साढे दुई करोड जनसंख्या भएको उत्तर कोरियामा एक करोड जनसंख्या कुपोषणको सिकार

आधा जनसंख्या भोकभोकै

उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै वेला संयुक्त राष्ट्रसंघले प्योङयाङबारे नयाँ  प्रतिवेदन सार्वजनिक गरेको हो ।

७० प्रतिशत खाद्यान्न सहयोगमा निर्भर

प्रतिवेदनअनुसार विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिक खाद्यान्न सहयोगमा निर्भर हुने गरेका छन् । उनीहरूमध्ये धेरै मानिस आधारभूत स्वास्थ्य उपचार र सरसफाइबाट वञ्चित छन् । पाँच वर्षमुनिका बालबालिको मृत्युदरमा वृद्धि आएको छ । बालबालिका मृत्युका प्रमुख दुई कारण झाडाबान्ता र निमोनिया रहेका छन् । यसअघि खानेकुरा अभावमा उत्तर कोरियाका केही नागरिक कुकुर, बिरालालगायत जनावरमा निर्भर रहको बताइएको थियो ।
एक करोड कुपोषणको सिकार
साढे दुई करोड जनसंख्या भएको उत्तर कोरियामा एक करोड जनसंख्या कुपोषणको सिकार बनेका छन् । कोरियामा मानवीय संकट उत्पन्न भएको र बाढी, पहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिले सर्वसाधारणको अवस्था झन दयनीय बनेको छ । सन् २०१६ मा एक व्यक्तिलाई वितरण हुने अनाज र आलुको मात्रा तीन सय ८० ग्रामबाट घटेर तीन सय ग्राममा सीमित थियो । कोरियाली आणविक महत्वकांक्षालाई रोक्न लगाइएका प्रतिबन्धले देशमा विद्यमान मानवीय संकटबाट बँचाउने प्रयासलाई असर गरेको छ ।
‘प्रतिबन्धले खाद्यान्न संकटलाई असर गर्दैन’
उत्तर कोरियालाई अमेरिकालगायत अन्य मुलुकले लगाएको प्रतिबन्धले कुनै असर नगर्ने कोरियाले दाबी गर्दै आएको छ । कोरियालाई विश्व आर्थिक प्रणाली र आणविक कार्यक्रमबाट अलग गर्ने अमेरिकी षड्यन्त्रबाट आफू नडगमगाउने उत्तर कोरियाली दूतले बताएका छन् ।प्रतिबन्धका बाबजुद क्षेप्यास्त्र परीक्षणलाई अझै तीव्र पार्ने संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली मिसनका उपदूत चोई माइयोङ नामले बताएका हुन् ।

उत्तरविरुद्ध कठोर बन्दै ट्रम्प प्रशासन

उत्तर कोरियाका आणविक र क्षेप्यास्त्र आक्रमणविरुद्ध ट्रम्प प्रशासनले अझै कठोर प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । चार दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षण विफल भएको थियो भने एक साताअघि उसले अत्याधुनिक रकेट इन्जिनको सफल प्रयोग गरेको थियो । उत्तरले आफूले गरेको रकेट इन्जिन परीक्षण अन्तरिक्ष अनुसन्धानका लागि महत्वपूर्ण खुड्किलो सावित हुने दाबी गरेको थियो ।  ती परीक्षणको विरोधमा अमेरिकाले प्योङयाङविरुद्ध कडा नीति ल्याउने भएको हो । अमेरिकी प्रतिबन्धले प्योङयाङमा थप खाद्यान्न संकट उत्पन्न हुने सर्वत्र अनुमान गरिएको छ ।

सैन्य अभ्यासको  पृष्ठभूमिमा प्रतिवेदन
प्योङयाङको दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्ध चिसिएको र कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षणलाई तीव्र पार्ने योजना बनाइरहेकै वेला प्रतिवेदन सार्वजनिक भएको छ । दक्षिण कोरिया उत्तर कोरिया आक्रोशित छ । सो अभ्यास प्योङयाङविरुद्धको षड्यन्त्र बताउँदै नेता उनले अमेरिकालाई खरानी बनाउने चेतावनी दिएका छन् ।  उत्तर कोरियाली नेता उनले अमेरिकालाई निशाना बनाई ६ हजार माइल क्षमताको अन्तरमहाद्वीपीय क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको थियो । उत्तर कोरिया र दक्षिण कोरियाबीच तनावका बीच अमरिकी बम वर्षक सेनाहरूले दक्षिण कोरियामा तालिम लिइरहेको तस्बिर सार्वजनिक भएका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *