सुगौली सन्धिदेखि ओरालो लागेको नेपाली स्वाभिमान

—रामशरण पाण्डे
<img class="wp-image-1023 alignleft" src="http://universalnews7.com/wp-content/uploads/2016/09/RSP-273×300.jpg" alt="rsp" ray bans sale width=”144″ height=”158″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/09/RSP-273×300.jpg 273w, http://universalnews7.com/wp-content/uploads/2016/09/RSP-933×1024.jpg 933w, http://universalnews7.com/wp-content/uploads/2016/09/RSP-300×329.jpg 300w” sizes=”(max-width: 144px) 100vw, 144px” />हिजो दुनियाँलाई झुकाउने नेपाल सुगौली सन्धिबाट आजसम्म आउँदा सबै सामु आफैँ झुक्ने भैसकेको छ । झुक्दा धनुष कुप्रै सरी ठाडो हुनै नसक्ने भैसकेको छ । अहिले नेपालका पार्टी र नेताहरुको भूमिकाले ति नेता र तिनका पार्टीलाई त फाइदा होला नै तर सिंगो मुलुकलाई भने ठूलो घाटा हुनेछ र मुलुकको अस्तित्व नै सकिने वातावरण बन्छ । सुगौली सन्धिपूर्व नेपाल(गोर्खा) : देश र यहाँका बासिन्दाहरु आफ्नो देशको भाषा संस्कृति र जातिप्रति इमानदार थिए ! त्यस बखत नेपाल र नेपाली (गोर्खाली) भनेपछि ठूलो इज्जत थियो, विश्वले इज्जतका साथ सम्मान गर्दथ्यो । आफ्नो जाति र मुलुकको लागि खान त परैजाओस् पानीसमेत नखाई आईमाई केटाकेटीले नालापानी युद्ध लडेको इतिहास छदैछ । त्यसबेला नेपालीहरु मेहनेती र देशप्रति इमान्दार थिए त्यसैले त हाम्रा पुर्खाले पूर्वमा टिष्टा, पश्चिममा कांगडा, उत्तरमा हिमालय, दक्षिणमा गंगासम्मको विशाल नेपाल बनाउन सफल भए । लाखौंले रगत बगाउँदै निर्माण गरेको नेपाल उपनिवेशवादी ब्रिटिसको oakley outlet आँखामा प¥यो र सुन्दर विशाल नेपाललाई आफ्नो पकडमा राख्न सन् १८०१ मा ब्रिटिसले नेपालसँग एक मैत्री सन्धि ray ban sunglasses ग¥यो र बिस्तारै मित्रताको नाममा नेपालको घाँटी समाउने र इज्जत लुट्ने वातावरण बनायो । टिष्टा–कांगडा हिमालदेखी गंगासम्म एकिकृत भैसकेको नेपाललाई धोका दिदैँ जब नेपाललाई अपहरण ग¥यो त्यस दिनदेखि नेपालले आफ्नो स्वाभिमान गुमाउन थाल्यो । अंग्रेजले सन् १८०९ मा पञ्जावका राजा रणजीत सिंहसँग शान्ति तथा मैत्री सन्धी ग¥यो र नेपालको छिमेकीहरुको बाटो छेक्दै आफ्नो पकडमा पार्न थाल्यो ! यद्यपी अंग्रेज नेपालसँग व्यवसायिक सन्धि गरी तिब्बत भोटसँग व्यापार गर्न चाहन्थ्यो । उक्त समयमा जसरी नेपालप्रति धम्क्याउने, साना मसिना घटना घटाउने र नेपाललाई तर्साएर भोटको व्यापार हत्याउने अंग्रेजको उद्देश्य नेपाललाई मनपरेन । व्यापारको नाममा अंग्रेजले विभिन्न मुलुकलाई नियन्त्रण गरेको नेपाललाई राम्रै ज्ञान थियो त्यसैले नेपालले अंग्रेजले भनेजस्तो गरेन । उता पञ्जावसँग पनि मैत्री सन्धि गरिसकेको अंग्रेजले भोटसम्म पुग्ने बाटो एउटै देख्यो । त्यो हो, नेपालसँग युद्ध ! त्यसपछि नेपालसँग युद्धको लागि निउ खोज्न थाल्यो । यसका लागि नेपालका सिमाना भित्रका स्यूराज खजहनीलगायत ठाउँ २५ दिन भित्र खाली गर्र्न अंग्रेजले पत्राचार ग¥यो । त्यसको नेपालले कुनै सुनुवाई गरेन तसर्थ २५ दिन नकट्दै अंग्रेज सेना अगाडि बढ्दा सुरुमा नेपालले कुनै अवरोध गरेन । २९ मे १८१४ मा नेपाली फौजले एक्कासी आक्रमण ग¥यो । उक्त कारवाहीमा अंग्रेजतर्फ नोक्सान भयो र अंग्रेजले कब्जा गरेको भूभाग नेपाली फौजले पुनः आफ्नो अधिनमा लिए ।त्यसै घटनालाई निहुँ बनाएर १ नोभेम्बर १८१४ का दिन अंग्रेजले नेपाल विरुद्ध युद्धको घोषणा ग¥यो । लामो तयारीसहित ठूलो संख्यामा आएको फौज र आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसँग बिना तयारीको नेपाली फौजले सामना गर्न सकेन । मलाउ किल्लाको रक्षाको लागि लड्दा लड्दै ७० वर्षका भक्ति थापाको मृत्यु भयो । अंग्रेज फौज अगाडि बढ्दै गर्दा अंग्रेजले नेपाली फौजका विभिन्न कमाण्डरलाई प्रलोभन दिन थाल्यो । अंग्रेजका प्रलोभनमा परी अल्मोडाका प्रमुख बम शाहले नेपालमाथि घात गरे । सम्भवत् नेपालको इतिहासमा नेपालीले नेपालमाथि घात गर्ने पहिलो नाम उनै बम शाहको नाममा दर्ज भएको छ । उनै बम शाहले श्रृजना गरेको परिस्थितिको कारण महाकाली पारीको मोर्चामा नेपालले आत्मसमर्पण गर्नुपर्ने स्थिति आयो । त्यसपछि काजी अमरसिंह थापाले अंग्रेज मेजरजनरल अम्टरलोनीसँग १५ मे १८१५ का दिन एक सन्धि गरी आफ्ना माहाकाली पारीका सबै भूभाग छाडे । तर, त्यो सन्धि पनि अंग्रेजले लत्यायो र २ डिसेम्बर १८१५ का दिन पूर्वमा नहारेको भूभाग पनि सुम्पनु पर्ने सर्तसहित एक बदनामी सन्धि प्रस्ताव ग¥यो जुन सुगौली सन्धिका नामले प्रख्यात छ । अंग्रेजले प्रस्ताव गरेको उक्त सन्धि नेपालले स्वीकार गरेन । त्यतिन्जेलसम्म नेपालको केही महत्वपूर्ण भाईभारदारलाई अंग्रेजले आफ्नो बनाइसकेको थियो । नेपालका राजाले आफ्नो असहमती पत्र पठाउने निर्णय गरी गजराज मिश्र र चन्द्रशेखर नामक दूतलाई पठाए तर अंग्रेजले तिनै पत्रवाहक दूत चन्द्रशेखर र गजराज मिश्रलाई प्रलोभनमा पार्दै पहिले नै तयारी प्रस्तावित सन्धिमा हस्ताक्षर गर्न लगाई नेपालका प्रतिनिधिले सन्धिमा हस्ताक्षर ग¥यो भनि व्यापक प्रचार गराइयो । यसरी नेपाल र नेपाली जातिको इतिहासमा बम शाहबाट सुरु भएको व्यक्ति स्वार्थको लागि राष्ट्रघात गर्ने र आफैलाई बिक्री गर्ने प्रवृत्ति चन्द्रशेखर र गजराज मिश्र हुँदै फैलने क्रममा १५ अगस्ट १९४७ यता आएर नेपालमा कथित प्रजातन्त्र आयो । जुन नेपाल र नेपालीको लागि नभई भारत र भारतीय सत्ताको लागि आयो । त्यही प्रजातन्त्र नामले २५ अप्रिल १९५४ मा नेपालले प्रजातन्त्रसँग कोशी नदी साट्यो । कोशी सम्झौताको नामले दुर्नाम कमाएको यस सन्धिले भारतलाई ब्यारेज निर्माण गर्नदेखि सिंचाई र विद्युत् निर्र्माण गर्न समेत एकलौटी अधिकार दियो । जब नेपालमा पहिलो जननिर्वाचित सरकार बन्यो, उनै बम शाह चन्द्रशेखर, गजराज मिश्ररुपी निर्वाचित सरकारसँग ४ डिसेम्बर १९५९ मा भारतले गण्डक सम्झौता ग¥यो । त्यो सम्झौताले नारायणी, त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी आदी नदिहरुमा नेपालले कुनैपनि नदी उपयोग गर्न नपाउने गरी बन्देज लगायो । यस अर्थ कोशीभन्दा पनि राष्ट्रघाती सन्धि भयो, गण्डक सम्झौता । यस सम्झौताका कारण भारतले २२ लाख हेक्टरमा सिंचाइ हुन्छ, नेपालको सिंचाई ४५ हजार हेक्टर मात्र छ । यो उनै महा मानव वि.पी. र नेपाली काँग्रेसको सरकारले गरेको ठूलो राष्ट्रघात थियो ।
म आपूm पञ्चायतको समर्थक होइन तर पनि पञ्चायतकालभरी त्यति ठूलो राष्ट्रघाट भएको पाईदैन । भारतलाई नेपालघाती सन्धि गर्न ३५ वर्ष पर्खनु प¥यो । नेपालको लागि अर्को दुर्भाग्य जब नेपालमा फेरी बहुदल आयो । उनै महान् बि.पी.का भाई गिरिजाप्रसाद कोइराला र काँग्रेसको पालामा टनकपुर सम्झौता भयो । त्यतिमात्र होइन तत्कालीन सत्तापक्ष नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष एमालेले संयुक्तरुपमा माहाकाली रातको १२ बजे भारतलाई बुझाए, जुन देख्ने र भोग्ने हाम्रै पिंडी जिवित छन् । फेरी पनि हामी उनै बम शाह, चन्द्रशेखर, गजराजरुपी व्यक्तिहरु जो काँग्रेस र कम्यूनिष्ट नामका पार्टीमा छन् । हामी तिनैको पछाडी ताली ठोक्दै राष्ट्रवादी गीत गाउँछौ cheap oakleys sunglasses । यो गीत गाउँदा गाउँदै फेरी कर्णाली गुम्दैछ । नेपालका राष्ट्रवादी भनिने पार्टीहरुदेखि ठूला सञ्चार गृह र आफूलाई बौद्धिक भन्ने व्यक्तिहरु कसैले पनि यो राष्ट्रघातका बारेमा बोल्दैनन् लेख्दैनन् तरपनि उनै राष्ट्रबादी कहलाइन्छन, जो चोर उसैको ठूलो स्वर भने जस्तै ।
नेपालको जनता विभिन्न नामका पहाडी बाडिएका छन्, जुन नेपालको लागि दुर्भाग्य छ । मेची र कालीको बीचमा रहेका नेपालीमा ठूलो फुट ल्याइएको छ । हिजोको नेपाली आज पहाडी, मधेशी भएका छन् । त्यस्तै हिन्दु, क्रिश्चियन, खस, जनजाती, दलित आदि बनाइएको छ । एकआपसमा कहिल्यै मिल्नै नसक्ने गरी भारतीय इच्छामा फुटाइएको छ र हामी फुटेका छौँ, फुट्दैछौं । जनतालाई सजिलो पैसा चाहिएको छ, जसरी आफ्नो स्वार्थको लागि राजनैतिक पार्टी र त्यसको नेताले मुलुक बन्धक राख्छ । नेपाली जनतापनि पैसाको लागि जे गर्न पनि तयारी Cheap mlb Jerseys हुन्दैछन्, जुन गम्भीर विषय हो । यस्ता पैसा प्रवृत्तिलाई रोक्न सकिएन भने नेपाल नरहन सक्छ । भोलीको नेपालको भविष्य अनिश्चित छ । यस बारेमा न राजनीतिक नेतालाई चासो छ, न त कथित बुद्धिजीविलाई (बुद्धि बेचिखाने), सुरक्षा निकाय, कर्मचारीतन्त्र साथै सूचनाको प्रवाह गर्ने सञ्चार जगतलाई नै चासो छ ।
यसले के देखाउँछ भने राजनैतिक पार्टीमा भारतीय एजेन्ट छन सुरक्षा निकाय र कर्मचारीतन्त्रमा भारतीय एजेन्ट छन । संचार जगतमा पैसाको लागि सूचना प्रवाह गर्ने भारतीय एजेन्ट हुन् । त्यसैले नेपाल कमजोर भएको छ । यस्ता बम शाह, गजराज र चन्द्रशेखरहरुलाई नाङ्गोझार नपारेसम्म नेपालको भविष्य अन्धकार छ त्यसको लागि सबै पार्टीका पछाडी लाग्ने राष्ट्रलाई माया गर्ने आम नेपाली जनता एकिकृत हुन जरुरी छ । जनताको वास्तविक राष्ट्रवादी एकताले नै नेपाल बचाउन सक्छ । त्यस्को लागि पहिलेदेखि आजसम्मको घटनालाई अध्ययन गर्दै विभिन्न पार्टीमा रहेका राष्ट्रलाई माया गर्ने नेपाली जनता सुरक्षा निकायमा कार्यरत राष्ट्रवादी, सुरक्षाकर्मी वास्तविक राष्ट्रवादी बुद्धिजीविको एकताले मात्रै नेपाल बचाउन सक्छ । यस तर्फ सचेत हुने कि ?

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *