सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । -केपी शर्मा ओली

सुदूरपश्चिममा सबै कुरा अन्तिमा आउँछन् । चार विकासक्षेत्रमा सरकारी लगानीको मेडिकल कलेज बने । तर, सुदूरपश्चिममा घोषणा भएर पनि अहिलेसम्म कलेजको जगसमेत खनिएको छैन । चार विकासक्षेत्रमा क्षेत्रीय अस्पताल, विश्वविद्यालय छन्, सुदूरपश्चिममा भने क्षेत्रीय अस्पताल पनि छैन । भएको विश्वविद्यालय पनि भर्खर बामे सर्दै छ ।

अन्य विकासक्षेत्रमा व्यापारिक हिसाबले उत्तरदक्षिण नाका खोलिएका छन् । सुदूरपश्चिममा भएको बनबसा बैराज दिनमा तीनपटक मात्रै खुल्छ । केपी शर्मा प्रधानमन्त्री भएका बेला घोषणा भएका सातवटा उत्तरी नाकामध्ये सुदूरपश्चिममा एक पनि परेन ।
यिनै सेरोफेरोमा रहेर धनगढी पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको कुराकानीको संक्षेपः

PM-KP-OLi- old PM

हरेक कुरामा सुदूरपश्चिमको पालो किन अन्त्यमा मात्र आउँछ ?

तपाईंले भनेको कुरा सत्य हो । सुदूरपश्चिममा पहिला त कुनै कुरा आउँदैन, आए पनि हरेक कुरा अन्त्यमा मात्र आउँछ । तर, सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । सेती, महाकाली र कर्णाली नदीको स्रोत, जैविक विविधता, जडीबुटीको प्रचुर सम्भावना रहेको क्षेत्र यही हो ।

हिजोको कुरा गर्ने हो भने यो क्षेत्र त्यतिबेलाको राजधानी हो । डोटी राज्य नै थियो । हरेक क्षेत्रको विकासका लागि शासकको स्वार्थ जोडिनुपर्दो रहेछ । मेरो विचारमा हिजो यस क्षेत्रमा शासकको स्वार्थ जोडिएन custom jerseys होला, त्यसैले यहाँको समानुपातिक विकास भएन ।

तर, आशालाग्दो कुरा के हो भने पहिला एसिया विकसित थियो, त्यसपछि युरोपले फड्को मार्‍यो, अहिले फेरि एसिया अगाडि बढिरहेको छ । कुनै बेला, अरू ठाउँमा विकास भयो, अब पालो सुदूरपश्चिमको हो । यहाँको सम्भावना दोहन गर्ने हो भने सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ सबैभन्दा समृद्ध हुन्छ ।

तपाईंकै पालामा उत्तरका सातवटा नाका खोलिए, सुदूरपश्चिममा भने एउटा पनि परेन नि ?

सडकको ट्र्याक खुलेको छैन, पूर्वाधार बनेका छैनन् । यस्तो अवस्थामा नाका खोलेर के गर्नुहुन्छ ? मेरो प्राथमिकतामा सुदूरपश्चिम नै थियो । नाका घोषणा गर्नु ठूलो कुरा होइन, त्यहाँ जाने सडक र अन्य पूर्वाधारको विकास पहिला हुनुपर्‍यो । त्यसका लागि मैले सेती लोकमार्ग, जसले बझाङको चैनपुर हुँदै ताक्लाकोटलाई जोड्छ । त्यसमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छु । अर्को दार्चुलाको खलंगा तिंकर सडकमा बजेट आएको छु ।यी दुवै सडकलाई ट्र्याक खोल्ने मात्रै होइन, डबल लेनको बनाउनुपर्छ भनेर बजेट आएको छ ।

कुनै बेला, अरू ठाउँमा विकास भयो, अब पालो सुदूरपश्चिमको हो । यहाँको सम्भावना दोहन गर्ने हो भने सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ सबैभन्दा समृद्ध हुन्छ ।
यो सरकार न विकास गर्न सक्छ, न यसमा विकास गर्ने मान्छे नै छन् । यो Cheap Jerseys from china सरकार अरूको चाहनामा बनेको हो । यसको प्रायोजक अरु नै छ । अनि के गर्ने ?
विकासै गर्नु थियो भने यसअघिको सरकार गिराउनै पर्दैनथ्यो । त्यो सरकार देशभक्त थियो । विकासप्रेमी मात्रै होइन, विकास अघि बढाउने नायक सरकार थियो ।
सेती लोकमार्ग र महाकाली कोरिडोरको ट्र्याक खुल्दै छ । नाका घोषणा तुरुन्तै भइहाल्छ । त्यहाँ दुई लेनको कालोपत्रे हुन्छ ।

पूर्वाधार बनेपछि नाका खोल्न कुनै समस्या हुँदैन । सम्माननीय राष्ट्रपतिज्यूले एक हप्ताभित्रै बझाङको चैनपुर–ताक्लाकोट नाकाको निरीक्षण गर्दै हुनुहुन्छ । नाका सञ्चालनमा ल्याउने हो भने यसले सुदूरपश्चिमको तिब्बतसँगको व्यापारसमेत बढ्छ । हुम्लाको हिल्सामा हामीले पुल बनाउने भनेका छौं ।

अन्य चारवटै विकासक्षेत्रमा मेडिकल कलेज छन्, सुदूरपश्चिममा भने धेरै पछि मात्र घोषणा त भयो । तर, त्यसको जगसमेत खनिएको छैन । चारवटै विकासक्षेत्रमा क्षेत्रीय अस्पताल छन्, यहाँ छैन ? सुदूरपश्चिमलाई उपेक्षा गरिएकै त हो नि ?

मैले अघि पनि भनेँ, पहिलेका शासकको सुदूरपश्चिमप्रति स्वार्थ गाँसिएन र यो क्षेत्र प्राथमिकतामा परेन, । त्यो त्यतिबेलाको कुरा हो । अब त्यस्तो हुँदैन र छैन पनि । मेडिकल कलेजका लागि उपचार गर्ने मान्छेहरू, सोहीअनुसारको जनसंख्या एवं सुविधासम्पन्न अस्पताल हुनुपर्छ ।

तराईका मान्छे उपचारका लागि दक्षिणमा भारत जान्छन, तर पहाडतिर त उक्लिँदैनन् । त्यसैले अहिले गेटामा मेडिकल कलेज खुलेको छ । मेरै नेतृत्वको सरकारले यस वर्ष ५५ करोड रकम विनियोजन गरेको छ । यसपटक मेडिकल कलेज पूर्वाधारको काम सुरु हुन्छ । साथै, यस क्षेत्रमा प्रान्तीय Wholesale Jerseys अस्पताल पनि बन्छ ।

जनताले विकास र समृद्धि चाहेका छन् । तर, तपार्इंहरू कहिले संविधान संशोधन भन्नुहुन्छ, कहिले सरकार फेर्नमै व्यस्त हुनुहुन्छ ?

तपाईंको कुरासँग म सहमत छु । जनताले अवश्य पनि विकास र समृद्धि चाहेका छन् । उनीहरू सरकार परिवर्तन एवं अस्थायी राजनीतिको सिकार भएका छन् । त्यसैले नेकपा एमाले पनि यसरी सरकार परिवर्तनको पक्षमा छैन ।

अहिले हामीले सरकार गिराउनुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने कुनै मनसाय र सोच बनाएकै छैनौं cheap oakleys । तर, कुरा के हो भने सरकार लामो समय रहिरहनु पनि विकास र स्थायित्व त होइन नि । विकास गर्ने सरकार चाहियो, सरकारमा विकास गर्ने मान्छे चाहियो ।

यो सरकार न विकास गर्न सक्छ, न यसमा विकास गर्ने मान्छे नै छन् । यो सरकार अरूको चाहनामा बनेको हो । यसको प्रायोजक अरु नै छ । अनि के गर्नुहुन्छ ? विकासै गर्नु थियो भने यसअघिको सरकार गिराउनै पर्दैनथ्यो । त्यो सरकार cheap ray bans देशभक्त थियो (15) । विकासप्रेमी मात्रै होइन, विकास अघि बढाउने नायक सरकार थियो ।

कुनै क्षेत्रको आर्थिक विकासका लागि त्यसको छिमेकी देशसँगको व्यापार र नाकाको सहजता पनि महत्वपूर्ण हुन्छ । सुदूरपश्चिममा न भारतसँगको स्तरीय नाका छ, न उत्तरी छिमेकी चीनसँगको ?

तपाईंले भनेझैं सेती लोकमार्ग र महाकाली कोरिडोरको ट्र्याक खुल्दै छ । नाका घोषणा तुरुन्तै भइहाल्छ । त्यहाँ दुई लेनको कालोपत्रे हुन्छ । र, प्रदेश नं ७को चीनको स्वशासित क्षेत्र तिब्बतसँग व्यापार बढ्छ । दक्षिणमा पनि महाकालीमा पुल बन्ने कुरा धेरै अगाडि बढिसक्यो । तपाईंलाई थाहै होला, यसअघिको सरकार विकासप्रेमी भयो, विकासको पथमा हिँड्न थाल्यो, अब हाम्रो अस्तित्व मेटिने भयो भनेर त अरू शक्तिहरूले सरकार ढाले । यसअघिको सरकारले राष्ट्रिय स्वाभिमान जोगायो, कसैसँग झुकेन । तर, उक्त सरकारलाई अरूबाट सञ्चालितहरूले टिक्न दिएनन् । काम गर्न दिएनन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *