई निरपेक्ष किन ग¥यो ? त्यही एजेण्डलाई बोकेर अरु पार्टीहरु हिडिराखेका छन भने राप्रपा नेपाल हिन्दु राष्ट्र र राजतन्त्रलाई बोकेर हिडिराखेको छ । त्यसैले राष्ट्र नै मेरो सर्वोपरी हो भन्ने राप्रपा नेपाल मात्रै हो ।
तपाईंहरुको एजेण्डाअनुसार हिन्दु राष्ट्र र राजतन्त्र फर्किएला त ?
सम्भावना छ, हुनै नसक्ने भन्ने कुरा केही पनि छैन । माओवादीको १० वर्षे जनयुद्धकालमा राप्रपा नेपाललाई बाहिर निस्किन पनि गाह्रो थियो । त्यसबेला हामीलाई पञ्चे भनेर गोली ठाकिदिन्थ्यो । आज राप्रपा नेपाल चौथो स्थानमा छ । यो राष्ट्रवादी जनताकै माया होइन र ? जुन जनताले राष्ट्रलाई माया गर्छ त्यसले राप्रपा नेपाललाई माया गर्छ । अबको १०÷१५÷२० वर्ष लाग्ला तर समय लाग्छ भन्दैमा हामीजस्ता कार्यकर्ता, नेताहरु यो एजेण्डालाई छोडेर हिड्यो भने ती जनता के गर्छन् ? हाम्रो एजेण्डा सही छ समय लाग्ला, समयको बाबजुद बिस्तारै हिन्दु राष्ट्र र राजतन्त्र आउछ ।
तपाईंको अध्यक्ष गणतन्त्र नेपालको उपप्रधानमन्त्री समेत हुनु भयो, किन त ?
सबैलाई गणतन्त्र नेपालमा कमल थापा गयो भन्ने छ । तर, राष्ट्रलाई बचाउनको लागि संविधान त मान्नै प¥यो । जस्तो चित्रबहादुर केसीज्यू संघीय विरुद्धमा हुनुहुन्छ । उहाँ मन्त्रीमण्डलमा जानुभए पनि आफ्नो एजेण्डालाई छाड्नु भएको छैन । त्यस्तै हामीले पनि विपक्षमै बसेर लभिङ्ग गरिराखेकै छौं । जस्तो पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिनमा हाम्रा अध्यक्ष कमल थापा मन्त्रीको गाडी चढेरै शुभकामना दिन जानुभयो । यसको कसले विरोध जनाए ? गणतन्त्र नेपालको उपप्रधानमन्त्री भए पनि आफ्नो एजेण्डामै हिडिराख्नु भएको छ र हामीले पनि घच्घचाइराखेका छौं, जसले गर्दा उपप्रधानमन्त्री भएका बेला अन्तर्राष्ट्रिय रुपमा गर्नुपर्ने कामहरु जस्तो गोर्खा सैनिक, प्रवासीलगायतका कुराहरुमा लभिङ्ग गर्नुभयो ।
राप्रपा नेपाल सहकारी विभागका उद्देश्यहरु के के हुन त ?
अहिले नेपाल सरकारले गठन गरेको बोर्ड, जिल्ला संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ सबैमा एमालेको नेतृत्व बढि आइराखेको छ । अबका दिनमा हाम्रो राप्रपा नेपालको पनि ती संघ संस्थामा भागिदार हुन्छ है भन्ने खबरदारी हो । त्यस्तै सहकारीकर्मी साथीहरुलाई हिजोको नेतृत्वले के दियो, राप्रपा नेपालको नेतृत्वले अब के दिन्छ भन्ने हो । २०४८ सालमा सहकारी ऐन, स्वायत्त शासनभित्र छ र अहिले पनि त्यही स्वायत्त शासनभित्र छोडिदिनुपर्छ । सबै त्यहि हुनुपर्छ भन्ने छैन केही कुराहरु परिमार्जित हुनुपर्छ । नेपाल सरकारको विभाग, डिभिजन छन् । डिभिजन अन्तर्गत संस्था दर्ता हुन्छ, विभागले कारवाहीको भूमिका खेल्छ भने फेरि अर्को छानबिन समिति हुनुपर्छ । सरकारले ०४८ सालको कानुनलाई केही परिमार्जन गरेर मुभमेन्टका प्रमुखहरुसँग सल्लाह लिएर अगाडि बढ्नु पर्छ । सहकारी जनताको सम्पत्ति हो, जनताले चलाउनु पर्छ, यसमा किसानको, मजदुरको छोरो मालिक हुनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यसैले सरकारले यसमा हस्तक्षेप नगरिदियोस् भनेर ज्ञापनपत्र बुझाएका छौं । अहिले सरकारले नै प्रारम्भिक सहकारीहरुलाई भत्काउने काम गर्दैछ । हिजोको दिनमा संविधानमा लेख्ने तिनै पार्टीहरु हुन सरकारमा हिजो उनीहरु नै गएका थिए, राप्रपा नेपाल गएको थिएन । त्यसबेलादेखि नै सहकारीलाई आर्थिक पाटोमा नेपालको तेस्रो खम्बाको रुपमा हेरिएको छ । तर, आज संविधानमा लेखिएको कुरालाई बेवास्ता गर्दै एउटा प्रारम्भिक सहकारीको अध्यक्षलाई लिएर गएर सरकारले नै बनाएको विभागले ठगी केस चलाउने ? कि त संविधानमा लेख्नु हुँदैन थियो । नेपालको संविधान अन्तर्गत कर तिरेर खोलिएको सहकारी छ भने त्यसरी ठगी केस नचलाइकन सरकारले नै समिति बनाएर, विभागले, डिभिजनले साथै अर्को छानबिन समिति तयार गरेर सबन्धित सहकारीमा भएको सम्पत्ति र कार्यसमितिमा भएको सम्पत्तिलाई छानबिन गरेर राष्ट्रिय बैंक अन्तर्गत ल्याएर लिलाम गरी जनताको पैसा फिर्ता गर्नुपर्छ । जुन हाम्रो पनि मान्यता हो । केस चलाउने भन्दैमा बद्नामी गरेर ठगी केस चलाउन पाइदैन । जस्तो ओरेन्टियल लगायत दुई÷चार वटा सहकारीमा त्यस्तै भइराखेको छ तर कतिपय सहकारी ओरेन्टियल जस्तो प्रचारित भएका छैनन् । जो कोहीले नराम्रो काम गर्न, जनताको पैसा ठग्न पाउदैन तर केस चलाउन पनि त्यसको विभिन्न निकाय, तरिकाहरु हुन्छन् । त्यसलाई सिस्टमभित्र ल्याएर कारवाही गर्नुपर्छ ।
तपाईंको पार्टीले कतै ओरेन्टियलका सुधिर बस्नेतलाई बचाउन ऐन परिमार्जन गर्न लागेको त होइन ?
हामीले एकजना व्यक्तिको लागि राजनीति गर्दैनौं र सुधिर बस्नेतले जनताको जति पैसा चलाएका छन त्यो फिर्ता गर्नुपर्छ भनिराखेका छौं । त्यो त एउटा उदाहरण मात्रै दिएको हुँ । सुधिर बस्नेतले जम्मा गरेको पैसामा नेपाल सरकारले गर्ने तरिका भएन भन्न मात्रै खोजेको हुँ, बस्नेतलाई कारबाहीबाट बन्चित गर्नुपर्छ भन्न खोजेको होइन । बस्नेत मात्रै नभएर अरु जतिपनि सहकारीले तलमाथि या ठगी गर्छन तिनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । नेपाली जनताको पैसा फिर्ता हुनुपर्छ । तर त्यसलाई सिस्टम भित्र राखेर फिर्ता गर्नुप¥यो, सिधैं ठगी केस चलाएर हनुमान ढोकामा लानु भएन । सुधिर बस्नेतसँग भएको सम्पत्तिको छानबिन आयोग बनाएर त्यो आयोगले उसको सम्पत्तिलाई राष्ट्रिय बैंक अन्तर्गत या नेपाल सरकारको विशेष आयोग बनाएर हुन्छ तुरुन्त लिलाम गरेर नेपाली जनताको पैसा सरकारले नै जिम्मेबारी लिनुप¥यो र सुधिर बस्नेतलाई कानुनी दायरामा ल्याउनु प¥यो भन्ने उद्देश्य हो ।
आर्थिक रुपमा ओरेन्टियलले साथ दिएकाले उसलाई फाइदा हुने किसिमको एजेण्डा सरकारलाई पेश गर्नु भएको त होइन ?
यदि हामीलाई पैसा दिएर लागेको हो भने सुधिरको त एउटा मात्रै सहकारी fake ray bans छ तर काठमाडौं उपत्यका भित्र अहिले ३३ सय सहकारी छन् । राष्ट्रिय सहकारी बैंक गठन गर्दा हामी सबै मिलेर राष्ट्रिय सहकारी बैंकलाई अगाडि बढाउनु प¥यो भनेर ओरेन्टियलका सुधिरलाई पनि यसको सदस्यता लिनु प¥यो भन्दा उनले तिमीहरुको दुई अर्ब बजेट छ, मेरो छ अर्ब बजेट छ, तिमीहरुको बैंक चाहीँ मसँग आएर ट्रान्जेट गरन बरु भन्थे, जुन आज यो स्थितिमा आयो । बैंक Cheap Football Jerseys भनेको बैंक हो भने सहकारी संस्था भनेको सहकारी संस्था नै हो । हिजोका दिनमा उनले बैंकसँग सहकार्य गरी सदस्यता लिएर अगाडि बढेको भएदेखि भन्न सकिन्थेन आज राष्ट्रिय सहकारी बैंकले बाध्यतावस उसको सम्पत्तिलाई मूल्यांकन गरेर नेपाली जनताको पैसा फिर्ता गर्न सक्थ्यो, नभए पनि नेपाल सरकारसँग कुरा त राख्न सक्थ्यो । यतिमात्रै हो सिस्टममा गएर कारवाही गरिदियोस, गएर डिभिजनमा निवेदन दिनासाथै डिभिजनले पुलिसलाई चिठी पठाएर तुरुन्त संस्थामा आएर चेयरमा बसिराखेको मान्छेलाई हत्तकडी लगाएर ठगी केस नचलाइयोस् । काठमाडौं भित्र ३३ सय सहकारी छ, नेपाल अधिराज्यभरि लगभग ४२÷४५ हजार सहकारी छन् । संचालित सहकारी डिभिजनको डाटामा ३४ देखि ३५ हजार छन् । अरु सहकारी केही झोलामा होला कोही के मा होला । सरकारले वार्षिक अडिडमा आएको सहकारीलाई मात्रै चासो दिइराखिएको छ । दर्ता भएको सहकारीहरु के गरिराखेका छन् भनेर चासो दिएको छैन । यस्ता सहकारीलाई पनि चासो दिइयोस् र सहकारीलाई क, ख, ग श्रेणीमा छुट्याइयोस् । एक लाखमा खेल्ने पनि सहकारी र एक करोडमा खेल्ने पनि सहकारी हो । एक लाखमा सहकारी खेलिराखेको हुन्छ, जसले ५० लाख रुपैयाँ फिक्स डिपोजिट ल्याइदिएको हुन्छ । भनेपछि यदि ग्रेट छुट्याइदियो भने एक लाखवाला सहकारीले अर्कोको ५० लाख रुपैयाँ डिपोजिट धान्न सक्दैन । तर ग्रेटवाला सहकारीले त धान्न सक्छ र जनताले विश्वास पनि गर्न सक्छन् । त्यसैले सहकारी पनि जनताले चिनेर कारोबार गर्न, सदस्य बन्न सक्छन र बजारमा सहकारीले पनि खुल्ला हिसाबले सदस्यको लागि छोडिदिनु प¥यो ।
तपाईंहरुको एजेण्डाअन्तर्गत काठमाडौंका सहकारीहरु कत्तिको व्यवस्थित हुन्छन् त ?
अहिले सरकारलाई हाम्रा दुई÷तीन वटा एजेण्डाहरु राखेका छौं । बाँकी रह्यो सहकारीकर्मीहरु आ–आफ्नै सिद्धान्त होला तर जे जस्तो सिद्धान्त भएपनि सबैजना एकै ठाउँमा आएर एकिबद्धता भएर गयौ भने सहकारीकर्मी साथीहरुको लक्ष्य, सिद्धान्तलाई पूरा गर्न सकिन्छ । म आह्वान पनि गर्न चाहन्छु, राप्रपा नेपालको अहिलेको एजेण्डा सहकारीकर्मी साथीहरुको हकहितको लागि उठिराखेको छ, जुन cheap ray bans एजेण्डालाई हाम्रो एजेण्डा हो भनि सबैले सहमत गर्नुभयो र साथ दिनुभयो भने सहकारीकर्मी साथीहरु लक्ष्यमा पुग्न समय लाग्दैन । आशा गरौं, चाडोभन्दा चाडो सरकारले हाम्रो सही एजेण्डा पास गराउन साथ दियोस् । यदि सरकारले सही तरिकाले नियाल्ने हो भने २०४८ सालको कानुन प्रशस्त छ । सरकारले महिनाको एकचोटी सहकारी एरियामा चेकिङ्ग जाने र वर्षको अडिटलाई मात्रै नपर्खेर एरियावाइज सम्बन्धित डिभिजनलाई प्रशिक्षण दिन लगाउने हो भने सबै सहकारीकर्मी साथीहरु सतर्क हुन्छन् । त्यसले गर्दा सहकारीमा गलत मान्छे भित्रिन सक्दैन । २०४८ सालमा साधारणसभा नै सर्वोच्च अंग, सर्वोच्च अदालत भनेकै साधारणसभा भन्ने छ । अहिले नेपाल सरकारको मातहतमा रहेर भन्ने आयो । त्यस्तै एउटा संस्थामा अध्यक्ष तथा प्रबन्धक दुई पद बस्न नपाउने भन्ने छ । हाम्रो भनाई मालिकलाई आफ्नो सम्पत्तिको माया भएन भने अरुलाई कसरी माया हुन्छ ? सयजना सदस्य छ भने सयजना भित्रबाट प्रबन्धक ल्याउदा त्यसलाई माया हुने कि एउटा स्टाफलाई माया हुने ? त्यसैले मालिक मालिक नै हुनुपर्छ । किनभने त्यो सहकारीमा जतिजना सेयरहोल्डरहरु छन्, उनीहरुले नै एउटा स्वायत्त शासन भित्र रहेर सर्वोच्च अंगको एउटा कानुन बनाउछ । त्यही कानुनलाई नै नेपाल सरकारले मान्यता दिनुपर्छ र तिनीहरुभित्रैबाट प्रबन्धक आउनुपर्छ र तिनीहरुले जति डिपोजिट गर्न पनि पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।
अन्त्यमा केही भन्नु चाहनु हुन्छ ?
सहकारीकर्मी साथीहरुको हकहितको लागि जुटौं र अरु पार्टीहरुले भनिराखेका सहकारीमैत्री कानुनलाई विफल बनाऔं । सहकारीमैत्री कानुन हैन सहकारी सदस्यमैत्री कानुन ल्याउनमा जोड गरौं । सही एजेण्डालाई आत्मसाथ गरेर हातेमालो गरौं । सहकारी सदस्यमैत्री कानुनमा सहकारीको मालिक मात्र होइन एउटा किसानको छोरो पनि मोटाउछ । किनभने त्यो किसानको छोरो मालिक हुनुपर्छ भन्ने हाम्रो भनाई हो । सहकारीमैत्री कानुन भनेको सहकारीको ओनरलाई मात्रै हुनुपर्छ भन्ने हो । सदस्यमैत्री भइसकेपछि सय/डेढसय/हजार जति जना छन् तिनीहरुलाई नेतृत्व गर्ने ७/१० जना समिति सबै एकमुष्ठमा सुरक्षित हुन्छन् । तर सहकारीमैत्री एजेण्डामा सात जनामा मात्रै सिमित गरेर अरु सदस्यलाई बेवास्ता गर्ने हो । अरु सदस्य भएन भने सहकारी कसरी चल्छ त ? सबै सहकारीकर्मी साथीहरुले सहकारी राम्रो सँग संचालन गरी बैंक, कम्पनीहरुले गरे जसरी नै सहकारीले पनि खुल्ला प्रतिस्पर्धामा सेयर सदस्य आह्वान गरेर सेयर सदस्य भित्र्याउनको लागि पहिलो अभियान राप्रपा नेपालको यसमा साथ दिनुहुन र आफ्नो सहकारीमा सबै जनतालाई सदस्यमा छिराउनुहुन हार्दिक अनुरोध गर्दै अबको दिनमा यहि प्रतिवद्धता जाहेर गर्छु ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *