सिन्द्धान्त, धर्म र जातका नाममा नेपाल बन्दक बनाउने नायकहरु

दीर्घराज पसाई
चाहे २००७ सालपछिको अवस्था होस्, चाहे २०४६ वा २०६३ को जनआन्दोलनपछिको समय होस्, कुनै बेला पनि राष्ट्रलाई सही बाटो दिने काम राजनीतिक नेतृत्वपक्षले गरेन । नानाथरीका निरर्थक बहस र अनर्थका कुरामात्र झिकेर राष्ट्रको समय खेर गएको छ । समर्पणको भावना नभई कुनै पनि देश बनेको छैन । देश विकासको नाममा नेपालमा यति धेरै आयोग, गोष्ठी र सम्मेलनहरु भएका छन् कि त्यसबाट कुनै पनि समस्याको समाधान भएको छैन । आयोग, गोष्ठी र cheap ray bans सम्मेलनका निर्णयहरुले हरेक मन्त्रालय र अन्य सरकारी कार्यालयहरुका दराजहरु भरिएका छ । प्रस्तावहरु प्रस्तुत गर्दा हामी हुनसम्म इमान्दार र देशभक्त हुँन्छौं, जब कार्यान्वयनको सवाल उठ्छ त्यसमा आफ्नो फाइदा नहुन रहेछ भने अनेकौं व्यवधान देखाएर त्यसलाई राष्ट्रिय सरोकारको विषय नै मान्दैनौं । आफ्नो स्वार्थ गाँसिएको छ भने राष्ट्रको जतिसुकै हानिनोक्सानी हुने भए पनि कार्यान्वयन गराउन जस्तोसुकै सम्झौता गर्न पनि अग्रसर हुने परिपाटि व्याप्त रहेको छ । गैरजिम्मेवार नेतृत्व र भ्रष्टहरुको हातमा शासनसत्ता भएसम्म नेपाललाई सुन्दर, शान्त, विशाल बनाउने कल्पना पनि गर्न सकिदैन । अनेकौं कृत्रिम विवाद उठाउने गरेकाले देश बनाउने कुरामा कसैको cheap jerseys इमान्दारी छैन ।
स्वार्थ र सत्ताको लागि हामी आफूलाई नै विक्री गर्न सक्छौं । हिम्मत र आँट नभएपछि मान्छे मेसिनजस्ता हुँदो रहेछ । अरुले जे भन्यो त्यहीँ गर्ने । यस्ता अभिशापहरुबाट मुक्त भएर नेपाललाई विश्वको एक नमूना राष्ट्रको रुपमा प्रस्तुत गर्न अब नेपालमा त्यस्तो सपूतको जन्म हुनुपर्दछ, जसले सम्पूर्ण विकृतिहरुलाई परास्त गरी राष्ट्रलाई नयाँ जीवन दिन सकोस् । मान्छेले इमान्दारीपूर्वक गर्न चाह्यो भने जस्तोसुकै संस्कारमा पनि परिवर्तन ल्याउन सक्छ । मान्छेको शक्ति भनेको नै विश्वास हो । मान्छेहरुमा विश्वास जगाउन सक्नुपर्छ ।
सभ्यताको विकासक्रममा विसंगतिहरु प्नि बढ्दै जान्छन् । हिमवत्खण्डको यो क्षेत्रका टुक्राटुक्रामा विभाजित साना राज्यहरु ऋापसमा झगडा गरिरहन्थे । यी सबै राज्यलाई समाप्त गर्न अंग्रेजहरु द्याउ छोपेर बसिरहेको अवस्थामा यस क्षेत्रको अस्मिताको रक्ष ागर्न परिस्थितिले पृथ्वीनारायण शाहजस्तो वीर सपूत पायो । उनले विभिन्न टुक्रामा विभाजित राज्यहरुलाई एकीकरण गरेर विशाल नेपाल बनाए । मानिसमा अठोट र विश्वास छ भने युगलाई नै आमूल परिवर्तन गराउन सक्छ । २००७ सालपछि नेपालमा अनेकौं राजनीतिक प्रयोग हुँदै आए पनि स्थायी राजनीतिक सहमति हुन नसकेकाले राष्ट्रले अनेकौं विपत्तिहरु भोग्दै आएको छ । मानिसहरुले जेसुकै भनून्, सत्य कुरा भन्ने हो भने २०१७ सालपछि राजा महेन्द्रको नेतृत्वमा राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा नेपालले ठूलो प्रतिष्ठा पाउन सकेको थियो । राजनीतिक पार्टी खोल्न प्रतिबन्ध भएकाले अनेकौं विचारधारामा विभाजित नेपाली जनसमूहलाई एकताबद्ध गराउन धेरै सहयोग पुगे तापनि राष्ट्रिय राजनीतिमा प्रतिपक्षको आवश्यकता खड्कियो । पछि नेपाली कांग्रेस र कम्युनिस्टहरुको संयुक्त नेतृत्वमा भएको आन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापना हुन गयो । तर नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा २०४७ सालपछि अराजकता चरम चुलीमा पुग्यो । २०५२ सालपछि नेपालको कुनै ठाउँमा पनि जनताको जीउधनको सुरक्षा हुन सकेन । अभावै अभाव र बेकारी समस्याले गर्दा देशको हरक्षेत्र आक्रोशित हुनपुग्यो । यसरी बढेको आक्रोश र जनतामाथि हुन गएको अत्याचारको सहानुभूति लिने अवसर माओवादीहरुले पाए । २०४७ सालपछि सत्ताको आडमा लूट मच्चाउनेहरुको कारणले देशले बाटो पाउन नसकेपछि राजा ज्ञानेन्द्रलाई केही समयकोलागि शासनभार ग्रहण गर्ने बाध्यता आयो तर राजलाई पनि भ्रष्ट माफिया र चाकरीदारहरुले घेरेकाले शासन पनि विवाद मुक्त हुन नसकेकाले माओवादीहरुले सात दललाई टेका दिएर असंख्य मानिस उतारेर २०६३ सालको जनआन्दोलनले सफलता हासिल गरेको हो ।
२०४७ देखि २०६२ सालसम्म सत्ताको आडमा ब्रम्हलुट मच्चाउने भ्रष्टलाई कडा कारबाही गरी उनीहरुले लूटेको सम्पत्ति राष्ट्रियकरण गर्न सफलता प्राप्त hockey jerseys गरेको खण्डमा मात्र २०६३ jordan sale सालको आन्दोलन सफल भएको मानिन्छ । तर परिस्थितिको अध्ययन गर्दा २०६३ सालको आन्दोलन पछि जातीय स्वायत्तताजस्ता साम्प्रदायिक कुराले देश विशृङ्खलित पार्न सक्ने अवस्था आएको छ । उनै भ्रष्ट, गैरजिम्मेवार सुविधाभोगीहरु छाती खोलेर उभिन लागेकाले देश भन् अन्धकारमा धकेलिने अवस्था छ । माओवादीहरुले देशलाई निकास देलान् भन्ने जुन विश्वास थियो, उनीहरु प्नि जातीय स्वायत्तताको पक्षमा गए । मौका आउनसाथ एकदलीय सर्वसत्तावाद स्थापना गर्ने उनीहरुको भित्री आशय देखिएकमोले जनतामा ठूलो त्रास र अन्योल सिर्जना भएको छ । यस अवस्थामा माओवादी विद्रोहीहरुले पनि वास्तविकता नबुझी अँध्यारोमा ढुङ्गा हानेर देशलाई झन् तल पु¥याउने काम नगर्नुपर्ने हो । राष्ट्रलाई सकारात्मक बाटो दिन माओवादीलगायत सबै पक्षको विचार पुगेन भने नेपाल अप्ठ्रोमा पर्न सक्छ ।
दार्जिलिङ्गको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष सुबास घिसिङ बडो मर्माहत भएर भन्छन् –‘संसारभरका नेपालीहरुको उद्गमस्थल नेपाल बिग्रनु हुन्न । नेपालका राजा र राष्ट्रिय झन्डा हामी सबैको अस्तित्व हो । नेपालमा धेरै नेता भएर टाउको ठोकाठोक गर्न थालेका छन् । नेपाल बहुदलीय व्यवस्था भए पनि बहुतन्त्रीय शासन प्रणाली हुन सकेन ।’ यसरी प्रवासी नेपालीहरु पनि नेपालले चाँडै कुनै ठोस निकास लिन सकोस् भन्ने कुरामा चिन्तित छन् । हामी यहीँका बासिन्दाचाहिँ जसरी हुन्छ नेपाललाई घुँडा टेकाउनमा तल्लीन छौँ । यो जस्तो दुःखको कुरा अरु के हुन सक्छ ?
२०६३ सालको जनआन्दोलनले ४ बर्षअगाडि मरिसकेको प्रतिनिधिसभालाई असंवैधानिक रुपमा पुनःस्थापना गराएर संविधानसभाको ‘पेन्डोराको बासक’ फुटाएको छ । संविधानसभाले राष्ट्रलाई कहाँ पु¥याउँछ भन्न सकिदैंन, तर पुनःस्थापित प्रतिनिधिसभाले राजाका अधिकारहरु कटौती गरेर भए पनि राजसंस्थालाई स्थापित गर्न चाहेको छ । यस हदसम्म ठीकै मानिन्छ । तर धेरैजसो राजनीतिक दलहरुले विदेशीहरुले उचालेका भरमा नेपालमा गणतन्त्रको कुरा उठाएका cheap oakleys sunglasses छन् । तराई र पहाडका विभिन्न जातिलाई उचालेर हिन्दू र बौद्ध अधिराज्य समाप्त पार्न एकमत जाहेर गरेका छन् । यस कुराले देश भाँडिएर जान्छ ।
भौगोलिक र जातीय बनोटको कारणले नेपालको सन्दर्भमा राजाको अनुपस्थिस्तिमा राज्यले स्थिरता प्राप्त गर्ने संभावना देखिँदैन । संसदीय व्यवस्था भएको देशमा दलीय चरित्र भएका व्यक्ति राष्ट्रपति हुन्छन् । राष्ट्रपतिको निर्वाचन अत्यन्त खर्चिलो हुन्छ । निर्वाचनको समयमा संसदीय तथा साम्यवादी पक्षको भिडन्तले जनता दुई भागमा हुने मात्र होइन कि राष्ट्रलाई नै विभाजित गराउन सक्छ । भोलि राजाको अनुपस्थितिमा नेपालजस्तो भौगोलिक परिस्थिति भएको राष्ट्रमा साम्यवाद र संसदवादको भिडन्तले दुई ठूला राष्ट्रको तानातानमा यो क्षेत्र तनावग्रस्त हुन सक्छ । विदेशीको स्वार्थको लागि स्वाभाविक रुपमा विदेशी पैसाकै खोलो बग्छ ।
देशको यस्तो अधोगति हुनुमा राजामात्र कारक तत्व होइनन् । गणतन्त्र आउँदैमा देशहरु भूस्वगर्् बनेका छैनन् । अष्ट्रेलिया र क्यानडाजस्ता राष्ट्रले अझसम्म बेलायती राजसंस्थाको आधिपत्य स्वीकार्नुपर्ने कारणहरु पनि छन् । राजतन्त्रात्मक मुलुकहरु सबै नरकमा परिणत भएका छैनन् । यसरी ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने माओवादीलगायत राजनीतिक दलका केही नेताहरु सम्हालिन सक्नुपर्दछ । हिजोका भ्रष्टहरुकै साँठगाँठमा माओवादी हिँडे भने ती पनि समाप्त हुनेछन् । अनि २०६३ सालको परिवर्तना अभिशापको रुपमा देखापर्नेछ । त्यसैले अबका दिनमा कुनै पनि हालतमा पनि देशद्रोही भ्रष्टहरुलाई राजनीतिबाट बहिष्कार गर्ने नीति अवलम्बन गर्न सक्नुपर्दछ ।
सत्तामा गलत मानिस भेला भएर कहिले पनि राष्ट्रले सफलता प्राप्त गर्न सक्दैछ । देश यस्तो अवस्थामा पुगेको छ कि अब राष्ट्रवादी विचार बोकेका देशभक्तहरु सत्तामा नआई निकास निस्कदैन । अलिकति तलमाथि भयो भने नेपाल डुब्छ । देशको यस्तो विकराल परिस्थितिलाई ठीक बाटोमा ल्याएर युगयुगसम्म नेपाल र नेपाली जनताको शिर उच्च राख्ने काम नेतृत्व पक्षको हो । अब हाबावादरी कुराले देश बन्दैन । प्रजातान्त्रिक, राष्ट्रवादी र माओवादीहरु सचेत भएर नेतृत्व दिन सक्नुपर्दछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *